नेपाललाई शरणार्थीहरुको देश बनाउने षड्यन्त्र भइरहेको छ !


अगर बत्ती

Dharana    

access_time 07 Jul 2022

–प्रीति रमण

नेपालमा शरणार्थी समस्या बिकराल बन्दै छ । तीन दशक भन्दा लामो समयदेखि सुरु भएको भूटानी शरणार्थी समस्यामा अमेरपकी हस्तक्षेप भैसकेको छ । त्यो भन्दा बिकराल बनिरहेको छ तिब्बती शरणार्थी समस्या, अब थपिएको छ रोहिंग्या शरणार्थी समस्या १ 

बिगत २र३ बर्षदेखि नेपालमा पस्दै आएका रोहिंग्या शरणार्थीहरुले गत सोमबार ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघ भवन बाहिर प्रदर्शन गरे । म्यान्मारबाट पलायन भई नेपाल आएका उनीहरुले आफ्नो बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित हुनुपर्ने, नेपालमा काम गर्न श्रम स्वीकृति, शरणार्थीविरुद्धको विभेदकारी नीति परिवर्तन हुनुपर्ने माग गरेका छन् । रोहिंग्या शरणार्थी बंगलादेश, भारत हुँदै नेपाल प्रवेश गरेका हुन् । मुस्लिम समुदायका रोहिंग्या म्यानमारमा अल्पसंख्यकमध्ये पर्छन् ।

बौद्ध धर्मालम्बीहरूको बाहुल्य रहेको म्यानमारमा बसोबास गर्दै आएका मुश्लिम धर्म मान्ने उनिहरु बेलाबेलामा आफ्नै देशबाट लखेटिनुपरेको छ । रोहिंग्याले बोल्ने भाषा उनीहरूको बाहुल्य रहेको राज्य र म्यानमारका अन्य नागरिकहरूले बोल्नेभन्दा भिन्न छ । म्यानमार सरकारले तयार पारेको आधिकारिक १३५ जनजातिको सूचीमा उनीहरू अझै अटाउन सकेका छैनन् । प्रायः सबै रोहिंग्या राखिने राज्यको पश्चिमी तटमा बसोवास गर्छन् र म्यानमार सरकारको अनुमतिविना अर्को राज्यमा जान उनिहरलाई प्रतिबन्ध छ । उनीहरुको राज्य म्यान्मारकै सबैभन्दा गरिब राज्य हो, जहाँ आधारभूत सेवा र अवसरहरूको चरम अभाव छ ।

तर, तिनै रोहिंग्या अहिले नेपालको टाउको दुखाइको विषय बन्न पुगेका छन् । पहिले केही संख्यामा आएर काठमाडौंको कपनमा बस्न थालेका रोहिंग्याको संख्या अहिले हजारभन्दा बढी भइसकेको छ । उनीहरुलाई नेपाली भूमि बसाइमा सहज बन्दै गएको छ । तर, नेपालजस्तो अल्पविकसित र आफैंमा विभिन्न समस्यासँग जुधिरहेको देशलाई रोहिंग्या जस्तो शरणार्थीबाट झनै समस्या थपिएको छ ।

केही दिनअघि उनीहरुले महाराजगञ्जस्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार काउन्सिलको कार्यालय बाहिर पनि प्रदर्शन गरेका थिए । उनीहरु ११ बुँदे माग राख्दै प्रदर्शन गर्दै आएका छन् । उनीहरुले श्रम स्वीकृति दिन नसकेसम्म सबै शरणार्थी परिवारलाई बसोबास र खाद्यान्नको खर्च ब्यहोर्ने गरी आर्थिक सहयोग गर्न पनि माग गरेका छन् । उनीहरुको अन्य मागमा नेपाल सरकारले सहरी शरणार्थीलाई लगाउँदै आएको ‘भिसा पेनाल्टी’ अन्त्य गर्नुपर्ने र शरणार्थीका रुपमा मान्यता दिनुपर्ने, शरणार्थीहरुले स्वास्थ्य उपचारको खर्च ब्यहोर्नुपर्ने, भुटानी शरणार्थीको जस्तो सुविधा दिनुपर्ने, स्वदेश फर्किन चाहनेलाई चाँडै फर्कने वातावरण मिलाइदिनुपर्ने, क्यानडामा ‘रिसेटलमेन्ट’ प्रक्रिया अघि बढाउनुपर्ने छन् ।

रोहिंग्या शरणार्थी र उनका बालबच्चालाई दिँदै आएको आर्थिक सहायतामा कटौती गरेको भन्दै उनीहरुले गत सोमबार नेपालस्थित शरणार्थी सम्बन्धी राष्ट्रसंघिय उच्च आयुक्तको कार्यालय ९यूएनएचसीआर० अगाडि धर्ना दिएका थिए । यूएनएचसीआरले आर्थिक सहायता कटौटी गर्दा बालबच्चाको स्कुलमा तिर्नुपर्ने शुल्क, पोशाकलगायत दिवा खाजामा समेत समस्या हुँदै आएको उनीहरुका अभिभावकले जनाएका छन् ।

प्रदर्शनमा रोहिंग्या मात्र होइनन्, अफगानिस्तानलगायत देशका शरणार्थीहरु पनि सहभागी थिए । नेपालमा शरणार्थीको समस्या पुरानै हो । भुटानी शरणार्थीको समस्या अझैसम्म समाधान हुन सकेको छैन । नेपालको पूर्वी भूभागमा बसोबास गर्ने कैयौं भुटानी पुनर्वास योजनाअन्तर्गत विभिन्न देशमा पुगे । कति भने यही नेपालमा नै स्थायी रुपमा बसोबास गर्न थालिसके । यहीँ घुलमिल भइसके । तर, अहिले भुटानी शरणार्थी जस्तै समस्या रोहिंग्याको पनि देखिन थालेको छ । भारत तथा बंगलादेश जस्ता मुलुकले रोहिंग्यामाथि कडाइ गरे पनि नेपालले गर्न सकेको छैन । फलस्वरुप शरणार्थीसँगै आउने विभिन्न समस्याहरु नेपालले भोग्दै आएको छ ।

केही समयअघि नेपालबाट अमेरिका भिसा लगाइदिने भन्दै रकम असुलेर केही रोहिंग्यालाई नेपाल ल्याइएको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि यसबारे खुलेको थियो । यी तथ्यहरुबाट पनि नेपाललाई शरणार्थीहरुको देश बनाउनका लागि केही गिरोह तथा संघसंस्थाहरुलाई नै लागिरहेको पुष्टि हुन्छ । शरणार्थीलाई स्थान दिएर मात्र हुँदैन, उनीहरुको आधारभूत आवश्यकता पनि पूरा गर्नुपर्ने हुन्छ । उनीहरुसँग अपराध र स्थानीय व्यक्तिसँगको असमझदारीलगायतका समस्या पनि निम्तिने गर्छन् । समयसँगै उनीहरुको बसाइँ यही भूमिमा हुँदै जाँदा वैधानिकता लगायतका समस्या देखिने गर्छन् । विकसित देशहरुलाई केही शरणार्थीको समस्या समाधान गर्न अप्ठ्यारो नभए पनि नेपालले जस्तो आफ्नो आर्थिक रुपमा कमजोर मुलुकलाई भने पक्कै पनि गाह्रो पर्छ नै । यसरी मुलुकलाई शरणार्थीको देश बनाउने गरी भइरहेको षड्यन्त्रलाई सरकारले पहिचान गर्न र निवारण गर्न ढिलाइ गर्नुहुन्न । -जनधारणा साप्ताहिकबाट



Share Your Thoughts