स्थानिय चुनाव एक कार्यनीतिक प्रश्न


अगर बत्ती

Dharana    

access_time 04 May 2022

- उमा भुजेल

नेपाल कम्युनिष्ट पार्टी न आफ्नो स्थापना कालको अवस्थामा छ, न त आजको जस्तो मात्र भएर भविष्यको भूमिका पुरा गर्न सकिन्छ । त्यसैले होला महासचिवले बैठकमा भन्नुभएको थियो– “इतिहासको व्याख्या गर्न त सजिलै हुन्छ; सबैले गर्न सक्छन्; सजिलो पनि हुन्छ तर भविष्य देख्ने, बनाउने मान्छे कमै हुन्छन्, हामीले भविष्य देख्न र देखाउन सक्नु पर्दछ ।” यो धारणाको निकै महत्व र अर्थ छ । हिजो हाम्रो पार्टी नेतृत्व र विचार स्थापित गर्नुपर्ने चुनौति थियो । तर हाम्रो पार्टी आज वैकल्पिक शक्ति र धारको रुपमा स्थापित भइसकेको छ । यो दलाल पुँजीवाद विरोधी, साम्राज्यवाद विरोधी र वैज्ञानिक समाजवाद पक्षधर शक्तिको रुपमा स्थापित भइसकेको छ । जनता हामीप्रति आशावादी भएका छन् । राष्ट्रवादी, देशभक्त र कम्युनिस्ट क्रान्तिकारीहरु विस्तारै पार्टीतिर केन्द्रित हुँदैछन् । एमसीसी विरुद्धको हाम्रो आन्दोलन र भूमिकाले विचार, नेतृत्व र पार्टीलाई स्थापित गरेको छ । हामी मुख्य भूमिकाको केन्द्रमा आइपुगेका छौं । 

पार्टीको १२ औं बैठकले पारित गरेको राजनीतिक प्रस्तावमा भनिएको छ, “एकातिर क्रान्तिकारी कम्युनिस्ट पार्टी हुनुको कारण आम श्रमिक जनता, सर्वहारा वर्ग, युवा बुद्धिजीवीहरुको नेतृत्व गर्नु पर्दछ भने अर्कातिर देशको स्वाधिनतामा खतरा आएका कारण सम्पूर्ण देशभक्त, प्रगतिशील, बामपन्थी, अग्रगामी मित्र शक्तिहरुको नेतृत्व लिनु पर्दछ । यो भनेको मूलतः जनवाद र स्वाधिनताको नेतृत्व गर्नुपर्ने जिम्मेवारी हो ।” यो विश्लेषणले राष्ट्रिय राजनीतिक केन्द्रमा र केन्द्रीय भूमिकामा रहेको स्पष्ट हुन्छ । वर्तमान अवस्था भनेको एमसीसी विरुद्ध राष्ट्रियताको मुद्दालाई लिएर वृहत्त राष्ट्रवादी मोर्चा खडा गर्दै राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्नुपर्ने अवस्था हो । यसप्रति पार्टीको पारित प्रस्तावमा भनिएको छ, “सुघौली सन्धिबाट अङ्ग्रेजको अर्ध–उपनिवेशमा बदलिएको नेपाल सन् १९५० को भारतसँगको असमान सन्धिपछि भारतको अर्ध–उपनिवेशमा पुग्यो । यो एमसीसी सम्झौताले नेपाललाई अमेरिकी नव–औपनिवेशमा धकेलिदिएको छ । यदि यसलाई जनताको बलद्वारा प्रतिरोध गरिएन र रोकिएन भने एकपछि अर्को गर्दै २१ औं शताब्दीको अमेरिकी उपनिवेशमा पुग्ने चुनौति तड्कारो छ ।” त्यसैगरी अन्तर्राष्ट्रिय परिस्थितिको व्याख्या गर्दै प्रस्तावमा भनिएको छ, “विश्व एक ध्रुवीय चरित्रबाट दुई ध्र्रुव वा वहु–ध्रुवतिर प्रवेश गरेकोले क्रान्तिका लागि अनुकूल अवस्था बन्दै जाने” निष्कर्ष निकालेको थियो । आज रुस र युक्रेनबीचको भीषण युद्धले हाम्रो यो निष्कर्षलाई एउटा अनुमानको तहबाट व्यवहारिक प्रयोगको स्तरमा पुष्टि गरिदिएको छ ।” राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको यो विश्लेषणले हाम्रो लागि अवसर र चुनौति दुवै एकसाथ सृजना गरिदिएको छ । यो अवसरलाई हामीले पकड्नु पर्छ र चुनौतिको सामना गरेर क्रान्तिलाई विजयसम्म पु¥याउनु पर्दछ ।

रणनीतिसँग कार्यनीतिको अन्तरसम्बन्ध

रणनीति भनेको पुग्ने गन्तव्य हो । अर्को शब्दमा भन्दा क्रान्ति हो । रणनीतिमा दृढता र कार्यनीतमा लचकता हुनु पर्दछ । रणनीति र कार्यनीतिको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । रणनीति र कार्यनीतिलाई अलग—अलग गर्दा अपुरो र अधुरो रहन्छ । यो वास्तविकता र यथार्थता हुँदाहुँदै पनि कम्युनिष्ट आन्दोलनमा केही समस्या देखा पर्दै आएका छन् । रणनीति र कार्यनीतिलाई बुझ्दा वा कार्यान्वयनमा जाँदा दुई वटा प्रवृत्ति देखा परेका छन् । पहिलो रणनीति अनुरुप रणनीतिको सेवा गर्ने कार्यनीतिको विकास गर्न नसक्नु, दोस्रो कार्यनीतिलाई नै कार्यनीतिको रुपमा नभई रणनीति बनाउने समस्या रहदै आएको छ । नेपालको सन्दर्भमा संसदीय निर्वाचनमा बहुमत ल्याएर त्याँही भित्रबाट संविधान बनाएर शान्तिपूर्ण ( वैधानिक) तरीकाले समाजवाद ल्याउने कुरा गरिन्छ भने त्यो सुधारवाद हुन्छ । आज एमाले र प्रचण्डहरुले त्यही गरिरहेका छन् । तर माक्र्सवादका आधारभूत प्रश्नमा दृढ रहेर संसदीय चुनाव र प्रतिक्रियावादी अखडाभित्र पसेर त्याँही भित्रबाट समेत प्रहार गरिन्छ भने त्यो सुधारवाद हुँदैन । पार्टीले लेनिन्ले भन्नुभए जसरी ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप स्थानिय चुनाव प्रयोगको नीति लिएको छ  । भिन्न समय र भिन्न परिस्थितिमा भिन्न वा फरक कार्यनीति आवश्यक हुने कुरा लेनिनले बताउनु भए जस्तै माओले पनि भन्नु भएको छ बस्तुको गति सम्बन्धमा तपाइले गर्नु भएको अवलोकन यथार्थसँग मेलखाने भएन भने तपाइको निर्णय असमायिक भएमा त्यो बाम भड्काव हुन्छ अनि तपाइको निर्णय यथार्थ भन्दा पछाडि पर्न गयो भने त्यो चाहि दक्षिण भड्काव हुन्छ । – माओ त्से तुङका सङ्कलित रचनाहरु, भाग ५ पृष्ठ १८० ) । माओ र लेनिनका भनाईहरु ती देशका अनुभवका आधारमा चुनाव प्रयोगको कार्यनीतिले पनि रणनीतिको सेवा  गर्न सक्दछ । रणनीति अनुसार कार्यनीति निर्माण गर्नु पर्दछ र कार्यनीतिले रणनीतिको सेवा गर्नु पर्दछ । लनिनले भन्नुभएको छ कि कार्यनीति २४ घण्टामा नै बदलिन सक्दछ ।

स्थानीय चुनावको प्रयोगको सवाल

केन्द्रीय समितिको १२ औं पुर्ण बैठकमा महासचिव कमरेड विप्लवले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावका तीन बुँदाहरु एक महाधिवेशन, दूई राष्ट्रियताको विषय र तीन स्थानिय निर्वाचन थिए । जसमा घनिभूत छलफल भएको थियो । हाम्रो बैठकमा उच्च जनवादको प्रयोग भयो । सीमाहरु भत्काएर विचार र सुझावहरु आए । जसले उच्चस्तरको केन्द्रीयताको आधार निर्माण ग¥यो । आ—आफ्नो समितिमा विचार राख्नु, विचार नलुकाउन, खुला र स्पष्ट हुनुलाई अन्यथा मान्नु पर्ने कारण पनि थिएन । बहस पश्चात हाम्रो मुख्य कार्यनीति संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद नै हुने निश्चित भयो । तर मुल कार्यनीति भित्र सहायक कार्यनीति स्थानिय चुनाव प्रयोग गर्ने निर्णय भयो । चुनाव प्रयोग गर्दा पार्टी निर्वाचन आयोगमा दर्ता गरिने छैन । चुनावमा ःऋऋ  विरोधी, राष्ट्रवादी स्वतन्त्र उम्मेद्वारलाई सहभागि गराउने र पार्टी बाहिरका देशभक्त र क्रान्तिकारी( वर्तमान परिपेक्षमा ःऋऋ विरोधी) उम्मेद्वारलाई समर्थन र सहयोग गरिनेछ । यसरी राष्ट्रिय स्वाधिनतालाई मुख्य विषय बनाएर आन्दोलन उठाउने निर्णय भयो ।

 चुनाव प्रयोगको कार्यनीति तात्कालिक र विशुद्ध कार्यनीतिक मामला हो । १२ औं केन्द्रीय समितिको प्रस्तावमा ( संसदीय व्यवस्थाको चुनावबारे) शीर्षकमा उल्लेख गरिएको छ ‘ पँुजीपति वर्गले चुनावलाई संसदीय व्यवस्थाको रक्षा गर्ने रणनीतिमा प्रयोग गर्दै आएको छ । यो व्यवस्था भित्र जुनसुकै रुप र स्तरका चुनाव भए पनि ती संसदीय व्यवस्थाको सुधार र बचाउका लागि प्रयोग गरिने प्रणालीहरु हुन् । तसर्थ चुनावबाट मात्र संसदीय व्यवस्थालाई जनताको व्यवस्था अर्थात वैज्ञानिक समाजवादमा परिवर्तन गर्न सम्भव भएन र छैन ।’ प्रस्तावमा नै फेरि भनिएको छ ‘त्यसो भनेर संघर्षमा पैदा हुने विशिष्ट अवस्थामा पनि चुनावका नकारात्मक अनुभवहरुलाई आधार बनाएर सबै चुनावी संघर्षबाट सदाको लागि हात झिकेर हिँड्नु पर्छ भन्ने सोच्नु बस्तुवादी दृष्टिकोण हँुदैन ।’ 

कार्यनीति ठोस गर्दा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, वर्ग संघर्ष, आत्मगत अवस्था र राजनीतिक संघर्षलाई विश्लेषण गरेर निस्कर्ष निकाल्नु पर्दछ । हाम्रंो पार्टी गम्भिर छ, पक्कै पनि विषय नयाँ (स्थानिय चुनावको प्रयोग) नभए पनि नयाँ सन्दर्भमा लागु गर्न खोज्दा सकारात्मक र नकरात्मक तर्कवितर्क आउनु स्वभाविक हो । चुनाव प्रयोगको विषय नेपालको सन्दर्भमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा पनि छलफल भएका र प्रयोग गरिएका विषय हुन् । अझ सबभन्दा बढी महत्वका साथ कमरेड लेनिन् र लेनिन्को पार्टीले प्रयोग गरेको पाइन्छ । त्यसैले संसदीय निर्वाचनको उपयोग वा बहिस्कारको सन्दर्भमा लेनिन्को अनुभव समृद्ध छ । लेनिन् (बोल्सेभिक पार्टी) ले सन् १९०५ मा दूमा (संसद) को बहिष्कारबाट बोल्सेभिक पार्टीलाई महत्वपूर्ण अनुभव भएको बताउनु भएको छ । कार्यनीतिको दृष्टिले कुनै परिस्थितिमा उपायोग र अर्को कुनै परिस्थितिमा बहिष्कार आवश्यक र फाइदाजनक हुने कुरा आफ्नो पुस्तक ‘वामपंथी कम्युनिस्ट– एक बालरोग’ मा बताउनु भएको छ । लेनिन भन्नुहुन्छ, “.... अनुभवहरुलाई अन्धता र नक्कल गरेसरह सोचविचार नगरी एकदमै फरक परिस्थितिहरु र फरक स्थितिमा लागु गर्नु ठूलो गल्ती हुन्छ । 

नेपालको आजको सन्दर्भमो विगतको भन्दा भिन्न कार्यनीति आवश्यक छ जसले् हाम्रो रणनीति वा वैज्ञानिक समाजवादलाई स्थापना गर्ने उद्दमेश्यमा मद्दत गरोस् । त्यो कार्यनीति भनेको तात्कालिक अवश्थामा चुनाव प्रयोगको कार्यनीति हो ।

हाम्रो पार्टीको स्पष्ट धारणा छ । शासक वर्गले कहिल्यै पनि स्वेच्छाले राज्यसत्ता छाड्दैन । चरम भन्दा चरम संकटको घडीमा पनि धक्का नदिई पुरानो सत्ता ढल्दैन । त्यसैले वैज्ञानिक समाजवाद सजिलै प्राप्त हुने विषय होइन । त्यति मात्र होइन स्थितिहरुको सही र ठोस विश्लेषण गर्दै कार्यनीतिक शृङ्खलाहरु तयार गर्न सकेन भने पनि राणीतिक लक्ष्य प्राप्त गर्न सकिदैन । हामीले कसरी रणनीतिक उद्देश्य प्राप्त गर्ने भन्ने हिसाबले केन्द्रीय विषय बनाउनु पर्दछ । त्यसो गर्दा परिस्थिति अनुरुप सजिलो गरी पाइला चाल्न सकिन्छ । अगाडि बढ्दा दायाँ वा वायाँ, तलमाथि गर्न सक्नुपर्दछ । यही हुनुपर्छ वा यही हुनु हँदैन (चनाव प्रयोग वा बहिस्कार) दुबै सोच राख्नु हुँदैन । यो गलत हुन्छ । हाम्रो पार्टीको अहिले पनि दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य लक्ष्य रहेको छ । यो उद्देश्य पुरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशाको मार्ग तयार गरेको छ । 

यतिबेला प्रतिक्रियावादी दलाल सत्ता चरम संकटमा परेको छ । हाम्रो पार्टी, विचार र नेतृत्व वैकल्पिक शक्तिको रुपमा खडा भएको छ । हाम्रो पार्टीले भनेको छ, दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हो । त्यसलाई प्राप्त गर्ने मुल कार्यनीति प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद हो । पात्र र पार्टी छान्ने चुनाव होइन, व्यवस्था छान्ने चुनाव गराउने हाम्रो मान्यता हो । कार्यनीतक रुपमा पार्टीको मुल कार्यनीति हुँदाहुँदै पनि तत्काल हाम्रो अगाडि स्थानिय चुनाव आएको छ । त्यसैले स्थानिय चुनावलाई प्रयोग गर्ने कार्यनीति पार्टीले अगाडि सारेको छ । स्थानिय चुनावबारे महासचिव भन्नुहुन्छ ‘ दलाल संसदीय व्यवस्था बाट नै सबै चिज प्राप्त गर्न सकिन्छ यो नै जनताको व्यवस्था हो र यसलाई नै सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता होइन । यो मान्यता राख्नु सुधारवाद हो ।’ 

स्थानिय चुनाव प्रयोगको मर्मलाई निम्न बुँदामा संश्लेषण गर्न सकिन्छ ।

१.पार्टीले राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा रहेर नेतृत्व प्रदान गर्न सक्ने ।

२. राष्ट्रियता, ःऋऋ विराधी मुद्धाको मुख्य नेतृत्व गरेर वृहत राष्ट्रवादी मोर्चा निर्माण गर्ने र कम्युनिष्ट क्रान्तिकारीहरुको केन्द्र निर्माण गर्ने सम्भावना रहने ।

३. पार्टी सङ्गठनलाई तल्लो तहसम्म पु¥याएर फराकिलो र सुदृढ बनाउने ।

४. हाम्रो विचार र राजनीतिलाई स्थापित गर्दै क्रान्तिकारी धार खडा गर्ने ।

५ स्थानिय निर्वाचनलाई एक सङ्घर्षको मोर्चाको रुपमा लिने ।

६. जनतालाई हाम्रो पार्टी र विचार वरीपरी गोलबन्द गर्न सकिने । 

७. पार्टीले भनेको पाँच आधारको निर्माण गर्न सकिने ।

स्थानिय चुनावको प्रयोगको विषयलाई बुझ्दा समग्रतमा बुझ्नु पर्दछ । मालेमावादी विचार, रणनीतिक उद्देश्य, उत्पन्न परिस्थिति र मुल कार्यनीतिको समग्र शृङ्खलाको रुपमा बुझ्नु पर्दछ । यसलाई विशुद्ध कार्यनीतिक रुपमा लिनु पर्दछ । रणनीतिक विषय बनाउनु हुँदैन । तर कार्यनीतिको उद्देश्य रणनीतिक लक्ष्यसँग जोडिएको हुन्छ । हाम्रो सन्दर्भमा भन्दा क्रान्ति सम्पन्न गर्ने उद्देश्यसँग यसको सम्बन्ध रहेको छ । हाम्रो पार्टीले मालेमावादी विचार अवलम्बन गर्दै आएको छ । साथै नेपाली विशेषतामा एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गर्दै सफलतातिर अगाडि बढिरहेको छ । यसलाई यान्त्रिक ढङ्गले अनुभवको आधारमा र जड सुत्रीय तरिकाले बुझ्न खोज्दा न त क्रान्तिको बाटो, नत कार्यनीति र रणनीतिलाई बुझ्न र देख्न नै सकिन्छ । जसको परिणाम हातमा लाग्यो शून्य हुन्छ । चुनाव प्रयोगको कार्यनीतिलाई मोलेमावादी विचार, विकसित कार्यदिशा र रणनीतिक उद्देश्यसँग जोडेर हेर्नुपर्छ र जोड्नुपर्छ । तब मात्र यो कार्यनीति वस्तुवादी र सहि देख्न सकिन्छ । साथै पार्टीले सोचेको परिणाम ल्याउन सकिन्छ । हाम्रो विचार, पार्टी र नेतृत्व सहि छ । हाम्रो लक्ष्य र उद्देश्य स्पष्ट छ । क्रान्तिको मार्ग स्पष्ट ढङ्गले कोरिएको छ । यो कार्यनीतिले कुनै पनि हालतमा क्रान्ति विरोधी शक्ति र सत्ताको सेवा गर्ने छैन । तसर्थ, अन्ततः राष्ट्र मुक्त हुनेछ, जनता मुक्त हुनेछ ।




Share Your Thoughts