रुसले युक्रेनमा रासायनिक वा जैविक हतियार प्रयोग गर्ने जोखिम : ह्वाइट हाउस


अगर बत्ती

Dharana    

access_time 10 Mar 2022

रुसले युक्रेनमा रासायनिक वा जैविक हतियारबाट आक्रमणको योजना बनाइरहेको हुन सक्ने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ ।

रुसले युक्रेनमाथिको युद्धको क्रममा रासायनिक वा जैविक हतियार प्रयोग गर्न सक्ने भएकाले ‘सबै सचेत’ रहनु पर्ने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बताएकी छन् ।

रुसले हालै अमेरिकी जैनिक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार निर्माण भइरहेको दाबी गरेको थियो । प्रवक्ता साकीले रुसी दाबी निर्थक रहेको बताइन् । तर रुसको दाबीका पछाडि उसको नियत हुन सक्ने बताएकी छन् ।

रुसले रासायनिक वा जैविक हितयार प्रयोगको योजना बनाएको र पूर्वनियोजित तथा बिना उक्साहटको आक्रमणलाई ‘जस्टिफाइ’ गर्न झुट दाबी गरिरहेको हुन सक्ने ह्वाइट हाउसले दाबी गरेको छ ।

पश्चिमा राष्ट्रहरुले युक्रेनमा रुसले गरेको आक्रमण थप बढ्न सक्ने र जोखिम उच्च हुन सक्ने चेतावनी दिइरहेका बेला जैविक र रासायनिक हतियारको प्रयोगको चिन्ता बढेको हो ।

रासायनिक हतियारको अर्थ सानो आकारको रणनीतिक परमाणु हतियार, जैविक हतियार वा बम हुन सक्छ । रुसी रासायनिक वा जैविक हतियारको प्रयोगको सम्भावनालाई लिएर आफूहरुसँग संगतपूर्ण कारण रहेको पश्चिमा अधिकारीले बताएका छन् ।

रुस सामेल भएका यसअघिका युद्धमा रासायनिक हतियार प्रयोग भएकाले आशंका बढेको उनीहरुको भनाइ छ । सिरियामा रुसको साथ पाएकाहरुले रासायनिक हतियार प्रयोग गरेका थिए ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ।




Share Your Thoughts