बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्वीटरको मुख्यालयमा अब सुत्ने कोठा !

rishi by rishi
३ वर्ष अगाडि
0
ट्वीटरको मुख्यालयमा अब सुत्ने कोठा !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । एलन मस्कले ट्वीटर खरीद गरेसँगै यसको नीति तथा कर्मचारीहरुको कार्यशैलीमा मात्र परिवर्तन गरेका छैनन् सनफ्रान्सिस्कोस्थित कम्पनीको मुख्यालयलाई पनि रोचक बनाएका छन् ।

पछिल्लोपटक सार्वजनिक एक समाचार अनुसार मस्कले ट्वीटर मुख्यालयभित्र अतिरिक्त समय काम गर्ने कर्मचारीहरुलाई सुत्ने कोठा निर्माण गरेका छन् ।

फोर्ब्समा प्रकाशित समाचार अनुसार ट्वीटरका कर्मचारीहरुले सोमबार कार्यालयमा पुग्दा नखोलिएका म्याट्रेस तथा टाँगिएका पर्दाहरु सहितका मध्यम आकारका शयन कक्ष (सुत्ने कोठा)हरु देखेका छन् । साथै कार्यालयमा टेलिप्रिजेन्स मनिटर जडान गरिएको ठूलो कन्फ्रेन्स कक्ष पनि बनाइएको छ ।

फोर्ब्सले प्रकाशित गरेको एउटा कोठाको तस्वीरमा चम्किलो सुन्तला रङको कार्पेट, काठको बेडसाइट टेबल, क्विन साइजको बेड, एउटा टेबल ल्याम्प र दुईवटा कुर्सी देखिएका छन् ।

ट्वीटर मुख्यालयमा कर्मचारीहरु सुत्ने कोठाहरु निर्माण गरिए पनि यस विषयमा कर्मचारीहरुलाई कुनै पनि जानकारी नगराइएको फोर्ब्सले उल्लेख गरेको छ । यी शयन कक्षहरु मस्कको नयाँ कार्यघण्टा योजना मुताविक काम गर्न चाहने कर्मचारीहरुका लागि तयार गरिएको हुनसक्ने बताइएको छ ।

एकजना कर्मचारीलाई उधृत गर्दै समाचारमा लेखिएको छ– यो राम्रो देखिएन । यो भनेको अपमानको अर्को नबोलिने लक्षण हो । यस विषयमा कुनैपनि छलफल भएको छैन । केवल ओछ्यानहरु मात्र देखाइएको छ ।

गत नोभेम्बरमा एकजना ट्वीटर कर्मचारीले कार्यालयमा एक कर्मचारी सुतिरहेको तस्वीर ट्वीट गरेका थिए ।

गत महिना एलन मस्कले ट्वीटरमा कार्यरत ठूलो संख्याका कर्मचारीलाई हटाएका थिए । त्यसलगत्तै केही वरिष्ठ कार्यकारीहरुले सामूहिक राजीनामा दिएका थिए । धेरै कर्मचारीको बहिर्गमन पश्चात् सनफ्रान्सिस्कोस्थित मुख्यालयमा बाँकी रहेका कर्मचारीलाई सम्बोधन गर्दै मस्कले अब सबैजनाले कठीन मिहिनेत गर्नुपर्ने बताएका थिए । उनले ट्वीटरलाई ठिकठाक पार्नका लागि सबैजनाले अतिरिक्त मिहिनेत गर्नुपर्ने र हप्तामा ८० घण्टासम्म काम गर्नुपर्ने पनि बताएका थिए ।

उनले सबै कर्मचारीहरु अनिवार्य रुपमा कार्यालयमा आउनैपर्ने र त्यसो नगरेमा राजीनामा स्वीकृति हुने चेतावनी दिए । अब कार्यालयमा निःशुल्क खानाजस्ता सुविधाहरु पनि निकै कम हुने उनले बताए ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

१ मिनेट अगाडि
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक