आसन्न संसदीय निर्वाचनबारे द्वन्द्वात्मक कार्यनीति -`देशभक्त र जनपक्षीयलाई बोकौं, दलाल र गद्दारलाई ठोकौं`


अगर बत्ती

Dharana    

access_time 03 Nov 2022

-नारायण शर्मा

आगामी मंसिर ४ गते हुन गैरहेको संसदीय निर्वाचनबारे के कस्तो नीति अवलम्बन र कार्यान्वयन गर्ने भन्ने प्रश्न एउटा जटिल, गम्भीर र महत्वपूर्ण प्रश्न हो ! यो प्रश्नको सही उत्तरले नेपाली जनवादी र समाजवादी क्रान्तिको रणनीतिलाई राम्रो सहयोग पुराउन सक्दछ । त्यसैले आसन्न निर्वाचनलाई के गर्ने रु परम्परागत रुपमा चलिआएझैं उपयोग गर्ने वा बहिष्कार गर्ने कार्यनीति अवलम्बन गर्ने कि हाम्रो नेपालको विशिष्ट अवस्थामा मौलिक र द्वन्द्वात्मक कार्यनीति अवलम्बन गर्ने भन्ने प्रश्न अझ ज्वलन्त प्रश्न बनेर उपस्थित भएको छ ।

कुनै पनि देसको क्रान्तिको कार्यदिशा, रणनीति वा कार्यनीति त्यस देसको आफ्नै विशिष्ट र मौलिक स्थितिअनुसार तय गरिनु पर्दछ १ कुनै अर्को देसको अन्धानुकरण गरेर हुबहु उही अवलम्बन गरेमा क्रान्ति सम्पन्न गर्न सकिन्न ।तसर्थ हामीले पनि हाम्रो देसको क्रान्ति सहजता र सफलता पूर्वक सम्पन्न गर्नको लागि हामीले चुनावी कार्यनीति पनि हाम्रो आफ्नै मौलिक र विशिष्ट स्थितिअनुसार तय गर्नु वस्तुवादी, बैज्ञानिक, व्यावहारिक र क्रान्तिकारी हुन्छ ! अहिले हाम्रो देसका ठुला दल र तिनका ठुला नेता, सांसद, संसद र सरकारहरु भ्रष्ट, दलाल र गद्दार भएको र राष्ट्रघाती र जनघाती अपराधहरु गरिरहेको आजको हाम्रो ठोस स्थितिका सन्दर्भमा त्यो कार्यनीति मूलतः दलाल र गद्दारलाई ठोक ! हुनु उपयुक्त हुन्छ ! यो मूल कार्यनीतिलाई सहयोग पुराउन देशभक्त र क्रान्तिकारीलाई बोकौं भन्ने सहायक वा पूरक कार्यनीति पनि बनाउनु त्यत्तिकै जरुरी छ । यी दुई कार्यनीति एक-अर्कासंग अभिन्न रुपले जोडिएका छन् । यी दुईबीच द्वन्द्वात्मक र अन्योन्याशृत सम्बन्ध छ । देशभक्त र क्रान्तिकारी राजनीतिक शक्ति र व्यक्तिलाई बोक्नु भनेको दलाल र गद्दार शक्ति र व्यक्तिहरुलाई ठोक्नु नै हो भने दलाल र गद्दारलाई ठोक्दा स्वतस् देसभक्त र क्रान्तिकारीलाई सहयोग पुग्छ । यसर्थ यसलाई एउटै एकीकृत कार्यनीति पनि भन्न सकिन्छ ।

आज नेपालमा संसदीय निर्वाचनलाई कार्यनीतिको रुपमा बुझेर देस, जनता र क्रान्तिकारी आन्दोलनको हितको ठोस अवस्था र आवश्यकता अनुसार बहिस्कार वा उपयोग गर्नुपर्नेमा एकथरी कम्युनिस्ट भनाउँदा दक्षिणपन्थी संसदवादीहरुले संसदीय र स्थानीय दुवै र सबै निर्वाचनलाई रणनीति नै बनाएर सधै निर्वाचनमा निशर्त भाग लिई यसै दलाल पुँजीवादी प्रतिक्रियावादी संसदीय शक्ति, सत्ता र व्यवस्था एवं विदेसी साम्राज्यवादी र विस्तारवादी शक्तिकेन्द्रहरुको समेत सेवा गरिरहेका छन् भने अर्काथरी क्रान्तिकारी भनिनेहरुले ठोस स्थितिको ठोस विश्लेषण गर्न नसकेर कहिले उपयोग गर्दा लज्जाजनक अवस्था हुने त कहिले बहिष्कार गर्दा पनि अपेक्षित प्रभाव र वांछित परिणाम न आउने बरु उल्टै जनताबाट आफै अलगावमा पर्ने गरेका छन् । यो एक दुखद विडम्बना भएको छ । विगतमा चुनावबारे सही नीति लिन नसक्दा कम्युनिस्टकै कारण निर्दलीय निरङ्कुश पंचायती व्यवस्थाले जित्ने गरेको कुरा भुल्न नसकिने विषय भएको छ भने कतिपय चुनावमा क्रान्तिकारीहरुले बहिष्कार नै क्रान्तिकारी हुनुको प्रमाण र परिचय हो भन्ने ठानेर निरपेक्ष बहिष्कार गर्नाले सच्चा देसभक्त र जनवादी शक्ति र व्यक्तिहरुले हार्ने र संसदमा क्रान्तिकारीहरुको संघर्ष कमजोर हुन गै घोर प्रतिकृयावादी दलाल र गद्दारहरुको विजय र हालीमुहाली हुने गरेको दुखदतम् विडम्बना भएको छ १ यो विडम्बनाबाट पार पाउनको लागि चुनावबारे निरपेक्ष रुपले रणनीतिक उपयोग ९सहभागिता० वा रणनीतिक स्वरुपको निरपेक्ष बहिष्कार गर्ने जस्ता हचुवा, हल्का र हतारमा निर्णय गरी फुर्सदमा पछुताउने जस्तो दुखद अवस्थाबाट बच्नु जरुरी छ । अब पनि यस्तै दुखद अवस्थामा पुग्ने विडम्बनाबाट बच्नको लागि सर्वप्रथम नेतृत्वदायी शक्ति र व्यक्तिहरुले आआफ्ना समूहभित्र र बाहिर पनि व्यापक र विहङ्गम छलफल गर्नु जरुरी छ । कुनै खास समय, परिस्थिति, शक्ति र व्यक्ति विशेषको ठोस र विशिष्ट विश्लेषण गरेर जिल्ला विशेष, क्षेत्र विशेष र उमेद्वार विशेषको अलग(अलगरुपमा सूक्ष्म र मिहीन मूल्यांकन गरेर मात्रै तीबारे चुनावमा केकस्तो नीति लिने भन्ने प्रश्नमा समग्रमा सही, बैज्ञानिक र क्रान्तिकारी निष्कर्षमा पुग्न सकिन्छ र सक्नुपर्छ । यसो गर्दा मात्रै देस, जनता र क्रान्तिलाई अंश(अंश र मात्रा(मात्राबाट पनि उल्लेखनीय सहयोग पुराउन सकिने हुन्छ ।

त्यसैले विगतमा हामी पनि र वर्तमानमा पनि अरु सबैजसो शक्ति र व्यक्तिहरु कि त क्रान्तिकारी उपयोगको नाममा सधैं चुनावमा सहभागी भएर सरकारमै सामेल भै देश र जनताविरोधी गतिविधिका अंशियार, हतियार र मतियार बन्ने अपराध गर्न पुगेका छौं कि भने क्रान्तिकारी देखिनको लागि निरपेक्ष रुपमा सधैजसो भण्डाफोर र बहिस्कार गर्दा जनताबाट अलगाव मा पर्ने बचकाना रोगबाट ग्रस्त हुन पुग्नाले देस, जनता र क्रान्तिलाई जान(अन्जानमा क्षति पुराउन पुगेका छौं । त्यसैले चुनावबारेका विगतदेखि वर्तमानसम्मका हाम्रा नीति, निर्णय र काम(कार्वाहीहरुको समग्र र संक्षिप्त समीक्षा हुनु पनि यस सन्दर्भमा त्यत्तिकै जरुरी छ । यस्तो गम्भीर महत्वको गहन विषयमा बहुपक्षीय अर्थात् विभिन्न विचार, संगठन, संघसंस्था, समूह, अभियान, प्रतिष्ठानमा प्रतिबद्ध वा स्वतन्त्र देसभक्त, जनवादी, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारी नेतृत्व र व्यक्तित्वहरु भेला भै खुला, स्वच्छ र बिशाल दिलदिमागले आग्रह(पूर्वाग्रहमुक्त व्यापक, विहङ्गम र बहुआयामिक छलफल गर्नु अत्यन्त उचित र आवश्यक दुवै छ । यस्तो अत्यावश्यक, सामयिक र उपयुक्त कार्यक्रम आयोजनाको लागि आयोजकहरुलाई धन्यवाद दिंदै हामी देसका केही क्रान्तिकारी राजनीतिक शक्ति, संघसंस्था, समूह, अभियान, प्रतिष्ठान र स्वतन्त्र देसभक्त क्रान्तिकारी व्यक्ति-व्यक्तित्वहरु छलफलमा सहभागी भयौं । आसन्न चुनावबारे देसमुखी र क्रान्तिमुखी नीति, विधि, योजना र कार्यक्रम बनाएर लागू गरी सकारात्मक परिणाम निकाल्न पनि प्रयास गर्‍यौं ।

यसक्रममा यो समग्र प्रकृयामा सहभागी भै देस र जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्न(गराउनको लागि क्रान्तिकारी बहिष्कार वा क्रान्तिकारी उपयोग गर्न सकृय रहेका देसका सम्पूर्ण सच्चा देसभक्त, जनवादी, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारी शक्ति, संघसंस्था, संगठन, समूह र सम्बन्धित सबै सचेत, संवेदनशील, गम्भीर र जिम्मेवार स्वतन्त्र क्रान्तिकारी नागरिक व्यक्ति(व्यक्तित्वहरु वस्तुवादी र विवेकी बनेर एकताबद्ध भै संयुक्त र सशक्त संघर्षलाई उत्कर्ष र निष्कर्षमा पुराउने प्रभावकारी र परिणाममुखी निर्णायक आन्दोलनको आँधीबेहरी ल्याउन हार्दिक अनुरोध र पहल गर्ने जस्तो अत्यन्त महत्वपूर्ण निर्णय समेत गरियो ।

तथापि देशभक्तलाई बोक भन्ने कार्यनीतिलाई गम्भीरता र महत्ताका साथ आत्मसात गर्ने र लागू गर्ने(गराउने दिशामा विवेक पुराएर जोडदिनु पर्छ भन्नेमा पूर्ण सहमति हुन सकेन । त्यसैले निम्न कुराहरुमा विशेष ध्यान पुराउनु जरुरी देखेर यी तर्क, तथ्य र आधार प्रस्तुत गर्नु वांछनीय भएको छ :

स्वाधीन, स्वाभिमान र समृद्ध नेपाल र समतामूलक नेपाली समाज निर्माणको लागि विद्यमान यो दलाल पुँजीवादी संसदीय सत्ता(व्यवस्था, विधि(विधान र यिनका आधारस्तम्भ बनेका संसदवादी दल, नेता, शासक एवं यिनका विदेसी मालिक(प्रभुहरुको समूल विरोध(भण्डाफोर, आलोचना(अवज्ञा र बहिस्कार(तिरष्कार गर्नैपर्छ । यसरी अन्ततस् यी सबको समूल ध्वंश र नष्ट गर्ने दिशामा अघि बढ्नैपर्छ ।

 यसप्रकारको लक्ष र प्रकृयामा सामेल हुन चाहने र गर्न सक्ने कोही शक्ति र व्यक्तिहरु चुनावमा सहभागी भएका छन् भने ती क्रान्तिकारी शक्ति र उमेदवार व्यक्तिको सही छनोट, सम्मान र सहयोग गर्नुपर्छ । 

त्यो छनोटको आधार वा विश्वास गर्ने कारण सम्बन्धित शक्ति र व्यक्तिले सामान्यतस् राष्ट्रियता, जनतन्त्र, जनजीविका, न्याय, समानता र स्वतन्त्रताका मुद्दाहरु उठाउने र विशेषतस् अमेरिकी साम्राज्यवादी गुरुयोजना अन्तर्गतका राष्ट्रघाती MCC सम्झौता अनि भारतीय विस्तारवादी शोषण-दमनकारी गुरुयोजना अन्तर्गत भए(गरेका राष्ट्रघाती नागरिकता विधेयक, सन् १९५० को असमान सन्धि तथा कोसी, गन्डकी, महाकाली, कर्णाली लगायतका सम्झौताहरु, कालापानी, सुस्ता लगायतका सिमाक्षेत्रको भूअतिक्रमण र देशका दलाल र गद्दार दल-शासकहरुद्वारा भए-गरेका जनहत्या, भ्रष्टाचार र कुशासनको विरुद्धमा प्रत्यक्ष र पूर्ण शक्तिभक्तिका साथ लडेकोलाई बनाउनुपर्छ ।

सार र संक्षेपमा देशको दलालीकरण, अर्थतन्त्रको उदारीकरण र राष्ट्रियताको औपनिवेशीकरणका विरुद्धमा अनि विचारको विकृतीकरण, राजनीतिको अपराधीकरण र संस्कृतिको भ्रष्टीकरणका विरुद्धमा सदन, सरकार र सडकमा समेत लड्ने तर कदापि न डग्ने, नझुक्ने, न बिक्ने र न चुक्ने विगतको पृष्ठभूमि, वर्तमानको प्रयास र भविष्यको प्रतिबद्धता भए(गरेको शक्ति र व्यक्तिलाई मात्र देसभक्त, जनवादी, वामपन्थी र क्रान्तिकारी कम्युनिस्ट र तिनका समर्थक-शुभचिन्तक जनसमुदायहरुको समर्थन र सहयोगको आधार बनाउनुपर्छ ।यस्ता जिम्मेवार शक्ति र उमेद्वार व्यक्तिहरु देस र जनताका सच्चा र सक्षम प्रतिनिधि हुन् । त्यस्तालाई सही मूल्यांकनको आधारमा छनोट गरी सक्दो सहयोग(समर्थन गरेर जिताउनु हामी सचेत र जिम्मेवार अनि विवेकी र स्वाभिमानी देसभक्त, जनवादी, वामपन्थी, प्रगतिशील र क्रान्तिकारी शक्ति र व्यक्ति(व्यक्तित्वहरुको अहं दायित्व हो ।

यसरी नै अन्य देसघाती र जनघाती दलाल र गद्दार अनि भ्रष र भँडुवा शक्ति र व्यक्तिहरुलाई चुनावमा हराउनको लागि तिनले गरेका र गर्नसक्ने राष्ट्रघात, जनघात, भ्रस्टाचार र भाँडभैलो आदिको निन्दा(भर्त्सना, विरोध-भण्डाफोर र बहिष्कार-तिरष्कारलाई सशक्त पार्नु पर्छ ।

 यसका साथै सच्चा देशभक्त, जनवादी र क्रान्तिकारी शक्ति र व्यक्ति सहभागी नभएको निर्वाचन क्षेत्र, जो अत्यन्त धेरै संख्यामा छन्, त्यहाँ देश र जनताको हितमा कामगर्ने सच्चा इमान्दार जनप्रतिनिधि बन्नलायक भरपर्दा र विश्वासिला कोही पनि उमेद्वार नभएकोले अर्थात् निर्वाचनमा सहभागी सबै शक्ति र व्यक्ति (उमेदवार)हरु आधारभूत रुपले देश, जनता र क्रान्तिविरोधी र वर्तमा दलाल पुँजीवादी सत्ता, व्यवस्था, सरकार र संसदका रक्षाकवच भएकाले ती सबैका सबै भोट पाउन होइन चोट पाउन र बहिष्कार र तिरष्कार गरिनलायक छन् भन्ने पुष्टि हुन्छ । तसर्थ त्यस्ता निर्वाचन क्षेत्रहरुमा बहिष्कार र तिरष्कारको नयाँ रुप अवलम्बन गर्नु उचित र आवश्यक नै हुन्छ । बहिष्कारको त्यो नयाँ रुप ल्य ख्यतभ नै हो । संविधानमा व्यवस्था भएको र सर्वोच्च अदालतले समेत कानुन बनाई मतपत्रमा ल्य ख्यतभ को व्यवस्था गर्न आदेश गरेको बर्षौं भैसक्दापनि जनतामा बदनाम र बेइमान सावित भैसकेका यी भ्रष्ट दलाल र गद्दार दल, नेता र शासकहरुले आफ्नो पराजयको डरले गर्दा हालसम्म पनि ल्य ख्यतभ को व्यवस्था गरेकाछैनन् । त्यसैले यस्ता सबै दल, उमेदवार र समग्र यो शासन व्यवस्था र निर्वाचन प्रणालीलाई बहिष्कार गर्दै ल्य ख्यतभ को रुपमा मतपत्रपछाडि छाप लगाई द्यबअप ख्यतभ गर्ने गर्नु उपयुक्त हुन्छ । यसो गर्नाले एकातिर त्यहाँ देस र जनताको हितमा कामगर्ने जनप्रतिनिधि बन्नलायक कोही पनि नभएकोले अर्थात् निर्वाचनमा सहभागी सबै शक्ति र व्यक्ति ९उमेदवार० हरु आधारभूत रुपले देस, जनता र क्रान्ति विरोधी भएकाले भोट पाउन होइन चोट पाउन र बहिष्कार र तिरष्कार गरिनलायक छन् भन्ने सन्देश स्थापित हुन्छ भने अर्कातिर तिनको विकल्पमा सच्चा जनसेवी र राष्ट्रप्रेमी शक्ति र व्यक्तिहरु पनि छन् र तिनको संरक्षण र सम्बर्द्धन गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकिन्छ । त्यसैले भ्रष्ट, दलाल र गद्दार भैसकेका त्यस्ता उमेदवार, पार्टी र तिनै भ्रष्ट, दलाल र गद्दार पुँजीपतिहरु चुनिने चुनावप्रणाली र शासनसत्ता नै जनविरोधी र राष्ट्रविरोधी भएकाले ती सबै व्यापक विरोध र भण्डाफोर गरिनलायक भएकोले तिनलाई वैकल्पिक देसभक्त र क्रान्तिकारी शक्ति र सत्ता-व्यवस्थाको आवश्यकता टड्कारो छ भन्ने सन्देससमेत स्थापित गर्नसकिन्छ र गर्न सक्नैपर्छ ।

समग्रमा निष्कर्षको रुपमा हामीले विरोध र बहिष्कार गर्नैपर्ने देसघाती र जनघाती शक्ति, व्यक्ति, व्यवस्था र सत्ताको निन्दा(भत्सर्ना र भण्डाफोरसहित नो भोटको रुपमा ब्याक भोट गर्ने तर समुद्रमा रत्न भएजस्तै वा जुनसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै चुनावमा सामेल भएका सिमित संख्याका सच्चा देसभक्त र क्रान्तिकारी शक्ति र व्यक्तिलाई चिनेर र बिनेर मत दिंदा नै देस, जनता र क्रान्तिको पक्षमा हाम्रो मतको सही सदुपयोग हुने देखिएकोले यसै गर्नु उचित र आवश्यक हुन्छ भन्ने देखिन्छ । यसप्रकारको नीति रणनीतिक रुपमा बहिष्कार र कार्यनीतिक रुपमा उपयोगको दोहोरो कार्यनीति जस्तो देखिन त पुग्दछ, तर यसलाई रणनीति र कार्यनीतिको समन्वित रुप वा मूल कार्यनीति र सहायक कार्यनीतिको सुसंयोजित वा एकीकृत रुप पनि भन्न सकिन्छ । यसो गर्दा नै यो दलाल पुँजीवादी संसदीय व्यवस्था र यसका रक्षक शक्ति, व्यक्ति र प्रवृत्तिहरुलाई तुलनात्मक रुपले कमजोर पार्न र तिनका विरोधी देसभक्त, राष्ट्रप्रेमी, न्याय(समानताप्रेमी क्रान्तिकारी र वामपन्थी शक्ति, व्यक्ति र प्रवृत्तिहरुलाई तुलनात्मक रुपले बलियो बनाउन सकिन्छ र सक्नैपर्छ ।

त्यसैले हामी सचेत देसभक्त र जनवादी जनसमुदायहरु अब यो चुनावी मूलनारा र अभियानमा लामबद्ध हुनु हाम्रो अहिलेको अहं कर्तव्य भएको छ । त्यसैले आसन्न संसदीय निर्वाचनमा सच्चा क्रान्तिकारी र देसभक्त नेपालीहरुको नारा यस्तो हुनु जरुरी छ स्

-सच्चा देशभक्त र क्रान्तिकारीहरुलाई खोजौं र बोकौं !

- देसघाती र जनघाती दलाल र गद्दारहरुलाई ठोकौं र रोकौं !! धन्यवाद !



Share Your Thoughts