-हरि पराजुली
रुस र युक्रेनका बिच चलिरहेको युद्ध अझै लामो समय सम्म चल्ने संभावना देखिदै गएकोछ । यो युद्धमा रुसले आफ्नो जितलाइ जति सहज देखेको थियो यथार्थमा यो अत्यन्त कठिन एवं भयावह हुदै गएकोछ ।
रुसले सुरु गरेको यो युद्ध प्रारम्भमा आक्रामक अवस्थामा थियो भने अहिले आएर यो रक्षात्मक अवस्थामा परिणत हुदै गएकोछ । रुसका विरुद्ध अमेरिकी प्याक्टबाट अझ बढि लामो दुरीका क्षेप्याष्त्र उपलब्ध गराइयो भने रुसपरमाणु क्षेप्याष्त्र प्रक्षेपण गर्न बाध्य हुनेछ । जसले तेश्रो विश्व युद्धलाइ सहजै निम्त्याउनेछ ।
सोवियत संघको विघटन र शित युद्धको अन्त्य पछि विश्व पुनः एक ध्रुविय भएको थियो । यसका बावजुद पनि बिशेष गरेर एसिया आर्थिक क्षेत्रमा पहिले भन्दा बढि शसक्त रुपमा अगाडि देखिन थाल्यो । चिन इण्डोनेसिया भारत र दक्षिण कोरिया जस्ता देशहरु नयाँ शक्तीका रुपमा देखा पर्न थाले ।यी देश मध्ये चिनले सोचे भन्दा बढि छलांग मार्यो र आफुलाइ विश्व बजारमा स्थापित गर्दै लग्यो।
हतियार उत्पादनको गलत अभ्यासमा लाग्दा रुसको अर्थतन्त्र निरन्तर ओह्रालो लागि रहेको बेला सुधारका नाममा गोर्वाचोभले अगाडि सारेको आत्मघाति नीतिले सोवियत सघको विघटन भयो । त्यसपछि रुसमा उत्पन्न संकटले त्यसलाइ असंख्य वेरोजगार र अभावको देशका रुपमा खडा गरिदियो। सन २००८÷११को आर्थिक मन्दी पछि त कैयन युरोपिय देश लगायत अमेरिकामाआर्थिक संकटमा फस्न पुगे ।यहि संकटका वेला चिनले अमेरीकी बजारमा प्रवेश गर्ने अवसर प्राप्त गर्यो ।
वोरिस यल्तसिनबाट शासन आफ्नो हातमा लिएपछि पुटिनले सन २००१ जुलाइ १७ तारिखमा चिन संग ×चीन रुसका विच असल छिमेकी मित्रता र सहयोग कायम सम्बन्धि दुइ पक्षिय सन्धिूगरे । त्यसै गरि सन २००६ जुलाइ ३मा अर्को सन्धि गरियो जसलाइ दुइ देश विचको रणनीतिक साझेदारी सन्धि भनियो ।यो सन्धि बाहिर नल्याइको भए पनि अन्तर्राष्ट्रिय बिषयका जानकारहरुले यो सन्धिमा चिनलाइ आणविक सहितका आधुनिक हतियार विकासमा रसियन प्रविधि उपलब्ध गराउने लिखित सहमति भएको हुन सक्ने अनुमान गरेका थिए । किनभने यो सन्धिपछिको संयुक्त बक्तब्यमा ×एक चिनको सुरक्षामा आँच आउन नदिने र एक चिनको नीतिलाइ समर्थन गर्ने तथा ताइवान र तिब्बतलाइ चिनकै अंगका रुपमा स्विकार गर्नेू भनिएको छ।
यो सन्धी पश्चात चीनसंगको साझेदारीमा रुसको अभावलाइ चिनमा उत्पादित वस्तुले द्रुतगतिमा समाधान गर्न सहयोगिको भूमिका खेल्यो ।अर्को तर्फ पुटिनको रणनीतिक कौशलता पनि रुसको आर्थिक विकासको पुनरागमनका लागि महत्वपुर्ण बन्न पुग्यो । जसले गर्दा सन २०१२ सम्ममा रुसले तिब्र विकास गर्यो । रुसको यो विकासमा अमेरिकाले टाउको दुखाइरहेको थियो ।
जब २०१४मा रुसले युक्रेनको अधिनस्थ रहेको क्रिमिया माथि आक्रमण गरि आफ्नो भूभागमा सामेल गर्यो त्यसपछि अमेरीकाले युक्रेन संग स्टेट पार्टनर कार्यक्रम अन्तरगत एक सम्झौता गर्यो ।यो कार्यक्रम अहिले विश्वका ९३ देशमा लागू गरिएकोछ ।
यो सम्झौतामार्फत युक्रेनलाइ उसको सैन्य शक्ती विकासमा पाँच बर्षका लागि ६विलियन अमेरीकी डलर प्राप्त भयो । यो सम्झौतामा वर्तमान अमेरिकि राष्ट्रपति जतिवेला उनि उप राष्ट्रपतिथिए उनैले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा बोल्दै त्यतिवेला उनले भनेका थिए ×अरू कुराभन्दा पनि, म यहाँ युक्रेनी जनतालाई यो भन्न आएको छु कि तपाईं स्वतन्त्रता, लोकतन्त्र र समृद्धिको बाटोमा अगाडि बढिरहँदा संयुक्त राज्य अमेरिका सधैं युक्रेनको साथमा रहनेछ।
यही विकासक्रममा सन २०२०मा युक्रेनमा रहेका आणविक उर्जा केन्द्रमा रियक्टरविकास गरि आणविक हतियार विकास गर्ने एउटा गोप्य सम्झौता पनि भयो ।युक्रेनसंग अमेरीकाले गरेका यीनै दुइ सम्झौताका कारण आज रुस र युक्रेनका विच युद्ध भैरहेकोछ र यसले क्रमशः विश्वयुद्धको स्वरुप ग्रहण गरिरहेको छ ।
रुस र युक्रेनका विच चलिरहेको युद्धलाइ धेरैले आआफ्नो दृष्टिकोणका आधारमा बिश्लेक्षण गरि रहेका छन । कसैले यसलाइ एउटा देशको भौगोलिक अखण्डता र स्वाधिनता माथिको हस्तक्षेप भन्दैछन भने कसैले यसलाइ अमेरिकी दादागिरीलाइ दिइएको चोटिलो जबाफका रुपमा बिश्लेक्षण गरिरहेका छन ।
विगतलाइ हेर्ने हो भने सनज्ञढडछ मा सोभियत संघका तर्फबाट मिखाइल गोर्बाचेभ र अमेरिकाको तर्फबाट जर्ज बुशले मध्यवर्ती(रेन्जका न्यूक्लियर फोर्सका हतियार उत्पादनलाइ स्थगन गर्ने सन्धिमा हस्ताक्षर गरे। त्यसैगरि सोभियत संघका तर्फबाट पुनः मिखाइल गोर्बाचेभ र अमेरिकाको तर्फबाट जर्ज बुशले सन् १९९१ मा मध्यवर्ती दायरा भएका आणविक र जमिनबाट आकासमा प्रक्षेपण गरिने ब्यालिस्टिक र क्रूज मिसाइलहरू कटौति गर्ने सम्झौता गरे ।
लेक वालेशाको नेतृत्वमा सन १९८० देखि अमेरीकी योजनामा आरम्भ भएको मजदुर आन्दोलनले जब पोलाण्डलाइ अलग स्वतन्त्र मुलूकका रुपमा उभ्यायो त्यस पछि क्रमशः सोवियत संघको नेतृत्व रहेको वार्सा प्याक्ट पनि विघटन हुन पुग्यो ।यो सबै घटनाक्रमको उद्देश्य महाशक्तिका रुपमा उभिएको सोभियत संघलाइ विघटन गर्नु थियो । त्यो उद्देश्य गोर्वाचोभबाट पुरा भयो र विश्व पुनः एक ध्रुविय बन्यो । त्यसपछि अमेरीका एकल विश्व महशक्तिका रुपमा कायम रह्यो।
रुसले युक्रेन माथि आक्रमण गर्नुका दुई मुख्य कारण छन । प्रथम युक्रेनलाइ नाटोको सदस्य बनाउने र दोश्रो अमेरिकाले युक्रेनमा आणविक हतियार उत्पादन गर्ने तैयारी गरिरहनु थियो । युक्रेनलाइ नाटोमा सामेल नगराउदा आणविक हतियार उत्पादन गर्ने अमेरीकी योजनामा रुसले अवरोध सिर्जना गर्न सक्ने तर नाटो समूहमा सामेल भएपछि अमेरीका सहितका नाटो प्याक्टका देशले रुसको अवरोध हटाउन आक्रमण गर्न पाउने हुदा युक्रेनलाइ सदस्य बनाउन जरुरी थियो ।
शितयुद्धको अन्त्यपछि अमेरिकाले रुसलाइ निरन्तर घेराबन्दी गर्ने योजना बनाइरहेकोछ ।पुर्व सोभियतबाट अलग्गिएका अधिकांश देशलाइ नाटो प्याक्टमा सामेल गरि सकेकोछ भने अब स्विडेन फिनल्याण्ड र युक्रेनलाइ सामेल गर्दैछ । रुसका सबै छिमेकी मुलूकहरुलाइ नाटो प्याक्टमा सामेल गरेर चिर भविष्य सम्म पनि रुसलाइ महाशक्ति बन्न नदिने योजनामा अमेरीका लगायतका जी ७का देशहरु क्रियाशिल रहेका छन । त्यसमाथि पनि युक्रेन र फिनल्यण्डलाइ नाटोमा सामेल गराउनु भनेको रुसको स्वभाविक पराजय हो ।यसले रुस यो लडाइमा आफु सकिनु पुर्व अरु धेरैलाइ समाप्त गर्ने उद्देश्यमा लाग्नु स्वभाविक देखिन्छ ।अमेरिकाको मुख्य व्यापार हतियार बिक्रि नै हो । जब विश्वमा शान्ति स्थापित हुन्छ अमेरिका आर्थिक रुपले कमजोर बन्दछ ।त्यसैले उ सधै कुनै पनि देशमा विकास र स्थिर शासन देख्न चाहदैन ।
हतियार बिक्रिकै कारण अफगानिस्तान, इराक, लिविया, इजिप्ट, लेवनान र सिरियामा त्याहाँको शासन पल्टाएर ती देशलाइ आज यो ठाउमा ल्याउने काम अमेरीकाले नै गर्यो । त्यसैगरी आज युक्रेनलाइ मोहरा बनाएर रुससंग लड्न उक्साइ रहेको छ भने भोलि ताइवानलाइ उक्सायर चीनसंग लडाउने तैयारी गरिरहेकोछ ।त्यसैगरी दक्षिण कोरिया पनि उत्तर कोरिया संगको पैठेजोरीमा यो चक्रब्यूहमा फस्दै गएको छ ।
रुस युक्रेन युद्धका कारण अहिले अमेरीकाको हतियार बजारले युरोप जापान र दक्षिण कोरियामा गरि अरबौं डलर कमाउन सफल भएकोछ । यसले गर्दा युक्रेन माथि रुसि आक्रमण एउटा स्वाधिन राष्ट्रको सार्वभौमिक अखण्डताको हननका रुपमा होइन अमेरीकी साम्राज्यवाद विरुद्ध हो भन्ने जनमत पनि देखिदै आएकोछ ।
केही पूंजिवादी बिश्लेषकलाइ रुस र युक्रेन विचको यो युद्धले विश्वयुद्ध निम्त्याइ हाल्छ जस्तो लागि रहेको छैन । तर घटना र परिस्थितीको विकासक्रमले हुन्छ भन्ने दिशा समातेको देखिन्छ ।यो युद्धमा अमेरीकी रणनीति एकातिर नाटो सहित युक्रेनलाइ बढि भन्दा बढि हतियार बिक्रि गरेर कोभिड पछिको आफ्नो अर्थतन्त्रलाइ बलियो बनाउने र अर्को तिर युक्रेन संगको लडाइमा रुसको हतियार भण्डार रित्तिए पछि नाटोको सहयोगका लागि भन्दै रुस माथि आक्रमण गर्ने योजनामा रहेको देखिन्छ ।
अमेरिका र नाटोले लामो समय सम्म युक्रेनका लागि हतियार उपलब्ध गराइ रहे भने रुसले पहिले ट्याक्टिकल आणविक क्षेप्याष्त्र प्रहार गर्नेछ र त्यसपछि अन्य एटमी हतियारहरु। तीनले युक्रेनका सिमावर्तिका देशमा विकिरण प्रभाव पर्नेछ । जसले गर्दा नाटो समूहका देशको रक्षाका नाममा अमेरिकाले रुस माथि आक्रमण गर्नेछ ।यदि अमेरीकाले रुस माथि आक्रमण गर्यो भने रुस चीन इरान वेलारुस र उत्तर कोरिया सक्रिय हुनेछन ।
अहिले पनि अमेरिका र नाटो समूहसंग भन्दा बढि आणविक हतियार रुस एक्लैसंग रहेका छन ।चीन र उत्तर कोरियासंग रहेको संख्या कति छ भन्ने यकिन छैन । त्यसमध्ये पनि रुसले विकास गरेको फोब्स स्पेश मिसाइल खतराको रुपमा छ भने अर्को केहि महिना पहिले चिनले विकसित गरेको सुपर हाइपर सोनिक ग्लाएडटर स्पेश मिसाइल पनि अर्को समस्याका रुपमा देखा पर्न सक्छ । त्यसैगरी अमेरिका र रुसको संयुक्त योजनामा क्रियाशील अन्तरिक्ष कार्यक्रममा रुसले अमेरिकालाइ कमजोर बनाउने अर्को क्ल्यु पनि रहेको छ ।यी सबै कारणले गर्दा तेश्रो विश्वयुद्ध हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।
यो सबै विकासक्रम रुस र युक्रेनको युद्धका कारण मात्र सिर्जना भएको भने होइन । यसका पछाडि विश्व महाशक्ति को बन्ने हो भन्ने होड नै देखिन्छ । चिनले विकास गरेको अर्थतन्त्र र त्यसको रक्षाका नीम्ति विकास गर्दै गएको सैन्य शक्ती अहिले पूंजिवादी मुलूकका निम्ति टाउको दुखाइ भएकोछ ।त्यस संगै रुस र चिनले अमेरीकाको एकलौटी साम्राज्य भत्काउने प्रयास गरिरहेको जस्तो देखिन्छ । त्यसै दिशाको विकासक्रममा चिनले एकातिर रुस संगको प्राविधिक सहयोगमा आधुनिक हतियार विकास गर्दै जानु र अर्को तिर विआरआइ जस्तो महत्वाकांक्षी कार्यक्रम मार्फत विश्वका करिव चार अर्ब सतसठ्ठी करोड जनसंख्यालाइ आफ्नो बजार सञ्जालमा संलग्न गराउने प्रयत्न गर्नु हो भने रुसले निरन्तर आफ्नो शक्तिमा विकास गर्नु र आंशिक रुपमा भएपनि पुरानो सोवियत संघलाइ पुस्थापित गर्ने प्रयत्न गर्नु नै हो भन्न सकिन्छ। उनिहरुको यो योजनालाई असफल बनाउने अमेरीकाको रणनीति भनेको यी दुवै देशलाइ युद्धमा होमिदिनु बाहेक अर्को हुन सक्दैन । यदि चीन र रुसको विकासक्रमलाई रोक्न सकिएन भने सन २०३० मा पुग्दा अमेरिका विश्वको दोश्रो शक्ति मात्र बन्नेछ र त्यसपछि पनि विकासक्रम त्यही बाटोमा निरन्तर अगाडि बढ्यो भने यो अझै ओरालो दिशातर्फ धकेलिने निश्चित छ ।
त्यसैले अमेरिकाले चीनलाइ साइजमा राख्नका लागि कहिले तियानमेन चोकको घटनालाइ उछाल्न खोज्छ भने कहिले उइगुर जातिका मुस्लिमको मानव अधिकार हनन भएको भन्ने बिषय । कहिले चिनिया वस्तु आयातलाइ न्युन गरि आर्थिक बृद्धि रोक्न सकिन्छ कि भन्दै आयात शुल्कमा अस्वभाविक मूल्य बृद्धि गर्ने त कहिले मोवाइल फोनमा जासूसी एप्स राखेको भनी धरपकड गर्ने जस्ता हरकत गर्दै आएकोछ ।
यसका बावजुद अमेरिकालाई जबसम्म कुनै पनि देशको आन्तरिक मामिलामा खेल्ने छिद्र पाइदैन तबसम्म वाह्य आक्रमण त्यति प्रभावकारी हुदैन भन्ने राम्रोसंग थाहा नै छ ।अहिले इण्डो प्यासिफिक रिजनमा शान्ति स्थापना गर्न चाइना साउथ इस्ट सि माथि चिनको अधिपत्य कायम भएकोले यसलाइ तोड्न भन्दै उसलेइण्डिया अष्ट्रेलिया जापान र अमेरिका सहितका चार देशको क्वाड बनाएको छ ! यसले चीनमाथि आक्रमण गर्न पहिलो जलमार्गमा चिनिया अवरोध देखाउनेछ भने दोश्रो ताइवानको सम्प्रभूतामा खलल पुर्याएको । अर्कोतिर उत्तर कोरियालाई आणविक क्षेप्यास्त्र बनाउन सहयोग गरेको भन्ने आरोप भने गम्भिर रुपमा लगाउनेछ ।त्यसपछि अमेरिकालाई चीनमाथी आक्रमण गर्ने बहाना प्राप्त हुनेछ । यसको पुर्व संकेतका रुपमा हिन्द प्रशान्त क्षेत्रमा यही जून २९ देखि ४ अगस्ट सम्म २६ देशको संलग्नतामा रिम्पेक नामक युद्ध अभ्यासको आरम्भ गर्न थालिएको छ । यी सबै घटनाक्रमले पनि तेश्रो विश्वयुद्धको ढोका खुल्ने सम्भावालाई नकार्न सकिदैन ।
रुस र युक्रेनको युद्ध चर्किए पनि नेपाल भने मस्त निद्रामा सुतिरहेकोछ । नेपालका शासकलाई लाग्न सक्छ यदि युद्धका बाछिटाले हामिलाइ भिजायो भने पनि हामि के गर्न सक्छौ र भन्ने । नेपालको कमजोर परराष्ट्र नीति र नेतृत्वमा रहेको कुटनीतिक अयोग्यताका कारण अहिले अमेरिकी स्वार्थहितमा फसेको छ ।यदि चीनमाथि अमेरिकी आक्रमण आरम्भ भयो भने नेपालको भूमि अमेरिकाले सहजै प्रयोग गर्न सक्नेछ । यसका नीम्ति हिन्द प्रशान्त रणनीतिक योजनाले अनुमति दिनेछ भने एमसिसि परियोजनाले भूमि प्रयोगका नीम्ति मार्ग प्रशस्त गर्नेछ । नेपाल न चीनको न भारतको कुनै पनि देशको पक्षमा अन्धभक्त हुन जरुरी थिएन ।
यी दुवै देशसंग समदुरीको सम्बन्ध कायम राख्नु बाहेक अर्को विकल्प हामीसंग थिएन र छैन । तर नेपाली शासकहरु सत्ताशिन भैरहने दिवास्वप्नमा कहिले भारतमुखि हुन्छन् भने कहिले चीनमुखी ।केपी ओली नेतृत्त्वले भारतीय नाकाबन्दीको विरुद्ध चीनसंग पाँचवटा सम्झौता गरेर नेपालमाथिको भारतीय अधिपत्य कमजोर बनाउने प्रयास गरेको थियो । त्यसलाई निस्कृय बनाउन भारतीय पक्षबाट कहिले शुष्मा स्वराज र कहिले जयप्रदा जस्ता मोदीका दुतहरुले जनै पुर्णिमामा रक्षाबन्धन बाँध्ने र जन्मदिनको उपलक्षमा बालुवाटारमा उपस्थित भएर केक काट्ने जस्ता कार्यहरु भए । तर तिनले आशातित प्रतिफल दिन सकेनन् र अन्तिममा रअ प्रमुख सामन्त गोयलको आकस्मिक भ्रमणबाट चीनसंगका सम्झौतालाई अघि नबढाउने सहमति भयो ।यससंगसंगै अमेरिकाले पनि हिन्द प्रशान्त रणनीतिक योजनाको समर्थनमा नेपाललाई हस्ताक्षर गराउन सफल भयो ।नेपालका नेताहरु आफू सत्तामा बसिरहन सस्तो मूल्यमा पनि बिक्री हुनसक्छन् भन्ने भारतीय शासकलाई राम्रोसंग थाहा भएकै बिषय हो । यसको पुष्टि वर्तमान सरकारको प्रथम महिलाले जनता पार्टीका महासचिवलाई रक्षाबन्धन बाँधेर भाइ बनाएको घटनाले पनि गरेकोछ ।त्यति मात्र होइन नेपालका वर्तमान प्रधानमन्त्रिले नेपाल भ्रमणकालमाचिनियाँ विदेस मन्त्रिसंग गरेको व्यवहारले पनि नेपाली नेताको कुटनीतिक कौशलता कति छ भन्ने सहजै आंकलन गर्न सकिन्छ ।
तसर्थ नेपालका शासकवर्गमा राष्ट्रहित भन्दा वैयक्तिक हित बढि हुने भएकोले मुलूकमा कोही पनि राष्ट्रनेताका रुपमा स्थापित हुन सकिरहेको छैन ।पार्टी नेता जो सुकै बन्न सक्छ तर राष्ट्र नेता बन्न विपक्षले पनि स्विकार गरेको हुनु पर्दछ । यस्तो परिस्थितिमा चीन र अमेरिका एकापसमा भिडने स्थिति आयो भने नेपाल समरभूमि बन्नेछ ।त्यसपछिको भयावह स्थितिको आंकलन गर्न अत्यन्त कठिन हुनेछ ।रुस युक्रेन युद्धले यही दिशाबोध गरिरहेकोछ ।-जनधारणा साप्ताहिकबाट