शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रामपुर ।  पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् । 

सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर सो जग्गामा बाल उद्यान तयार पार्ने अभियान रामपुरबाट सुरु गरिएको बताउँछन् । ‘रामपुरमा विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनेका थुप्रै संरचना छन्, ती संरचनालाई हटाएर बालबालिकाको शारीरिक तथा मानसिक विकास गराउन, उनीहरूलाई रमाउने, खेल्ने वातावरण सिर्जना गर्न सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नु पर्नेछ, यसलाई अभियानका रूपमा हामीले अगाडि बढाएका छौँ’, उनले भने । 

सो अभियानलाई पाल्पाको रामपुरबाट सुरु गर्ने र यसलाई स्थानीय सरकारको समन्वयमा व्यक्तिले निजी प्रयोजनका लागि ओगटेका जग्गा हटाएर बाल उद्यान तयार पार्ने सम्बन्धमा जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन, राजनीतिक दल, समाजका अगुवासमक्ष राय-सुझाव लिएर अगाडि बढेको अभियानका संयोजक पौड्यालले बताए ।

सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत सार्वजनिक जग्गामा बनेका संरचना हटाउने निर्णय नगरपालिकाले गरिसकेको र राष्ट्रिय गौरवका आयोजना सञ्चालन भएका स्थानबाट कामको थालनी गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । हाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत रामपुर-५ स्थित मटेरी ठूलोटारबाट अभियान सुरु गर्न त्यहाँ अहिले सार्वजनिक र निजी जग्गा छुट्याउने काम भइसकेको नगरप्रमुख थापाले जानकारी दिए ।

‘रामपुरलाई सुन्दर र हरियाली सहर बनाउने संकल्प लिएका छौँ, हाललाई कायम भएको बाटोको मापदण्डअनुसार अनधिकृतरूपमा बनेका संरचनालाई हटाउनेछौँ’, उनले भने, ‘राष्ट्रिय गौरवका योजनापश्चात नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हड्पेका सार्वजनिक जग्गामा बनेका संरचना हटाइनेछ ।’

रामपुर नगरले बजारमा अव्यवस्थितरूपमा सडकपेटी मिचेर राखेका  सामान जफत गर्ने अभियानसमेत सुरु गरेको छ । सडकपेटी मिचेर छरपस्ट राखिएका सामानले बजारमा दुर्घटनाको जोखिम बढेको थियो । अहिले सो अभियानले रामपुरको मुटु मानिने बेझाड बजार व्यवस्थित बन्दै गएको छ ।

पाल्पा क्षेत्र नं १ (१) मा प्रदेशसभा सदस्यमा नवनिर्वाचित राजुप्रसाद श्रेष्ठले पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको र तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिएको बताए ।

‘विसं २०५४ मा साविक रामपुर गाउँ विकास समिति वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भई कार्यभार सम्हाल्दादेखि नै सार्वजनिक जग्गा संरक्षणमा अग्रसर भएर लागेको हुँ, त्यसयता सार्वजनिक जग्गा हडप्ने कार्यमा केही स्थिरता आएको छ, सार्वजनिक जग्गामा बनेका संरचनालाई हटाएर यसलाई व्यवस्थित बनाउनुपर्छ’, उनले भने।

राजनीतिक दलले अडान लिन नसक्दा सार्वजनिक जग्गा हडप्ने कार्य भएको हुँदा बाटो मिचेर बनाइएका घर, भवन भत्काउनुपर्ने समाजसेवी फणेश्वर गौतमले बताए। साँच्चिकै सुकुम्बासी हुन् या होइनन् पहिल्याएर सुकुम्बासी भएमा सार्वजनिक जग्गामा बसोबास गर्न दिनुपर्ने र अन्यत्र पालिकामा स्थायी बसोबास रहेका तर रामपुरमा अस्थायीरूपमा सार्वजनिक जग्गा हडपेर बसेका छन् भने तिनलाई हटाउनुपर्ने समाजसेवी तथा ज्येष्ठ राजनीतिज्ञ देवराज ढकालले बताए ।

मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापाले सार्वजनिक जमिन संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय निकाय वा प्रशासनको रहेको बताउँछन् । सबैभन्दा पहिला रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने यहाँका स्थानीयवासीको माग छ ।

 राजनीतिक शक्तिको आडमा रहेर रातारात सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनाउने गलत प्रवृत्ति छ । त्यसलाई रोक्न र सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण गर्दै बाल खेल संसारको योजना समितिले ल्याएको छ ।

–सुशीला रेग्मी रासस

यो पनि पढ्नुहोस्

‘घरघरमा सरकारी सेवा’ अभियान सुरु

‘घरघरमा सरकारी सेवा’ अभियान सुरु

२ मिनेट अगाडि
दुई हजार सवारी चालक कारबाही

दुई हजार सवारी चालक कारबाही

५१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

स्पेनले अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा पुग्याे

पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

मेक्सिको अन्तिम १६ को यात्रा तय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक