पुटिनको चेतावनीले अमेरिका भयभीत हुँदैन : बाइडेन


अगर बत्ती

Dharana    

access_time 02 Oct 2022

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीले अमेरिका भयभीत नहुने बताएका छन्।  रुसी राष्ट्रपति पुटिनले युक्रेनका चार क्षेत्र ‘अवैध’ रुपमा रुसमा गाभिएको घोषणा गर्ने क्रममा अमेरिकासहितका पश्चिमा देशमाथि खनिएका थिए ।   युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिजझियालाई शुक्रबार पुटिनले रुसमा गाभिएको घोषणा गरेका थिए । त्यसको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् । युक्रेनले कुनै पनि हालतमा आफ्नो क्षेत्र कब्जालाई स्वीकार नगर्ने बताएको छ ।  पुटिनले शुक्रबार कब्जा गरिएका क्षेत्रको ‘रक्षा’ का लागि परमाणु हतियार पनि प्रयोग गर्ने चेतावनी दिएका थिए । उनी ती क्षेत्र सधैँका लागि रुसी भूभाग रहेको बताए । तर युक्रेनले भने चारै क्षेत्रलाई स्वतन्त्र गराउने वाचा गरेको छ ।  अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनले दिएका चेतावनी तथा भाषणको निन्दा गरेका छन् । ‘पुटिनले हामीलाई त्रसित बनाउन सक्दैनन्’, बाइडेनले भनेका छन् । उनले पुटिनको नाम लिएर बाइडेनले भने, ‘अमेरिका पूर्णरुपमा तयार छ, हाम्रा नेटो सहकर्मीसँगै । नेटो क्षेत्रमा पर्ने एक इन्चको पनि रक्षा गरिनेछ ।’  पुटिनले चार क्षेत्र रुसमा गाभेको घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले त्यसको गम्भीर विरोध गर्दै रुससँग वार्ताका लागि तयार रहेको तर पुटिनसँग वार्ता नगर्ने बताएका थिए । यस्तै युक्रेनले द्रूत गतिमा नेटोको सदस्य बन्नका लागि औपचारिक रुपमा निवेदन दिएको पनि उनले बताएका थिए ।



Share Your Thoughts