मोदीले भने- लिपु लेकमा बाटो बनाउँदै छौँ


अगर बत्ती

Dharana    

access_time 08 Jan 2022

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण कार्य जारी राखेको बताएका छन्।

उत्तराखण्डको हल्द्वानीमा केही दिनअघि आयोजित एक कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले लिपुलेक क्षेत्रमा ग्रामीण सडक विस्तारको काम जारी रहेको बताएका हुन्।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भारतले लिपुलेक क्षेत्रमा एकतर्फी रुपमा जारी राखेको सडक निर्माण रोक्नका लागि नेपाल सरकारले भारतलाई आग्रह गर्नुपर्ने बताएका छन्। उनले एक ट्विटमार्फत त्यसका लागि नेपाल र भारतबीच प्राविधिक, कूटनीतिक र राजनीतिक तहमा तत्काल संवाद आवश्यक रहेको समेत बताएका छन्।

पूर्वसचिव आचार्यले ट्विटरमा लेखेका छन्, ‘नेपाल सरकारले भारतलाई लिपुलेक क्षेत्रमा एकतर्फी भइरहेको सडक निर्माण रोक्न आग्रह गर्नुपर्छ। लिपुलेकलाई सुल्झन बाँकी सीमा समस्याका रुपमा लिँदै द्विपक्षीय वार्ताका माध्यमबाट हल गर्ने सहमति जनाइसकेकै हुन्। अब दुई देशबीच यसबारेमा प्राविधिक, कुटनीतिक र राजनीतिक तहमा तत्काल संवाद गर्नु आवश्यक छ।’

नेपालको परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिबारे कुनै प्रतिक्रिया दिएको छैन।



Share Your Thoughts