बिहि, साउन ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार समाज

खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन – भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ। महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले व्यहोर्ने निर्णय गरेकी थिइन्। सोही निर्णय कार्यान्वयनमा ल्याउन बुधबार उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो।

महानगरपालिकाभित्रका १० वटा उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग एक कार्यक्रमबीच सम्झौता गरिएको हो।

सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सिनियर डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी र उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन्। महानगर प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारीको रोहबरमा सम्झौता गरिएको हो। सम्झौतासँगै महानगरपालिकाले गरेको निर्णय यही मंसिरदेखि कार्यान्वयनमा आउने भएको छ।

सम्झौता कार्यक्रममा महानगर प्रमुख दाहालले आगामी दुई वर्षमा महानगरवासीलाई खानेपानीको समस्या नहुने गरी योजना अघि बढाइएको बताए। उनले भने, ‘ठूला आयोजना निर्माणको चरणमा छन्। जसले गर्दा केही समयमा महानगरवासीले खानेपानीको समस्या झेल्नुपर्दैन।’

अहिले महानगरभित्र खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिका गरी ४५ हजार दुई सय ३ वटा धारा जडानको काम सम्पन्न भएको उनले जानकारी दिए। ४७ हजार ५० धारा जडानको क्रममा रहेको सो अवसरमा जानकारी दिइएको थियो।

महानगर उपप्रमुख अधिकारीले महानगरका तीन स्थानमा खानेपानी आयोजना निर्माणको चरणमा रहेको र छिट्टै सम्पन्न हुने बताए। दुई वर्षभित्र महानगरका हरेक घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको उनको भनाइ थियो।

पहाडी क्षेत्रमा डिप बोरिङबाट खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै उनले पहाडी क्षेत्रमा मुहानको पानीको व्यवस्था गर्ने तयारी गरिएको बताए।

कार्यक्रममा मेघौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल भुर्तेल र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति पराजुलीले महानगरको यो कार्य प्रशंसनीय रहेको बताए। – रासस

यो पनि पढ्नुहोस्

७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म

७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म

४५ मिनेट अगाडि
कानुनव्यवसायी न्यायपालिकाको कार्यबारे आम मानिसहरुमा संप्रेषण गर्ने भरपर्दो सारथी : अधिवत्ता बिष्णु गिरी

कानुनव्यवसायी न्यायपालिकाको कार्यबारे आम मानिसहरुमा संप्रेषण गर्ने भरपर्दो सारथी : अधिवत्ता बिष्णु गिरी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थाल्याे

नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति

बीपी स्मृति दिवसमा गालीकाे बर्षा

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक