सन्दर्भ नागरिकता विधेयक तर चर्चा नेताहरुको अतिवाद र नेपालको फिजीकरणबारे !


अगर बत्ती

Dharana    

access_time 12 Jul 2022

-नारायण शर्मा

अहिले नेपाली नेता/शासकहरु अति संवेदनशील, अति उदार, अति मानवतावादी र अति अन्तर्राष्ट्रियतावादी  भएका छन्  ! यस्तो भएकैले त कुनै विदेसी नेपालमा छिरेपछि, जन्मेपछि, बेवारिसे भेटिएपछि र उसको बाबु/आमाको ठेगान नभएपछि पनि उस्लाई अनागरिक राख्न त के एकछिन, एक दिन पनि अंगीकृत नागरिकसम्म राख्न पनि चाहँदैनन् र यस्ता कोही मान्छे नेपालको चार किल्लाभित्र भेटिंदा बित्तिकै तत्कालै नागरिकता दिलाउन मरिहत्ते गर्छन् । यिनीहरु छिमेकी वा अरु देसहरुमा नगएर, नागरिकताबारे ती देसहरुले नागरिकतासम्बन्धी गरेका विधि, व्यवस्था र व्यवहार देखे(भोगेका नभएर अथवा अति अन्तर्राष्ट्रियतावादी भएर अब नेपाल नामको एउटा नाथे देस किन अलग्गै चाहियो र अन्तर्राष्ट्रियकरण गरे हुन्छ भन्ने जस्ता ´महान´ कार्यहरु गर्दैछन् कि के हो रु यहाँका नेता/शासकहरु विदेशभ्रमणमा नगएरै त होला नि विदेशमा गएका नेपालीहरुले त्यहाँ पी। आर।, ग्रीन कार्ड, रासन कार्ड  जस्ता नागरिकता अघिका नागरिक सुविधादायी प्रमाणपत्रहरु लिनलाई पाएको दुख, पर्खेको समय, पुराएका प्रमाण र लगाएको लगानी केही देख्दैनन् र त्यहाँ तिनको लागि कुनै सहजीकरण गर्दैनन् । बरु उल्टै विदेश गएर नेपालको नागरिकता अर्थात्  नेपालप्रतिको माया(ममता, आशा/विश्वास, आस्था/भक्ति, सेवा/सद्भाव र जिम्मेवारी/कर्तव्य  आदि सबैजसो त्यागेर विदेसका नागरिक बनेका पूर्व नेपालीलाई पो यहाँ स्वागत/सत्कार र सेवा/सम्मान सहित नागरिकता दिलाउने विधि/व्यवस्था मिलाउँन भरमग्दुर प्रयत्न गर्छन् १ विचरा यी नेता/शासकहरु अन्यत्र जान त सकेनन्(पाएनन्, देसभित्रकै तराई/मधेसका डोम, चमार, मुसहर, खत्वे, जस्ता आदिवासी दलित मधेसीगरीव दुखी अशिक्षित सच्चा नेपाली सन्ततिहरु भएका गाउँ/ठाउँहरुमा पनि घुमफिर गर्न जान पाएका छैनन् र त यिनले त्यहाँ नागरिकता नपाएको पनि देख्न पाएका छैनन् !? विडम्बना, त्यत्रो ठुलो संख्यामा नेपाली मूलका भुटानीहरु भुटानबाट लखेटिंदा समेत हाम्रा शासकहरुले भुटानलाई त केही भन्न र गर्न सकेनन् भने झन् भारतलाई के भन्न/गर्न सक्थे र ?  चुँ सम्म गर्न सकेनन् । भारतले आफ्नो देसमा पसेका भुटानी शरणार्थीलाई भ्यानहरुमा कोचेर नेपालमा ल्याएर छोडिदिंदा केही न बोल्ने नेपाली शासक वर्गले नेपालको नागरिकतासम्बन्धी  नीति/निर्णय, विधि/व्यवस्था र व्यवहारद्वारा भैरहेको जनसांख्यिक अतिक्रमणको लगातारको सुनियोजित प्रयासका बिचमा भैरहेको भारतीय अतिक्रमणको यो पछिल्लो, गम्भीर र निर्णायक दाउपेचबारे बोल्ने कुराको त कल्पनासम्म पनि गर्न सकिन्न ।भारतको  दीर्घकालीन र सुनियोजित रणनीति अनुसार भारतीय सीमा हिमालय पर्वत शृङ्खलासम्म हो र गराउनुपर्छ भन्ने नेहरु डक्टृनमा हालसम्म चलिआएको शक्तिशाली विस्तारवादी प्रभुका विरुद्ध झन् के भन्ने/गर्नेकुरा भयो र ? बरु उल्टै भारतीय विस्तारवादी शासकवर्गप्रति भक्तिभाव राख्ने, भजन गाउने र उनीहरुको आशीर्वाद लिएर नेपालमा शक्ति जुटाई सत्ता हत्याएर  भोजन जुटाउने बाहेक अरु के गर्न  सक्थे र ?

आजका हाम्रा शक्तिशाली दल, नेता र शासकहरु चरम अन्तर्राष्ट्रियतावादी भएर त होला, यिनले न आफ्नो देशको वास्तावेस्ता गर्छन् नत देशवासी भूमिहीन सुकुम्बासी नेपाली धर्तीपुत्रहरुलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र न्याय/सम्मानको कुनै व्यवस्था गर्छन् ! उनीहरुलाई एउटा नागरिकताको चिर्कटो सरल, सहज र शीघ्र रुपमा दिने नीति(निर्णय र निर्देशन दिन पनि नसक्ने यी विदेसीका लाचार छायाँ नेपालका शासकहरुले देस र जनताको सुख र समृद्धिको लागि केही गर्छन् भन्नु मूर्खता नै हो  !

देसका निम्ति केही राम्रो गर्नको लागि  लडेका भनिएका हाम्रा यी नेताहरु यति धेरै गम्भीरू र जिम्मेवार छन् कि  सच्चा नेपालीलाई भन्दा कीर्ते नेपालीलाई, विदेसी नेपालीलाई र खास गरी आप्रवासी भारतीयहरुलाई नेपालको जन्मसिद्ध वा अंगीकृत मात्र होइन, वंशजकै नागरिकता दिलाउन समेत विदेसीहरुसँग बचनबद्धता गरेर नेपालको शासन सत्तामा आरोहण गर्छन् ! त्यसक्रममा उनीहरुले सर्वप्रथम कीर्ते, जालसाजी र फर्जी तरिका अपनाएर जनसंघर्ष र बलिदानको राप र चापको बलमा नेपालका संविधान र कानूनमा त्यस्ता घातक व्यवस्था छिराउँछन् अनि नेपालमा अएका, भएका र भेटिएका गैरनेपालीजति जम्मैलाई जन्मसिद्ध वा अङीकृत नागरिकता दिने व्यवस्था मिलाउँछन् र त्यसपछि अन्ततः तिनका सन्तानलाई अनागरिक राख्न कसरी मिल्छ र ? भन्दै वंशजकै नागरिकता दिलाउने ऐन/नियम बनाउने गर्छन्, यही गरिआएका छन् र पछिल्लो चर्चित र विवादित नागरिकता विधेयकद्वारा त खुलै, सीधै, नाङ्गै र   निर्लज्ज रुपमै देसै बिक्री गरी दलाली खाने दाउँ गरिरहेका छन् ! धन्य हुन् हाम्रा वीर पुर्खाका सन्तती भनिएका आज देस चलाउने हाम्रा `महान नेता´/शासकहरु !

आज त ती कीर्ते नागरिकताहरु छानबिन गर्ने, कीर्ते ठहरिएकालाई रद्द र दण्ड गर्ने र सच्चा नागरिकतालाई सदर गर्दै बाँकी सच्चा नेपाली भूमिपूत्रहरुलाई र नेपाली पुरुषसँग विवाह गरेर आएकी विदेसी महिला नेपालमा आएर एक दसकजति बसेर यहाँको माटोको ममताले भिजिसकेपछि तिन्लाई पनि नागरिकता दिलाउने गर्नु पर्ने हो  १ राष्ट्रिय र जनवादी क्रान्तिको लागि यत्रा ठुल्ठुला  वर्गसंघर्ष, जनयुद्ध र जनआन्दोलन गरेर आएका नेताहरुले आज वर्ग र देसलाई बिर्सेर जाति, धर्म, समुदाय, क्षेत्र र लिङ्गमा सिमित भएर विदेसीको मतियार र हतियार  हुनु  कहाँसम्मको हाम्रो दुर्भाग्य हो ? यस्तो भए(गरेपछि त हिंजोका ती सशस्त्र संघर्ष  र तिनको नेतृत्व गर्ने नेताहरुको आज के अर्थ र औचित्य भयो र ? के ती खाली विदेसी प्रभुहरुका पैसा र पावरको प्रलोभन/प्रभाव र सुझाव(दवावमा परेर देसको अस्तित्व नै समाप्त गर्ने गरी संविधान र ऐन(कानूनहरु बनाउँन आएका रहेछन् ? 

के उनीहरु  पनि  देसलाई सके सिक्कीकरण र फिजीकरण गर्ने नसके भुटानीकरण र युक्रेनीकरण गर्ने षड्यन्त्रमा जानाजान सामेल भएकै हुन् त रु प्रश्न गम्भीर र पेचिलो छ । के हाम्रा  वर्तमानका नेता(शासकहरु, मन्त्री/सांसदहरु र कर्मचारी/प्रशासकहरु  विदेसीहरुका भक्त, भाट र भजनकारी नै भैसकेका हुन् त रु  के यिनीहरु विदेसीहरुका दास, दलाल र दरिद्र दामपन्थी भएर आफ्नो गाँस, बास र कपासको  बन्दोबस्त मिलाउँन मात्रै सिमित, सकृय र समर्पित नै छन् त रु नत्र भने किन यसरी सदा(सदाका लागि राष्ट्रकै स्वत्व/अस्तित्व छिट्टै र पूरै समाप्त पार्ने गरी नेपालको नागरिकता वितरण गर्ने घातक प्रयास गरिरहेका छन् त रु  आज आमजनमानस, शिक्षित, बुद्धिजीवी, विज्ञ/विशेषज्ञ र  सार्वभौम जनताका प्रतिनिधि र कानून बनाउने सर्वोच्च संस्था संसदमा समेत यथेष्ट छलफल नै गर्न नदिएर फास्ट ट्र्याकबाटै राष्ट्र घाती MCC पारित गरेझैं गरेर नै नागरिकता विधेयक पनि प्रस्तुत र पारित गर्न खोज्नु विचित्रको विडम्बना हो !

संसारकै सबैभन्दा धेरै जनसंख्या भएका दुई अजङका देसहरुका  बिचमा बसेको एउटा सानो भूगोल र यथेष्ट जनसंख्या भएको मुलुक  नेपालमा एउटा देससंग त तीनतिरबाटै सीमा खुला छ र नेपालमा त्यहाँबाट आप्रवासनको लागि आउनको लागि केही आकर्षण पनि छ। यदी भारतको २ प्रतिशत जनसंख्या मात्र खुला सीमाको सुविधा लिएर नेपाल प्रवेश गरेमा निश्चित छ यहाँ भारतीयहरु बहुमतमा हुनेछन् र नेपाललाई अर्को फिजी बनाइने छ । तर यहीं नै यत्रो गम्भीर राष्ट्रिय महत्वको यस्तो विषयमा पनि यति विधि हतारो र चटारो गरेर हठात् र बलात् विदेसीहरुलाई सामान्यतया तिब्बती शरणार्थी, आयातित ज्वाइँ, भान्जाभान्जी र बुहारी आदिलाई अनि विशेषत: आप्रवासी भारतीयहरुलाई चुन्ने र चुनिने जस्तो सर्वाधिक ठुलो  राजनीतिक अधिकार अर्थात् स्थानीय, प्रादेसिक वा संघीय संसद, सरकार  र तिनका मुख्य पोस्टहरुमै पुग्ने अधिकार दिएर सरकार र राष्ट्रकै प्रमुख बनाउन किन लागेका छन् रु किनकी नेपाल यिनीहरुलाई घाँडो भएको छ भने नेपाली यिनलाई झ्याउ भएका छन् १ त्यसैले न रहे बाँस न बजे बाँसुरी भनिएझैं देसै विदेस  र विदेसीलाई  जिम्मा लगाइदिएपछि त यिन्लाई हाईसन्चो हुनेछ ! विदेस र विदेसीहरुप्रतिको यति निच तहसम्मको दलाली तर देस र देसवासीप्रतिको यति हदसम्मको गद्दारी गर्ने अपराधको दण्ड  के देसभक्त र राष्ट्रप्रेमी नेपाली वीर सपुतहरुले न देलान् र रु अवश्यै दिन्छन् । के यिनीहरुलाई इतिहासले पनि क्षमा देला र रु पक्कै पनि दिनेछैन । के यिनीहरुलाई हाम्रा पुर्खाको रगत(पसिनाले समेत न पोल्ला र रु पोल्ने कुरा अवश्यम्भावी नै छ ।  के हाम्रा भावी सन्ततिले पनि न धिक्कार्लान् र रु सयका सय धिक्कार्ने छन्  ! धिक्कार्ने मात्र हैन लल्कार्ने पनि छन् र लल्कार्ने मात्र होइन दुत्कार्ने समेत छन् । र, यसो गर्नै(गराउनै पनि पर्छ, जो उचित, आवश्यक र न्यायसंगत पनि हो । अस्तु ।



Share Your Thoughts