बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रविलाई नसिध्याएसम्म भ्रष्टाचार गर्न पाइँदैन भन्ने मनोविज्ञानमा नेताहरु !

rishi by rishi
३ वर्ष अगाडि
Reading Time: 2 mins read
0
रविलाई नसिध्याएसम्म भ्रष्टाचार गर्न पाइँदैन भन्ने मनोविज्ञानमा नेताहरु !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले नेपाली राजनीतिमा स्पष्ट दुई धार देखाएको छ । पहिलो धार, जुझारु युवा पुस्ता । यसमा राजनीतिक दलकै युवा नेता, नयाँ दल तथा तिनका नेताहरु र स्वतन्त्र पर्छन् । दोस्रो, पारम्परिक राजनीतिक मान्यता बोकेका र पुराना नेता, जो वयोवृद्ध पनि भइसकेका छन् । पहिलो धारको कुरा गरौं, यो समूह राजनीतिक अनुभवको हिसाबले अपरिपक्व छ, तर जिम्मेवारी र जवाफदेहिताको विषयमा अलि संवेदनशील देखिन्छ । यो समूहलाई वर्षौंदेखि घिसिपिटी चल्दै आएको राजनीतिक वितृष्णाको मत छ । युवापुस्ताले रुचाएको छ । तर, हिरोइज्ममा विश्वास गर्ने यो समूहले आफूमाथि अचानक आइपरेको जिम्मेवारी पूरा गर्न सक्ला त भन्ने आशंका पनि छ ।

अर्कोतर्फ, दोस्रो धारसँग अनुभव त छ, तर उपादेयता छैन । वर्षौंदेखि नेपाली राजनीतिको नेतृत्व गदै आएका छन्, तर देशलाई विकास र समृद्धि दिन असफल छन् । अर्कोतर्फ भ्रष्टाचार तथा अनियमिततामा आफैं संलग्न छन् । त्यसैले उनीहरुप्रति मतदाताको भरोसा घट्दै गएको छ । यो दुई धारको रस्साकस्सीको सानो झलक गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट देखापरेको थियो । त्यतिबेला स्वतन्त्र उम्मेदवारहरु राजधानी काठमाडौंमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमाल विजयी भएर दलहरुलाई चुनौती दिए । तर, राजनीतिक दलहरुले स्वतन्त्रप्रति जनताको बढ्दो रुझानलाई त्यति गम्भीरताका साथ लिएनन् । फलस्वरुप हालै सम्पन्न केन्द्र र प्रदेशको निर्वाचनमा त्यो सानो झिल्कोले आगोको स्वरुप लिएको छ ।

निर्वाचनको केही महिनाअघि पत्रकार रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सम्मानजनक मत पाएपछि अहिले पुराना राजनीतिक दल र तिनका नेतृत्व झस्किएका छन् । देशमा युवापुस्ता र नयाँ दलप्रति देखिएको जन उभारले गर्दा आफ्नै पार्टीका युवाले पनि विद्रोहको स्वर उराल्न थालेपछि उनीहरु आत्तिनु स्वाभाविक पनि हो । त्यसैले रवि लामिछानेरुपी सल्किएको आगोलाई निभाउने ध्याउन्नमा दलहरु छन् ।यो आगोलाई निभाउने कि यस्को सदुपयोग गर्ने रु दलका नेताहरुको बिबेकमा निर्भर छ । निर्वाचनको केही दिनमा लामिछाने र स्वतन्त्र पार्टीको जितलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिडियाको प्रोपोगान्डा भनिदिए । उनले हाहाहुहुमा मात्र देश नचल्ने भन्दै स्वतन्त्र पार्टीको उदयलाई ठूलो कुरा नभएको टिप्पणी पनि गरे । ओलीको यो अभिव्यक्तिले जनमतप्रति नेताहरु कति पूर्वाग्रही छन् भने पुष्टि हुन्छ । अर्कोतर्फ आफ्नै असफलताका कारण रविहरुको उदय भएको र यही रवैया रहे अर्को चुनावसम्म आफ्नो अस्तित्व नै समाप्त हुनसक्ने तथ्यलाई उनीहरुले अझै नजरअन्दाज गर्न खोजिरहेका छन् ।

यति नै बेला रवि अहिले नागरिकताको विवादमा फसेका छन् । अमेरिकी नागरिकता त्यागेर नेपाल फर्केका उनले नागरिकता ब्युँताउनका लागि निवेदन नदिएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । उजुरी परे पनि रविले निर्वाचन जितिसकेका छन् । यता, निर्वाचन आयोगले नागरिकताबारे छानबिन गर्ने कार्यक्षेत्र आफ्नो नभएको भनेर रवि लामिछानेको नागरिकता प्रकरणमा निर्णय दिएपछि यस प्रकरणमा सरकारले हात हालेको छ । सरकारको प्रतिनिधित्व गर्दै प्रहरीले छानबिन थालेको छ । यो मुद्दा सरकारबादी हुन्छ । रवि कानून उल्लंघन गरेका अपराधी बन्न सक्छन् । तर, जनताबाट अनुमोदन भइसकेका र कुनै फौजदारी अपराध नगरेका रविलाई अपराधीको करार गर्नु न्यायसंगत होला त रु के यसमा सरकार र राजनीतिक दलहरुले समन्वयकारी भूमिका खेल्दा उचित नहोला रु प्रश्नहरु थुप्रै भए पनि नेताहरु भने यसबारेमा चुप छन् । यसको कारण रविको अचानक उदय, उस्को चुलिएको लोकप्रियता र त्यसले भविष्यमा आफूहरुलाई पार्न सक्ने खतरा । विगतमा टेलिभिजन प्रस्तोताका रुपमा रविको प्रस्तुति आक्रामक थियो । उनी भ्रष्टाचार, अनियमितता, दण्डहीनता, गैरजिम्मेवारीप्रति खरो रुपमा उत्रिन्थे । नेताहरुबाट जवाफदेहिता खोज्थे । अब त उनले नै त्यो भूमिका संसदमा निर्वाह गर्ने भएका छन् । उनलाई जनताले त्यो अधिकार दिएका छन् ।

त्यसकारण पनि यो भ्रष्टाचारमा लिप्त र जनता झुक्याउन सीपालु नेताहरुका लागि खतराको घण्टी हो । त्यसकारण पनि यो प्रकरणमा रविलाई साथ दिन वा समन्वयकारी भूमिका निर्वाह गरी जटिल रुप नदिन कोही अघि सर्न चाहेका छैनन् । कानून बनाउने र संशोधन गर्ने संसदले हो । कानुनको परिपालना गराउने सरकार तथा प्रशासनले हो, ब्याख्या न्यायपालिकाले गर्ला नै ! कानुनभन्दा कोही माथि हुन सक्दैन । तर, कानुन अपरिवर्तनीय पनि हुँदैन । कानूनले समाजलाई सहजता बनाउने र अनुशासनमा राख्ने हो । कानूनलाई समाजबिरोधी बनाईनु हुँदैन । रविको सम्बन्धमा पनि प्राबिधिक कमजोरीलाई अपराध सिद्ध गर्ने प्रयास नहोस् । समाजलाई असुबिधा हुने कानून परिवर्तन गर्न उपयुक्त हुन्छ वा हुँदैन रु समाजले के भन्छ रु रबिलाई जनमतले अनुमोदन गरिसकेको अवस्थामा यो विषयलाई थप बल्झाउन हुन्छ वा हुँदैन ? यो गम्भिर बिषय हो, दलका नेताहरुले जनभावनालाई समेत बुझेर र समस्यालाई नअल्झाउने गरी समन्वयकर्ताको भूमिकामा प्रस्तुत भएर सुल्झाउने प्रयास गर्नुपर्छ, प्राविधिक विषयलाई जटिल बनाउँदा परिणाम नराम्रो आउन सक्छ, कानून भन्दा माथि रहेका दलका सरद आगे राजनीतिका सरदारहरुलाई चेतना भया !

यो पनि पढ्नुहोस्

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

१ मिनेट अगाडि
लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक