भारतमा देखिएको ओमिक्रोनको बीए.४ र बीए.५ भेरियन्टले नेपाललाई खतराको घण्टी !


अगर बत्ती

Dharana    

access_time 27 May 2022

— राज्यलक्ष्मी शाक्य 

कोरोना भाइरसको समस्याबाट अभैm खतरा देखिएको छ । छिमेकी देश भारतमा ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको जनाइएको छ ।  सार्स–कोभ–२ जिनोमिक्स कन्सोर्टियमले कोरोना भाइरसको ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको पुष्टि गरेको छ ।  उक्त भेरियन्टको पहिलो केस तमिलनाडु र दोस्रो केस तेलंगानामा देखिएको जनाइएको छ । 

यूरोपियन सेन्टर फर डिजिज एण्ड कन्ट्रोलले अघिल्लो साता बीए.४ र बीए.५ ओमिक्रोन सब–भेरियन्टलाई चिन्ताको विषय रहेको जनाएको थियो । कन्ट्रोलले यी दुई भेरियन्टले संक्रमण दरलाई १२ देखि १३ प्रतिशतसम्म बृद्धि गराउन सक्ने चेतावनी दिएको छ ।

दक्षिण अफ्रिकी वैज्ञानिकद्वारा खोजिएको नयाँ ओमिक्रोनको भेरियन्ट कोरोनाविरुद्धको भ्याक्सिन र प्राकृतिक प्रतिरक्षासँग पनि लड्न सक्षम रहेको जनाइएको छ । यो खुलासाले विश्वव्यापी रुपमै कोरोनाको खोप लगाएर ढुक्क भएका नागरिकहरुलाई चिन्ताजनक अवस्थामा पु¥याएको छ । कोरोनाको खोप  पनि प्रभावकारी छैन भन्ने सन्देश यो निश्कर्षले दिएको छ । कोरोना खोपप्रति विश्वकै शक्ति राष्ट्रहरु निक्कै ठूलो उपलब्धी महसुस गरिरहेका थिए । तर ओमिक्रोन बीए.४ र बीए.५ खोपसँग पनि लड्न सक्ने क्षमताका  भएकाले अवको विकल्प के भन्ने प्रश्न विश्व स्वास्थ्य संगठनलाई थपि दिएको छ । हुन त समस्यासँगै समाधानका उपायहरु पनि भेटिएलान् अथवा विकसित होलान्  । तर पनि विकासोन्मुख देशहरुका लागि यो अझ दुखद पक्ष हो ।   

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसन (सेरी) का निर्देशक टुलिया डी ओलिभेरा भन्छन्, ‘अहिलेका दुवै भेरियन्ट बीए.२ जस्तै तीव्र गतिमा फैलिने गुण भएका हुन् । नयाँ भेरियन्टमा रहेको स्पाइक प्रोटिनमा एक डेल्टा, कप्पा र उप्सीलोन नामक भरियन्ट पनि समावेश छन् ।’

विश्व स्वास्थ्य संगठनले सुरुवातदेखि नै बीए.४ र बीए.५ लाई ट्रयाक गर्न थालेको थियो । अतिरिक्त म्यूटेशनलाई बुझ्न र अध्ययन गर्नका लागि देखा परेको समयदेखि नै डब्लुएचओले ट्रयाक गर्न थालेको जनाइएको छ ।

एक अध्ययन अनुसार ओमिक्रोन बीए.१ संक्रमणबाट उत्पन्न भएको एन्टीबडिजले बीए.४ र बीए.५ विरुद्ध काम गर्ने सम्भावना पनि न्यून पाइएको छ । एजेन्सीहरुले जनाए अनुसार खोप लगाएकाहरु लाई पपिन बीए.४ र बीए.५ ले संक्रमित गर्न सक्ने जनाइएको छ । 

छिमेकी देश भारतमा यो अवस्था देखिनुले नेपाललाई चिन्ता थपिनु स्वाभाविक हो । खुल्ला सीमाना रहेको अवस्था र खुल्ला आवागमन अनियन्त्रित सुरक्षाको अवस्थासँगै भारत आश्रित व्यापार भएकाले पनि नेपाल स्वाभाविक रुपमा कोरोना संक्रमणबाट असुरक्षित छ भन्ने कुरा स्पष्ट हुन्छ । सरकारले समयमै उचित सावधानी अपनाएन भने भारतमा पैmलिन सुरु भएको यो बीए.४ र बीए.५ नेपालमा भयावह हुने निश्चित छ । नेपाल सरकारले सिमा क्षेत्रमा तत्काल सुरक्षाको उपायहरु अपनाउन विलम्ब गर्नु हुँदैन । पछि पछुताएर केही उपाय लाग्ने छैन । जनधारणा साप्ताहिकबाट 



Share Your Thoughts