आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

स्वीट्जरल्याण्डविरुद्ध रामोसको ह्याट्रिक, फराकिलो जितसहित पोर्चुगल क्वाटरफाइनलमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वीट्जरल्याण्डविरुद्ध रामोसको ह्याट्रिक, फराकिलो जितसहित पोर्चुगल क्वाटरफाइनलमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्दै ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६(१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

२१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने । पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ड्रप गरी युवा फरवार्ड गोन्सालो रामोसलाई राख्ने साहसिक निर्णय लिएका थिए । रामोसले प्रशिक्षकको विश्वासलाई प्रमाणित गरिदिए । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए ।

रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डो बेन्चमा हुँदा कप्तानको जिम्मेवारी लिएका डिफेण्डर पेपेले ३२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगल दोस्रो हाफमा पनि रोकिएन । ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३(० बनाए ।

५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४(० पुर्‍याए । ५८औं मिनेटमा स्वीट्जरल्याण्डका मानुएल अकान्जीले गोल फर्काउँदै गोल अन्तर घटाएका थिए । तर, ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने पोर्चुगलको अग्रता फराकिलो बनाए ।

इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६(१ को जित दिलाए । पोर्चुगलले अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४१ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक