लिन पियाओहरुको अराजकतावादी अर्थवाद —अनिल शर्मा


अगर बत्ती

Dharana    

access_time 22 May 2022

“राजनीतिमा इमानदारी शक्तिको परिणाम हो र मिथ्याचार कमजोरीको अभिव्यक्ति हो” —भी. आई, लेनिन, राजनीतिक वादविवाद सम्बन्धी टिप्पणीहरु, ग्रन्थावली—१७, पृष्ठ १६६ विदेशी भाषा, प्रकाशनगृह, मस्को, अंग्रेजी संस्करण ।

“हजार माइलको यात्रामा व्यक्तिगत निष्ठाप्रति गहिरो इमान्दारिता पहिलो पाइला हो ।” — पाब्लो नेरुदा (१९०४—१९७३)

नेपाली क्रान्ति सम्पन्न भएको छैन । २०६४ सालभन्दा अघि अझ यसो भनौं कि गणतन्त्र स्थापना अघि सामन्तवादको नेतृत्वमा दलाल पुँजीवादी सत्ता थियो । आज दलाल पूँजीवादको नेतृत्वमा सामन्तवादसहितको सत्ता छ ।  जुनयुद्धका सपनाहरु छितरिएका छन् । तर जनयुद्धको कार्यदिशाबाट क्रान्ति सम्भव लाग्दैन । त्यसैले जनयुद्धको निषेध होइन प्रतिस्थापना आवश्यक छ । न्युटनलाई ‘आइन्स्टाइन र आइन्स्टाइनलाई हकिंग्सले प्रतिस्थापना गरेभैंm जनयुद्धलाई नयाँ कार्यदिशाले प्रतिस्थापन गर्नुछ । तर कसरी ? त्यो कुनै पुस्तकालयमा पाइन्न । समाजको विकासको चरण र अवस्था, जनमनोविज्ञान, सामरिक—भौगोलिक स्थिति, शक्ति सन्तुलनको आधारमा कार्यदिशा निरुपण गर्नुपर्छ र त्यसलाई वर्ग संघर्षको क्रममा समृद्ध गर्दै जानुपर्छ । वर्ग संघर्षको क्रममा कतिपय विषय थप्ने र कतिपय विषय हटाउने पनि हुँदै जान्छ । अझ यसो भनौं कि समृद्धीकरणको निश्चित पद्धती र प्रक्रिया हुन्छ । तर अराजकतावादी तत्वहरु माक्र्सवादी पद्धती अभ्यास गर्दैनन् । दोस्रो दर्जाको नेता हुन नपाएकोमा वा कतिपय केन्द्रिय सदस्य हुन नपाएको झोकमा आकाशतिर फर्केर तारापुञ्जलाई थुक्न खोज्छन् र तर आफ्नै अनुहारमा थुकेको भेउ पाउँदैनन् । कुण्ठा र अपराधबोध छोप्न सिद्धान्तको बेइमानी बर्को ओढ्छन् । लेनिनले त्यसप्रकारका बेइमान, मिथ्याचारीहरुलाई कमजोर प्राणी भन्नु भएको छ । गल्ती र कमजोरी मिथ्याचारको बैसाखी टेकेर होइन आत्मालोचना गरेर मात्र सुधार गर्न सकिन्छ । सुदर्शनले जेलमा हुँदा नै किचेन क्याविनेटमा पार्टी अर्को बनाउने सहमती गरेको, बनेपाको मजदुर सम्मेलनबाट निस्केकाहरुलाई आपूm नै उपस्थित हुने भनेर अरुलाई पठाएको, पोखराको विद्यार्थी सम्मेलनमा कञ्चनले विद्रोह गर्न रुद्र भट्टराई लगायतलाई निर्देशन दिएको जस्ता अनेक अन्तध्र्वंशको षड्यन्त्र गरिएका थिए । तर औपचारिक छलफलमा १२ औं बैठकको समापनसम्म पनि नेतृत्वको चाकडी गर्दै थिए । यसप्रकारले क्रान्तिकारी पार्टी बन्छ कि लिन पियाओ गूट बन्छ ? आर्थिक पै्रश्नमा चरम भ्रष्टाचार, आचारणमा पुँजीवाद, संगठनमा अराजकतावाद, नेतृत्व सम्बन्धमा लिन पियाओवाद सुदर्शनमा सीमाहीन भएपछि सामान्य स्तरको (रुपान्तरणको अवसरसहित) कार्वाही गरिएको हो । कचराहरु थुपारेका स्थानलाई त ‘डम्पिङ साईट’ भन्छन् । पुनर्गठन भन्दैनन् हो राउटे यार !

प्रचण्डसँग जीवनमरणको लडाईं लड्दा सुदर्शन कहाँ थिए ? यो धारा निर्माणमा उनको के योगदान छ र गँजडीगफ गरेको होला ! शिवगढीमा हामी सशस्त्रको घेराबन्दीमा पर्दा कञ्चन कामरेड त बुद्धनगरमा बैध बासँग कफी तान्दैनछन् । भन्थे त ? अनि विप्लवलाई कायर भन्ने राउटे मित्रहरु विप्लवले आधार इलाकाको नेतृत्व गर्दै गर्दा के.पी. ओलीको लगौंटी सफाई गर्दै थिए । सुदर्शनलाई जनयुद्धमा २ पटक, २०६४ पछि १ पटक, अहिले फेरि १ पटक गरी ४ पटकको कार्वाही बिना कारण गरिएको हो ? समाजले पत्याउँछ त ? मान्छेले औकात हेरेर बोल्नुपर्छ । रुपान्तरण हुनुपर्ने मान्छेहरु, क्षमता र इमान्दारिता नभएका मान्ेछहरुको गूटवाद, पूmटवाद नै समस्या हो । 

आठौं महाधिवेशनको विषयमा आज बल्ल समस्या देख्ने तत्वहरु त्यस बेला सित—निद्रामा थिए ? आज वर्षायाममा उठेर फणा उठाएको ? आठौं महाधिवेशन र आजसम्म कार्यदिशाबारे फरक दस्तावेज, फरकमत, असहमति केही कतै छ ? बास बसेको घरबाट मध्यरातमै झ्यालबाट हाम्फालेर टाकुरामा पुगेर धारे हात लगाएर के होला त ? यसैबलाई भन्छन् ‘छोटी मूह बडी बात’  एमालेको घर भत्काएर अर्थात ओलीलाई सराप्दै इच्छुतको गीत गाउन थालेका राउटेहरुले ओलीकै भाषामा विप्लवलाई ‘उग्रवामपन्थी अवसरवाद’ भन्न थालेका छन् । कार्यदिशा र नेतृत्वप्रति आठौं महाधिवेशन र आजसम्मको उनीहरुको समर्थन गौंडो ढुकेर बसेको निकिता खु्रश्चेवकै प्रकृतिको रहेछ भन्ने स्पष्ट भएको छ । अन्तरपार्टी संघर्ष ख्रुश्चेवको तरिका चल्दैन, माओको तरिकाले चल्छ र चलाउनुपर्छ । सुदर्शन गूटले लिन पियाओ र खु्रश्चेवको तरिका अवलम्बन गरे । 

सुशासन, पारदिर्शता र न्यायूर्ण आर्थिक जीवनको लागि दार्शनिकहरुले प्राचीनकालदेखि नै चिन्तन गर्दै आएका छन् । ग्रीक चिन्तक प्लेटोले परिवार र नीजि सम्पत्ति नभएका स्वार्थरहित विद्धानहरुले राजनीतिक गर्नुपर्ने सुझाएका थिए । प्लेटोले महिला, बालबालिका र जमिन राज्यको मातहत हुर्नुपर्छ भनेका थिए । कार्ल माक्र्सले नीजि सम्पत्तिको अन्त्य भनेका छन् । प्लेटोको स्वार्थरहित विद्धानहरुको समूहरुलाई माक्र्सले ‘सर्वहारा वर्गको नेतृत्वमा नीजि सम्पत्ति नभएकाले समाज व्यवस्था’ ले प्रतिस्थापन गर्नु भयो । लेनिनले ‘सामूहिक नेतृत्व’ संगठन सञ्चालनका ४ नियमले थप समृद्ध गर्नु भयो । माओले त्यसमा ‘सर्वहारा वर्गको नेतृत्वमा नीजि सम्पत्ति नभएको समाज व्यवस्था’ ले प्रतिस्थापन गर्नु भयो । लेनिनले ‘सामूहिक नेतृत्व र संगठन सचलनका लागि नियम’ ले थप समृद्धि गर्नु भयो । माओले त्यसमा ‘आलोचना र आत्मालोचना’ थप्नु भयो । यद्यपी तङमण्डली र लिन पियाओहरु  (प्रबृतिगत रुपमा) माओको मृत्युपछि फेरि जन्मिए । रुसदेखि चीन हुँदै हाम्रो समयसम्म आउँदा हामीले आर्थिक प्रणालीमा केही संश्लेषण गरेका छौं । जस अनुसार कम्युनिष्ट आन्दोलनले नयाँ सत्ता निर्माण ग¥यो । तर कम्युनिष्ट सदस्यलाई मजदुर बनाउन सकेन । सत्तामा पुगेपछि निर्माण ग¥यो । तर कम्युनिष्ट सदस्यलाई मजदुर बनाउन सकेन । सत्तामा पुगेपछि शासक बन्ने र सर्वहारा वर्गको नाममा सर्वहारा वर्गमाथि नै दमन गर्ने नोकरशाही यन्त्रमा कम्युनिष्ट पार्टी बदलियो । त्यसको विरुद्ध जनता विद्रोहमा उत्रिए । साम्राज्यवादले त्यसमा उत्प्रेरकको भूमिका खेल्यो । मुख्य पक्ष आन्तरिक हो । पूर्वी युरोपका देशहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकेनन् । रुसप्रति आश्रित भए । रुस कमजोर हुनासाथ ती तासको महलभैmं ढले । अवका कम्युनिष्टले त्यस विषयमा स्पष्ट धारणा बनाउन आवश्यक छ । हामीले त्यस विषयमा छलफल गरिरहेका छौं । 

कम्युनिष्ट पार्टीहरु दूताबास धाउने, कमीशनको धन्दामा दुब्ने, पूँजीपतिलाई लाभको पदमा राखेर खर्च जूटाउने, खरिद—बिक्री हुने, नीतिगत भ्रष्टाचार गर्ने गरेर बदनाम भएका छन् । सरकारको नेतृत्व गर्दा पनि  आत्मनिर्भर अर्थतन्त्रतिर एक पाइला सार्न सकेका छैनन् । यो काम एकाएक हुँदैन । तलबाट नयाँ उत्पादन प्रणालीको विकास गर्नुपर्छ । कृषिलाई सहकारी, सामूहिक र आधुनिकीकरण गर्नुपर्छ । त्यो काम आदेश दिएर हुँदैन । ठूला—ठूला बोझिला कुरा गर्ने माटोको गन्ध थाहा नहुने अन्नपूर्ण होटल र चन्द्र ढकालको अपानबायु सुँघेर मातिएका साँढेहरुले त्यो युगिन दायित्व पूरा गर्न सक्दैनन् । त्यसैले महासचिवले आपैmं उत्पादनको नेतृत्व गर्नु भएको छ । यो काम पार्टीको आदत बनेपछि अन्य साथीहरुको जिम्मामा छोड्न सकिन्छ । पार्टीको श्रम र सम्पत्तिको उपयोग जनता र कम्युनिष्ट आन्दोलनका पाका पुस्ताले पनि गरिरहेका छन् । श्रममा भाग लिने कार्यलाई ‘कुवा र अर्थवाद’ देख्ने  लिनपियाओहरु माओका शब्दमा ‘लिम्पेनवादी’ हुन् अर्थात लम्पट सर्वहारा हुन् । त्यसैले तिनीहरु चिन्तनको दृष्टिले अराजकतावादी अर्थवादी हुन् ।  

२०७८–०२–०७ 




Share Your Thoughts