नर्वेको सुपरमार्केटमा धनुषा(वाणाले आक्रमण, पाँचजनाको मृत्यु



Dharana    

access_time 14 Oct 2021

नर्वेमा एक व्यक्तिले धनुष(वाणले आक्रमण गर्दा पाँचजनाको ज्यान गएको छ। अरु दुईजना घाइते भएका छन् ।

राजधानी ओस्लोबाट दक्षिण पश्चिमी क्षेत्रमा भएको आक्रमणको घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

कोङ्गस्बर्ग शहरमा भएको आक्रमणमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एकजनाले मात्रै आक्रमण गरेको देखिएको छ। तर यो घटना आतंकवादी रहे नरहेकोबारे अनुसन्धान हुने प्रहरी प्रवक्ताले बताएकी छन् ।

कोङ्गस्बर्ग शहरको पश्चिमी क्षेत्रमा रहेको कोप एक्स्ट्रा सुपरमार्केटमा घटना भएको हो । घाइते हुनेमा किनेमेलका लागि पुगेका ड्युटीमा नरहेका प्रहरी अधिकारी पनि रहेको जनाइएको छ।



Share Your Thoughts