शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

माधवकुमार नेपाल राजनीतिका चतुर खेलाडी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
माधवकुमार नेपाल राजनीतिका चतुर खेलाडी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिका चतुर खेलाडी हुन् । उनी एकपटक मात्र प्रधानमन्त्री बनेका छन् त्यो पनि दुई चुनावी क्षेत्रबाट चुनाव हार्दा । २०६५ को संविधानसभा चुनावमा काठमाडौं र रौतहट दुवै क्षेत्रबाट चुनाव हार्दा समेत माधव नेपाललाई परिस्थितिले प्रधानमन्त्रीको कुर्सीमा पुर्यायो ।

चुनाव हारेको व्यक्ति प्रधानमन्त्री बनेकोबारे सोध्दा उनले आफू बन्दिनँ भन्दा भन्दै तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कर गरेर जिम्मेवारी लिन वाध्य पारेको जवाफ दिने गरेका छन् । लामो समय एमालेको नेतृत्व गरेका नेपालले त्यही पार्टी फुटाएर नेकपा एस बनाए । पहिलोपटक निर्वाचनमा भाग लिएको नेकपा एसले प्रत्यक्षतर्फ १० सिट जित्यो ।

तर, राष्ट्रिय पार्टी बन्ने सम्भावना लगभग समाप्त भएको छ । तैपनि, माधव नेपालमा उत्साह घटेको छैन । उनको राजनीतिक सक्रियता बढेको छ । यतिबेला सत्ता गठबन्धन बहुमतमा छैन । बहुमतका लागि गठबन्धनबाहिरका दल र स्वतन्त्र सांसदको साथ चाहिन्छ । अर्कोतर्फ, गठबन्धनभित्र काँग्रेस र माओवादी केन्द्रको सरकारको नेतृत्वको दाबी छ । यो दाबीले गठबन्धनभित्रको तेस्रो शक्ति नेकपा एसलाई चिठ्ठा पर्न सक्छ । माधव नेपालकै कारण गठबन्धन बन्ने देखि नेकपा फुट हुँदै नेकपा एमाले समेत फुट्न पुग्यो । जसको फाइदा काँग्रेसले लिन सक्यो ।

विशेषगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विकास भएको घटनाको जस माधव नेपालले लिन खोज्दै आएका छन् । राजनीतिमा पछिल्लो समय विकास भएका घटनाक्रमका पछाडि उनी पनि मुख्य खेलाडी हुन् । यसकारण यसपटक १० सिटे नेकपा एसले सरकारको नेतृत्वमा बाजी मारेमा आश्चर्य नमाने हुन्छ । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सत्ता संघर्षमा गठबन्धन धरापमा पर्न सक्छ । यी दुईबीचको सहमति बन्न नसके तेस्रो विकल्पमा माधव नेपाल हुनसक्छन् ।

अर्कोतर्फ, गठबन्धन जोगाउँदा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखलगायत महत्वपूर्ण पदहरुको बाँटफाँटको चुनौती उत्तिकै छ । त्यतिबेला सरकारको नेतृत्वको विषय पेचिलो हुनसक्छ । जसमा गठबन्धनका पहिलो र दोस्रो ठूलो घटकले भन्दा तेस्रो शक्तिले बाजी मार्न सक्छ ।

यो पनि पढ्नुहोस्

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

६ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे दोस्रो चरण प्रशिक्षण कार्यक्रम सुरु

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

घरबाट निस्कदा माैसमकाे जानकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले छानबिन गर्न नपाउने विषयमा सरकारसँग जवाफ माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक