आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

खेलाडीका परिवार र समर्थकको साथ पनि मोरक्कोको जितको ‘खुराक’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
खेलाडीका परिवार र समर्थकको साथ पनि मोरक्कोको जितको ‘खुराक’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मोरक्को फुटबल एउटा नयाँ उचाइमा पुगेको छ । कारण खेलाडी र प्रशिक्षकको भूमिका उत्कृष्ट रह्यो र टिम स्पेनलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा ।

यो सफलतामा खेलाडी र प्रशिक्षकको लगन, मेहनत बाहेक अर्को पनि एउटा तत्व छ– समर्थक । खेल हेर्न कतार रंगशालामा नै आइपुगेका समर्थक र खेलाडीका परिवारको पनि जीतमा भूमिका छ ।

कतारमा जारी विश्वकपको दौरान खेलाडीलाई समर्थकको उत्कृष्ट साथ छ । खेलाडीका परिवारका सदस्य पनि उत्तिकै रुचि र लगावका साथ रंगशालमा उपस्थित भइरहेका छन् ।

मोरक्कोले फिफा वरियताको दोस्रो शक्ति राष्ट्र बेल्जियमलाई २–० ले पराजित गर्दा पेरिस सेन्ट जर्मनका डिफेन्डर असरफ हकिमीकी आमाले उनलाई मैदानमा आएर अंकमाल गर्दै चुम्बन गरिन् ।

यो फोटो सामाजिक सञ्जालमा निकै छायो । २४ वर्षीय हकिमीले पनि आफ्नी आमालाई निधारमा चुम्बन गरेको फोटो इन्टाग्राममा पोष्ट्याउँदै ‘आमा तिमीलाई धेरै माया’ भनेर लेखे ।

हकीमीको आमा मात्रै होइन धेरै मोरक्को खेलाडीको अभिभावक कतार विश्वकप हेर्न आएका थिए ।

परिवारको माया

प्रशिक्षक वालिद रेग्रागुई र मोरक्को फुटबल संघका अध्यक्षले खेलाडीले छानेका परिवारका सदस्य विश्वकप हेर्न आउन हकदार रहेको बताए । दोहास्थित व्याधम होटल मोरक्कोका खेलाडीका अभिभावकको समर क्याम्प जस्तो देखिन्थ्यो ।

प्रशिक्षक रेग्रागुईकी आमा पनि यस पटक फ्रान्सबाट यहि विश्वकपका लागि भनेर कतार अएकी छिन् ।

‘खेलाडी तथा प्रशिक्षकको करिअरमा मैले कहिले पनि उसको खेल हेर्न आइन’, उनले मोरक्कोको एक खेलकुद च्यानल अरियादियालाई भनिन्, ‘म ५० वर्षयता फ्रान्समा नै रहँदै आएकी छु । यो पहिलो प्रतियोगिता हो जसको लागि मैले पेरिस छाडेर आएँ ।’

मिडफिल्डर अब्दिलामिद साबिरीका आमाबुवा पनि यस पटक विश्वकप हेर्न आए । चेल्सीका मिडफिल्डर हाकिम जीच र सेविलाका गोलकिपर यासिन बोनोका अभिभावकले पनि यस पटक विश्वकपमा उपस्थिति जनाए ।

जब जब टेलिभिजनका माइक्रोफोन र बुम उनीहरु तेर्सिन्थे उनीहरुका अनुहारमा गौरन्वित भाव देखिन्थ्यो । उनीहरु                                                                                               सम्पूर्ण मोरक्कोन टिमका खेलाडीलाई आफ्नो मान्थे ।

उनीहरुको सामाजिक सञ्जालमा निकै मनमोहक दृश्यहरु देखिन्थे । त्यो बाहेक प्रशिक्षक रेग्रागुईको रणनीति पनि मैदानमा कम मनमोहक थिएन । प्रशिक्षकले पनि आफूहरुको यो खुसी आफ्नो आमाबुवाबिना सम्भव नरहेको बताए ।

मोरक्को यस अघि विश्वकपमा त्यति रुचाइएको देश होइन । १९८६ मा पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको मोरक्को त्यसयता समूह चरणबाटै बाहिरिन्थो ।

घरेलु समर्थकको साथ

कतारमा मोरक्कोले खेल्ने खेलमा कम्तीमा पनि १५ हजार मोरक्कन समर्थकहरु रंगशालामा उपस्थित थिए । यति मात्रै होइन विश्वभरमा हजारौंको संख्यामा रहेका समर्थकको उनीहरुले राम्रो साथ पाए । समूह चरणको खेलदेखि नै मोरक्कन समर्थकले मैदानमा राम्रो समर्थन दिएका थिए । उनीहरुले बेल्जियमसँगको खेलमा विपक्षी टिमलाई चुनौती दिने खालको माहोल बनाएका थिए ।

बेल्जियमसँगको खेलमा १५ औं मिनेटमा मोरक्कोले १–० को अग्रता बनाउँदा मोरक्कन समर्थनको राम्रो उदाहरण पेस गरेका थिए । कतारमा विश्वकप आयोजना हुनु मोरक्कन समर्थकका लागि सकरात्मक पक्ष हो । यदि यहि विश्वकप युरोप वा दक्षिण अमेरिकामा भएको भए सोही १५ मिनेट पनि १ घण्टा जस्तो लाग्न सक्थ्यो ।

अल थुमामा स्टेडियममा जब बेल्जियमका खेलाडीले बल पोजिसनमा लिन्थे तब उनीहरुलाई दबाब दिन वु….को आवाज गुज्थ्यिो भने बल पोजिसन मोरक्कोको पक्षमा हुँदा हल्लाले रंगशाला नै गुञ्जयमान हुन्थ्यो ।

यसबारेमा प्रशिक्षक रेग्रागुई भन्छन्, ‘म भगवानको कसम लिएर भन्न सक्छु समर्थकको साथ नभएको भए हामी यति अघि आउन सक्दैनथ्यौं ।’

मोरक्कोका समर्थकले विपक्षीलाई दबावमा राख्न कुनै कसर छोड्दैनन् । उनीहरुले घरेलु समर्थकको समर्थनले कतिसम्म असर गर्छ भन्ने उत्कृष्ट उदाहरण पेस गरे । उत्तर अफ्रिकी टिमले पनि आफ्ना समर्थकलाई निकै खुसी दिइरहेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४२ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

५९ मिनेट अगाडि

खेलाडीको क्षमताका कारण पनि यो सम्भव भएको हो । समूह चरणको खेल सकिएर मोरक्कोको अन्तिमा १६ को खेल स्पेनसँग हुँदा मोरक्कन समर्थकमा टिकटको माग एक्कासी बढेको थियो । जसका कारण मोरक्को फुटबल संघले ५ हजार थप टिकट किन्नु परेको थियो ।
हरेक समर्थक रातो झन्डाको साथमा ड्रमको साथमा एजुकेशन रंगशाला मोरक्कोको लागि अर्को घरेलु मैदान बन्यो ।

मोरक्को यसअघि विश्वकपमा खासै छाएको टिम होइन । विश्वकपको समुह चरणमा बेल्जियमलाई परास्त गरेपछि मोरक्कोले अन्य देशका फुटबल समर्थकको ध्यान पनि आफूतिर केन्द्रित गरेको छ ।

अन्य देशका समर्थकले पनि विश्वकपमा उदयीमान रुपमा रहेको मोरक्कोको प्रदर्शनलाई निकै चाख लिएर हेरिरहेका छन् ।

यसको मुख्य कारण मोरक्कोका २६ मध्ये १४ खेलाडी मोरक्को बाहिर जन्मिएका छन् । कतार विश्वकपमा सामेल ३२ राष्ट्रहरुमध्ये सबैभन्दा बढी विदेशमा जन्मिएका खेलाडीमा निर्भर रहेको राष्ट्र हो मोरक्को । प्रशिक्षक रेग्रागुईका अुनसार टिम समिश्रित छ । जसमा धेरै खेलाडी फरकफरक वातावरणमा हुर्र्किएर आएका छन् । टिम झन जटिल पनि हुन सक्म्छ । किनभने यी खेलाडी फरक परिवेशमा हुर्किएका छन् ।

खेलाडीको अभिभावकका अनुसार, प्रवासीहरु मोरक्को राष्ट्रिय टिमको अझ धेरै समर्थनमा हुन्छन् । मोरक्कोका घरेलु दर्शक भन्दा बढी बाहिरी दर्शकको समर्थन हुने उनीहरु बताउँछन् ।

खेलाडीहरु विदेशमा जन्मिएका कारण पनि धेरै स्थानका मानिसले मोरक्कोको राष्ट्रिय टिमलाई समर्थन जनाउने गरेका छन् ।

विन्धममा पछिल्लो समय धेरै आमाबुवाहरुले आफ्नो छोराछोरीको फुटबल मोहलाई सम्बोधन गर्दै आफ्नो राष्ट्रिय टिमको खोजी गर्नुको सट्टा मोरक्कोको राष्ट्रिय टिममा खेलाउने निर्णय लिन थालेका छन् ।

मोरक्कोका स्ट्राइकर जकारियाका बुवा भन्छन्, ‘उनी हल्यान्डमा जन्मिएका हुन् । उनीसँग त्यो सबैथोक हल्यान्डमा पनि छ तर हाम्रो रगतमा मोरक्को छ ।’

अर्का मिडफिल्डर विलाल अल खानौसका बुवाले भने, ‘उनी बेल्जियममा जन्मिएका हुन् । तर विलालले मोरक्कोका लागि खेल्ने बताएर । उनले मेरो मनको कुरा गरे ।’

– अलजजिराको सहयोगमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक