दलीय दलालहरु र नेपाली जनताको देशभक्ति भावनाबारे !


अगर बत्ती

Dharana    

access_time 16 Jul 2022

-कृष्ण बेलवासे

नेपाली जनता लामो समय देखि किंकर्तब्यविमूढ अवस्थामा रहेको देखिन्छ । उनीहरुले देशको राजनीतिक ब्यवस्था परिवर्तनमा ठुलो लगानी गरेका छन् । राणा शासन होस् वा पञ्चायत बिरोधि वा राजतन्त्र बिरोधि आन्दोलनलाई सघाउनमा उनीहरुको योगदान रहेको छ । जनताले ब्यवस्थारतन्त्र बिरोधि आन्दोलनमा लागेकाहरुलाई सदैव सकारात्मक रुपमा लिंदै सक्दो सहयोग प्रदान गरिरहे । तर दुईवटा कुरामा उनीहरुको ध्यान कहिल्यै पुगेको पाईएन । पहिलो, उनीहरुले देशमा भएका परिवर्तनहरु राजनीतिक दलहरुको नभएर बिदेशीहरुको योजनामा हुने गरेको कुरालाई बुझिदिएनन् । दोश्रो, राजनीतिक दलका नेता भनाउनेहरु बाहिरी रुपमा त्याग,बलिदान र समर्पणयुक्त लागे तापनि यथार्थमा चरम अवसरवादी रहेको कुरालाई समेत बुझ्न सकेनन् । हुनत कसैले आदर्शको आडमा छद्मरुपमा अवसरवादीता प्रदर्शन गर्दछ भने त्यसलाई बुझिहाल्न सहज हुंदैन । तर पनि कुरा के हो भने को कुन हदसम्म अवसरवादी छरु भन्ने कुरा उसले सत्ता र शक्तिलाई कतिहदसम्म दुरुपयोग गरेको छरु भन्ने कुरा देखेपछि थाहा पाउन सकिन्छ । यसैले कोही सत्तारशक्तिमा जानुलाई उसको सफलता भन्ने गरिए तापनि यथार्थमा त्यसो हुंदो रहेनछ । कसैले कुनै जिम्मेवारी ९सत्ता होस् वा अन्य पदीय० प्राप्त गर्ने भनेको उसको क्षमता, ईमान्दारिता र प्रतिबद्धताको परीक्षाको घडि हुंदो रहेछ । जसरी एकजना बिद्यार्थीले आफ्नो सक्षमता प्रमाणित गर्न परीक्षामा राम्रो अंकरग्रेड ल्याएर देखाउनु पर्छ, त्यसरी नै आफुलाई देशरसमाजरजनता प्रति जिम्मेवार रहेको दावी गर्नेले कुनै पदीय जिम्मेवारी प्राप्त गरेमा सो पदीय दायित्वलाई ईमान्दारीता, सक्षमता र प्रतिबद्धताका साथ वहन गरेर देखाई दिनुपर्दछ । तर हामीकहां त्यसको ठिक बिपरित हुने गरेको छ ।


उल्लेखित कुराको प्रमाणको लागि देशका राजनीतिक दल र तिनका नेता भनाउंदाहरुको चिन्तन र कार्यशैलिलाई हेर्नु पर्याप्त हुनजान्छ । २००७ सालमा भारतीय राजनीतिको सिको गर्दै भारत कै योजनामा राणा शासन समाप्त गरेर देशमा दलीय ब्यवस्थाको स्थापना गरिए तापनि २००७ साल देखि २०१७ साल सम्म देशका राजनीतिक दल एवं दलीय नेताहरुले प्रदर्शन गरेको ब्यवहारका कारण एकातिर राजा महेन्द्रले दलीय ब्यवस्थालाई समाप्त पार्ने आंट गर्न सके भने अर्कातिर जनता दलहरुको समर्थनमा चूं सम्म बोलिदिएनन् । परिणामतस् दलका नेताहरु भारतमा स्वनिर्वासित हुन पुगे । हुनत २०१८ सालमा कांग्रेशले राजकीय सत्ता बिरुद्ध सशस्त्र संघर्ष गर्यो । तर त्यसलाई जनताको बिल्कुलै समर्थन रहेन । कांग्रेशीहरु उल्टै जनताको घर घरमा पसेर लुट मच्याउने कार्यमा संलग्न हुनपुगे । यसरी क्रान्तिको नाउंमा कांग्रेशको लुटेरा ब्यवहारलाई भोगेका जनताले कसैलाई सराप्नु परे ुतेरो घरमा कांग्रेश पसोस्ु भन्ने उक्ति प्रयोग गर्न पुगे । हुनत क्रान्तिको नाउंमा देशमा अब्यवस्था फैल्याउने, ब्यक्ति हत्या संगै देशका पुरातात्विक एवं भौतिक संरचना ध्वस्त तुल्याउने, सामाजिक सदभावलाई खल्बल्याएर देशलाई बिदेशी स्वार्थको क्रिडास्थल तुल्याउने कार्य कांग्रेशले मात्र गरेन । पछिल्ला समयमा कम्युनिष्ट भनाउनेहरुले कांग्रेशले भन्दा बढि नृशंस रुपमा त्यस्ता कार्यहरु गरे । तर क्रान्तिको नाउंमा त्यसरी बिध्वंश मच्याउनेहरु जब प्रजातन्त्र र शान्तिपुर्ण माध्यमद्वारा समाज परिवर्तनको नाटकमा लागे, अनि त तिनीहरु नाइ्गो रुपमा राष्ट्रिय ब्रह्मलुटमा संलग्न हुनपुगे । तिनीहरुको अवस्थालाई हेर्दा दलीय लुटेराहरु भन्दा निर्दलीयता समर्थक पञ्चहरु असल थिए भन्ने निष्कर्षमा पुग्ने अवस्था देखिन्छ । यसो किनभने पञ्चायत निरंकुश र निर्दलीय भए पनि ब्यवस्थाको स्वरुपमा थियो । तर यतिबेला दलीय लुटेराहरुले ब्यवस्थालाई नै समाप्त पारेर देशलाई अराजकताको स्थितिमा पुर्याई दिएका छन् । यद्यपि देशमा कथित जननिर्वाचित सरकार छ । तर सरकारलाई जन उत्तरदायित्वको सवालमा कुनै चासो छैन । दलहरु जनताको ठुलो हिस्सालाई आफ्नो वा बिदेशी दलालको रुपमा परिणत गर्न सफल भएका छन् । देशको सरकाररकार्यपालिकी निकाय मात्र होईन, ब्यवस्थापिका,न्यायपालिका, सुरक्षा, स्वास्थ्य, शिक्षा, संचार लगायत कुनै पनि अंगरक्षेत्र स्वच्छ, सक्षम र जिम्मेवार रहेका पाईदैनन् । सर्वत्र अव्यवस्था र अराजकता कायम रहेको पाईन्छ । दलहरु २००७(२०१७ को बेला भन्दा खराब अवस्थाका छन् । ती लुटेरा समूहमा परिणत भएका छन् । यो निर्दलीयता भन्दा खराब अवस्था हो । कारण, राजनीतिक दल जसलाई प्रजातन्त्ररलोकतन्त्रको मूल आधार मानिन्छ, त्यो आफु मात्र भ्रष्ट नभएर अन्य संयन्त्रलाई भ्रष्ट र बेकम्मा तुल्याउने कार्यमा संलग्न हुन्छ भने त्यसरी संचालित परिपाटीलाई कसरी राजनीतिक ब्यवस्था भन्न सकिन्छ ररु यसर्थमा अराजकहरु राज्यकै अन्त्यका कारकहरु हुन्, तिनलाई निर्माण वा परिवर्तनकारी शक्तिको रुपमा कुनै अर्थमा हेर्नरलिन सकिँदैन । त्यसैले अब देश जोगाउने चुनौति थपिएको छ । तर बिडम्बना, राष्ट्र बिरोधिहरु गठबन्धन बनाएर बिदेशी शक्तिको आडरबलमा सत्तामा कायम हुनपुगेका छन् । जनता भने सहिष्णु र मौनदर्शक बनेका छन् ।


यसरी राष्ट्रबिरोधि शक्तिहरु नै राज्य संचालक हुनु भनेको राजनीतिको दुरुपयोग र अपमान दुवै हो । यो विभिन्न पक्षद्वारा विभिन्न स्वरुपमा हुने गर्दछ । त्यसका मूलतस् प्रत्यक्ष र छद्म संगै एकोहोरो र दोहोरो दुई स्वरुप हुने गरेका छन् । हामी कहांका राजनीतिक शक्ति र नेता संगै तिनलाई टिकाउन लागिपरेका कथित विज्ञ एवं सल्लाहकारहरुले एकातिर घोषित रुपमा आफुहरुलाई  देशभक्त र समाजवादी बताउने, तर ब्यवहारमा राष्ट्रबिरोधि र लुटेरा व्यवहार गर्ने गर्दछन् । आफ्नो यस उद्देश्यमा बल पुर्याउन तिनीहरु अर्को माथि घोर आरोप लगाउने गर्दछन् । जनताको ध्यान अर्को तर्फ मोडिदिएर आफु नाङ्गो लुटमा संलग्न हुने गर्दछन् । यस कुरोको उदाहरणको रुपमा यतिबेला केपी ओलीलाई प्रतिगामी बताएर गठवन्धनको माध्यमबाट सत्तामा पुगी नाङ्गो रुपमा राष्ट्रघातरबिदेशी दलाली गर्ने पांच दलीय गठबन्धन सरकारका कर्तुतहरुलाई हेर्नु पर्याप्त हुन्छ । यहांनेर यसो भन्नुको तात्पर्य ओलीको समर्थन गर्नु कदापी होईन । ओली बिरोधिहरुले यो अभिब्यक्तिलाई लिएर पंक्तिकारलाई ओली समर्थक र प्रतिगामी बताउंदै आफ्नो लुटेरा प्रवृत्तिलाई सहि साबित गर्ने प्रयत्न गरेछन् भनेपनि अन्यथा मान्नुपर्ने छैन । तर यहिनेर के कुरा बिर्षन मिल्दैन भने ओली पनि कुनै सकारात्मक पात्र नभएर लुटेरा प्रवृत्तिकै दोश्रो आयाम हुन् भन्ने कुरामा कुनै शंका छैन । नपत्याए हेरौन, देशमा संविधान संशोधन मार्फत नेपालको मौलिक ९चुच्चे० नक्शालाई सार्वजनिक गरी आफुलाई देशभक्त एवं राष्ट्रवादी देखाउनेरदावी गर्ने ओलीले नागरिकताको सवालमा ९खासगरी विवाहको माध्यमबाट अंगिकृत नागरिकता प्रदान गर्ने र कथित राजनीतिक परिवर्तनहरुको आडमा गलत ब्यवस्था र प्रक्रियाद्वारा अंगिकृत नागरिकता प्रदान गरेकाहरुका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर्ने० अर्को लुटेरा गठबन्धनले भन्दा फरक अडान लिएकारलिन सकेका छैनन् । यहिंनेर प्रश्न उभिन्छ, भारतले पुर्णरुपमा कब्जा गरेको सानो भूभागको सम्बन्धमा संविधान संशोधन मार्फत नयां नक्शा पारित गरेर आफुलाई राष्ट्रवादी देखाउने पात्रले नारिकता सम्बन्धमा छिमेकी भारत लगायतका मुलुकहरुले अंगिकार नगरेकोरगर्न नसकेको ९उदाररसमर्पणवादी० ब्यवस्थालाई कसरी अंगिकार गर्न सके तरु यो अरु केही नभएर सानो भूभागको सवालमा राष्ट्रवादी बनेको नाटक गर्दै नागरिकता कानूनलाई लचिलो बनाएर सिंगो मुलुकलाई केही बर्षमै बिदेशीको कब्जामा पुर्याउने प्रपञ्च मात्र हो भन्ने कुरा स्पष्ट हुन आउंछ । अन्यथा एउटा सवालमा राष्ट्रवादी अडान लिनेले अर्को झन जटील  सवालमा राष्ट्रबिरोधिरसमर्पणवादी नीति कसरी अख्तियार गर्न सक्छ तरु यसले कथित सत्तामुखीरसंसदवादीहरुलाई सत्तासुख र राष्ट्रिय ब्रह्मलुट भन्दा अन्य सवालमा कुनै चासो छैन भन्ने कुरालाई प्रष्ट्याउंछ । 


अबको ज्वलन्त प्रश्न, त्यसो भए राष्ट्र जोगाउने र जनताको हित संरक्षण गर्ने जिम्मा कसको हो तरु निश्चय पनि जनता धनी(गरीब, शिक्षित(अशिक्षित जुनसुकै अवस्थाका भए तापनि ती सार्वभौम अधिकार सम्पन्न छन् । तिनले सार्वभौम अधिकारको प्रयोग गर्दा त्यसबाट देश र जनताको हितप्रति कस्तो असर पर्न सक्दछ भन्ने कुराप्रति सजग,सचेत र संवेदनशील रहनुपर्दछ । राजनीतिक दलरराजनीतिज्ञ भनेकै जनतालाई उक्त बिषयमा दिक्षित एवं प्रशिक्षित तुल्याउने दायित्व बोकेका शक्ति एवं पात्रहरु हुन् । यदि तिनले आफ्नो उपर्युक्त दायित्वको निर्वाह गर्दैनन्रगर्न सक्दैनन् भने तिनको कुनै औचित्य रहदैन । नेपालका दलहरु एवं दलीय नेतृत्व आफ्नो दायित्वप्रति पुर्ण सरोकारविहिन रहने गरेका छन् । तिनको सरोकार जनतालाई भ्रमित तुल्याएर आफ्नो स्वार्थपुर्ति गर्नु बाहेक अरु केही रहेको पाईदैन । त्यसैले दल एवं दलीय दलालहरुलाई बिश्वास गर्नु भनेको आफुलाई विवेकहिन तुल्याउनु हो । जनताले आफुलाई यो अवस्थाबाट उन्मुक्त राख्नु जरुरी छ । तर जनता पनि एकथरी दलीय लुटेराहरुको दलाल बनेर उनीहरुले जे भनेपनि त्यसैलाई सत्य ठानेर लागिपर्नेहरु छन् । तिनीहरुबाट कुनै आशा राख्न र भरोसा लिन सकिँदैन । अर्का थरीलाई देश बनोस् वा बिग्रोस् कुनै चासो छैन । यी संगै एउटा जमात गफ त गर्ने, तर ब्यवहारमा सिन्को न भांच्नेहरु छन् । बिचार गरौं त, वीर र बलिदानी पुर्खाहरुद्वारा श्रृजित र संरक्षित मुलुक यो अवस्थामा आईपुग्नु भनेको निकै नै दुस्खद एवं खेदजनक कुरो हो । यो अवस्थाबाट मुक्ति त्यतिबेला मात्र सम्भव हुनेछ, जतिबेला नेपालीहरुले आफुलाई स्वार्थप्रेरित एवं किंकर्तब्यविमूख अवस्थाबाट मुक्त तुल्याएर आफ्ना वीर एवं बलिदानी पुर्खाहरुको आदर्शप्रति प्रतिबद्ध तुल्याउने छन् । अन्यथा दलीय दलालहरुद्वारा प्रारम्भ र प्रबर्द्धन गरिएको लुटेरा एवं दलालि संस्कृतिलाई संस्थागत तुल्याउदै आफुलाई दासमा परिणत गर्नुको बिकल्प छैन । चेतना भया ।



Share Your Thoughts