आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

२१ मंसिर, काठमाडौं । विश्वकपमा आफ्नो टिमलाई समर्थन गर्न हजारौंको संख्यामा ब्राजिली समर्थकहरु यतिबेला कतारमा छन् । उनीहरु गाउँदै, नाच्दै आफ्नो टिमको हौसला बढाइरहेका छन् । तर, भित्री मनबाट आफ्ना ‘राजा’ पेलेको स्वास्थ्यका लागि मौन प्रार्थाना गरिरहेका छन् ।

ब्राजिलले जब दक्षिण कोरियालाई हराएर विश्वकपको नकआउट चरणमा प्रवेश पायो । त्यतिबेला समर्थकको एकमात्र आग्रह थियो– कृपया पेलेका लागि विश्वकप जित ।

पेले नामबाट विश्वभर परिचित एड्सन अरान्तेस डो नासिमेन्तो पेटको क्यान्सरबाट ग्रसित छन् । उनलाई स्वासनलीको संक्रमणका कारण गत साता अस्पताल भर्ना गरिएको छ । उनी ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा टिमका प्रमुख खेलाडी थिए ।

‘हाम्रो लागि पेले राजा हुन्,’ हातले टाउकोको काल्पनिक राजमुकुटतर्फ इशारा गर्दै एक ब्राजिली समर्थक अर्लेमले भनिन्, ‘हामी उनलाई माया गछौं । उनी हाम्रा आदर्श हुन् । उनको लामो उमेर र स्वस्थ जीवनका लागि प्रार्थाना गर्दैछौं ताकि उनी ब्राजिलले एकपल्ट अर्को विश्वकप जितेको देख्न सकुन् ।’

सन् २०२२ को विश्वकपका हेर्न कतार आएका थुप्रै समर्थक पेलेको महानताको किस्सा सुनेर हुर्किएका हुन् । उनीहरुले पेलेको गोलस्कोरिङ कौशलको पुरानो भिडियो देखेका छन् । केहि भाग्यशाली समर्थक पनि छन् जसले पेलेलाई प्रत्यक्ष खेल्दै गरेको देखेका थिए ।

सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा कोलम्बियाका एक फुटबल समर्थक फ्लेमेंकोले पेलेलाई मेक्सिको सिटीमा इटलीसँगको फाइलन खेल्दै गर्दा देखेका थिए । उनले अल जजिरासँग भने, ‘पेले सधैं सर्वश्रेष्ठ फुटबलर रहिरहनेछन् ।’

फ्लेमेंकोका अनुसार पेलेको उपलब्धिले उनलाई त्यो समयअघि र पछिका सबै फुटबलरभन्दा अलग बनाइदिएको छ । ‘डिएगो म्याराडोना पनि निकै उत्कृष्ट थिए । लियोनल मेस्सी एक अदभूत खेलाडी हुन् । तर, पेले ? उनले तीनपल्ट विश्वकप जितेका छन् । कसैले यो बराबरी कसरी गर्न सक्छ ?,’ फ्लेमेंको प्रश्न गर्छन् ।

पेलेको खेल हेरेर हुर्किएका कोलम्बियाली जोडी रुनी र मेरी पोर्टिलो पनि यो मान्यतासँग सहमत छन् ।

मेरी भन्छिन्, ‘जतिजति उनको कद बढ्दै गयो उनले यो खेललाई नयाँ उचाइमा लगे ।’

पेले ९२ खेलमा ७७ गोलका साथ ब्राजिलको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । मेरीले सन् १९६० को दशकमा ‘जोगो बोनिटो (सुन्दर खेल)को अवधारण प्रस्तुत गर्ने श्रेय पेले र उनको ब्राजिली टिमलाई दिइन् । भनिन्, ‘ब्राजिली शैली सर्वश्रेष्ठ हुन्छ । उनीहरु जोगो बोनिटो खेल्छन् ।’

जारी विश्वकपमा ब्राजिलले दक्षिण कोरियासँग अन्तिम १६ को खेल खेल्दा थुप्रै जोगो बोनिटो खेल्न पाइएको थियो । उनीहरुले चार गोल गरे, त्योभन्दा धेरै गोलको सम्भावना देखाए ।

यो खेलका लागि ब्राजिली टिम स्टेडियम ९७४ मा उत्रिनुअघि उनीहरुले आफ्ना महान खेलाडीबाट सन्देश पाएका थिए । सोमबार आफ्नो इन्स्टाग्राम एकाउण्डमा पोष्ट भएको सन्देशमा पेलेले अस्पतालको शय्याबाट खेलको अपडेट लिइरहेको उल्लेख थियो । उनले लेखेका थिए, ‘म अस्पतालबाट खेल हेर्नेछु र तपाईंहरु सबैलाई समर्थन गर्नेछु ।’ ८२ वर्षीया पेलेले ब्राजिल टिमलाई कतारमा विश्वकप जितेर विश्वकप उपाधिमा आफ्नो कीर्तिमान विस्तार गर्न आग्रहसमेत गरेका छन् ।

खेलपछि ब्राजिली खेलाडीहरुले पेलेको तस्वीरअंकित ठूलो ब्यानर प्रदर्शन गर्दै समर्थकका साथ जितको खुसियाली मनाए । खेलाडीले आफ्नो जित पेलेका लागि समर्पित गरे । ब्राजिलका लागि पहिलो गोल गर्ने भिनिसियस जुनियरले भने, ‘उनलाई हामीबाट धेरै तागतको आवश्यकता छ र यो जित उनकै लागि हो । ताकि उनी यो अवस्थाबाट बाहिर आउन सकुन् र हामी उनका लागि विजेता बन्न सकौं ।’

पहेलो टिशर्टमा आएका ब्राजिली समर्थकहरु जसलाई ब्राजिलकै टिमको हिस्साका रुपमा मान्निछ । उनीहरु टिमको जितमा निकै खुसी थिए । तर, पेलेको नाममात्र ले पनि उनीहरु भावनात्मक रुपमा संवेदनशील हुन्छन् । साओ पाउलोका रेनाटो पेलाक्वीमले ब्राजिलका थुप्रै पुस्ताका लागि पेलेको अर्थ यसरी बुझाए, ‘उनले आफ्नो फुटबल शैलीका साथ ब्राजिललाई विश्व मानचित्रमा उभ्याए र ब्राजिलका मानिसका लागि थुप्रै वर्षको आशा र खुसी लिएर आए । तीनपल्ट विश्वकप जिताएर उनले हामीलाई असिम खुसी दिए जसले वर्षौदेखि दुःख र कठिनाई झेलिरहेका थिए ।’

पेलाक्वीमका अनुसार ब्रजिलको नयाँ पुस्ताका स्टारहरुले आफ्ना नायकका लागि एक कदम अगाडि बढेर सम्मान गर्ने समय आएको छ । ‘हाम्रो देश फेरि पनि आर्थिक र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । त्यसैले हामीलाई यो टिमको आवश्यकता छ । उनीले पनि पेलेले जस्तै गरुन्, मानिसहरुको पीडा भुलाइदिउन् । र, निश्चित रुपमा पेलेको अन्तिम इच्छा पूरा गरिदिउन् ।’

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४२ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

६० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक