चुनावी कार्यनीतिको बहस : भ्रम र यथार्थ


अगर बत्ती

Dharana    

access_time 01 May 2022

रामलाल बिश्वकर्मा

नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनमा भाग लिने विषयलाई लिएर अहिले व्यापक बहस छ । यस बारे पार्टी पंक्ति र बाहिर, आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी भैरहेको छ । यसै विषयलाई लिएर कञ्चन र सुदर्शनलाई पदमुक्त गर्नु पर्ने अवस्था सृजना भयो । यही सेरोफेरोमा यहाँ सामान्य चर्चा गर्ने जमर्को गरिएको छ ।

चुनावी कार्यनीति बारे

कार्यनीति बारे लेनिनले “के गर्ने” र “वामपन्थी कम्युनिष्ट एक बालरोग” रचनामा चर्चा गर्नुभएको छ । त्यसको सारतत्व ठोस परिस्थितिको ठोस विश्लेषण नै हो । अर्को शब्दमा भन्नु पर्दा समय र तत्कालीन परिस्थितिले कार्यनीतिको निर्धारण गर्दछ । रणनीतिक रुपमै संसदीय निर्वाचन बाट वैज्ञानिक समाजवाद ल्याउने कुरा गरियो भने त्यो संशोधनवाद र संसदवाद हुन्छ तर संसदवादको भण्डाफोर गर्न, वैज्ञानिक समाजवादको प्रचार गर्न, जनसेवा गर्न र क्रान्तिलाई अन्तिम विजयमा पुगाउन विविध तयारी गर्नका लागि निर्वाचनलाई कार्यनीतिक रुपमा प्रयोग गरिन्छ भने त्यो क्रानितकारी र माक्र्सवादी हुन्छ ।

संसदीय निर्वाचन प्रयोग बारे कम्युष्टि आन्दोलनमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रयोग र बहिष्कार गरिएका दुबै प्रकारका अनुभव छन् । प्रचार गर्ने, भण्डाफोर गर्ने र जनसेवा गर्ने उद्देश्यले संसदीय चुनावमा भाग लिने गरिन्छ । चुनावमा भाग लिदैमा सुधारवादी र बहिष्कार गर्दैमा क्रान्तिकारी हुने कुरा होइन । समान्तर सत्ता निर्माण र रक्षार्थ चुनाव प्रयोग गरिए क्रान्तिकारी हुन्छ तर पुरानै सत्तामा विलय र सहयोगी भएर गए संशोधनवाद हुन्छ । पार्टीको विचार र राजनीति सही छ भने चुनाव उपयोग गरेपनि बहिष्कार गरेपनि तात्विक असर पर्दैन । के गर्दा रणनीतिलाइ्र्र सेवा पुग्छ भन्ने हो । लेनिन भन्नु हुन्छ, “हामी कम्युनिष्टहरु पँुजीवादी संसदमा के अर्थमा जान्छौं भने पुँजीवादी मञ्चबाट नै श्रमिक तथा उत्पीडित जनतालाई ठग्ने भ्रष्ट पँुजीवादी तत्वहरुलाई भित्र र बाहिर दुवैतिरबाट नाङ्गो पार्न सकियोस ।” अष्ट्रियाली कम्युनिष्ट पार्टीले आफ्नो देशमा एउटा मञ्चको रुपमा मजदूरहरुको परिषद रहेकाले आफूहरुले प्रचारका लागि संसदीय निर्वाचनमा भाग लिन नपर्ने तर जहाँ यस्तो अवस्था छैन त्यहाँ चुनावमा भाग लिन सकिने तर्क बारे एकपटक लेनिनले भन्नुभएको थियो, म यो तर्क बेठिक मान्छु, जबसम्म हामी पुँजीवादी संसद भङ्ग गर्न असमर्थ हुन्छौं, तबसम्म त्यसको भित्र र बाहिर दुवैतिरबाट प्रचार गर्न आवश्यक छ । जबसम्म श्रमिक जनतालाई मुठ्ठीभर पँुजीपति वर्गको सम्मानित संस्था संसदबाट श्रमिक वर्गलाई ठग्न प्रयोग गर्छन् , त्यसप्रति जनताको सानो हिस्साले भएपनि बिश्वास गर्छ, हामीले तिनै मञ्चबाट उनीहरुको भण्डाफोर गर्नुपर्दछ । संसदीय व्यवस्थाको भण्डाफोर, समाजवादमा पुग्ने रणनीतिक उद्देश्यको प्रचार र श्रमिक तथा उत्पीडित जनतालाई थोरै भएपनि सेवा गर्ने उद्देश्यले कार्यनीतिक रुपमा संसदीय निर्वाचनलाई प्रयोग गर्न सकिन्छ र गर्नुपर्छ । यसले पार्टी र क्रान्तिलाई हित गर्दछ । तर पुरानो सत्तामा जाँदा रणनीतिक रुपमा जाँदा बिग्रन्छ । जर्मन, अष्ट्रियाली, रुसी कम्युनिष्ट पार्टीहरुले निर्वाचनलाई कार्यनीतिक रुपमा उपयोग गरे फाइदा भयो । तर फ्रेन्च, इन्डोनेसिया, चिलीमा पुँजीवादी संसद र चुनावबाटै क्रान्ति गर्ने उद्देश्यले चुनावलाइ रणनीतिक रुपमा उपयोग गर्दा पार्टी र क्रान्तिलाई क्षति भएको छ । अध्यक्ष माओले चीनमा संसदीय व्यवस्था हुन्थ्यो भने हामी भाग लिन्थ्यौं भन्नुभएको प्रसङ्ग स्मरणीय छ । चीनमा माओले च्याङकाइसेक सङ्गको वार्तामा चुनावमा भाग लिने तर आधार इलाकामा आफैले निर्वाचन गराउने बताउनु भएको थियो तर वार्ता असफल भएकोले निर्वाचनको बहस नै अन्त्य भएको थियो ।

चुनाव उपयोग बारे नेपालको सन्दर्भमा यहाँको आफ्नै अनुभव छ । नेपाल कम्युनिष्ट पार्टीले विसं। २०१५ सालको आम निर्वाचनमा भाग लिएर ४ वटा सांसद संसदमा पठाएको थियो । त्यसैगरी काठमाण्डौंको मेयर पदमा जितेको थियो । यसैगरी विसं। २०४८ सालमा तत्कालीन नेकपा९एकता केन्द्र० संसदीय निर्वाचनमा गयो । २०६४ सालमा पार्टीले संविधानसभा निर्वाचनमा भाग लियो । २०७१ को दोश्रो संविधानसभा र २०७४ को संसदीय निर्वाचनलाई बहिष्कार गरेको अनुभव छ । र अहिले फेरी प्रयोगको कार्यनीतिमा अगाडि बढेका छौं । निर्वाचित भएका केही मानिसहरु यताउता भएपनि नेपालमा कम्युनिष्ट पार्टी संसदीय निर्वाचन उपयोग–बहिष्कार–खारेज–प्रयोग–भण्डाफोर सबैमा सफल भएको देखिन्छ ।

लेनिनको नेतृत्वको रुसी कम्युनिष्ट पार्टीले सन् १९०५ सम्म रुसी संसद९दुमा० को बहिष्कार गरेको थियो । सन् १९०५–१९०७ बीचको जनविद्रोह असफल भएपछि रुसी कम्युनिष्ट पार्टीले दुमाको निर्वाचनमा भाग लियो । रुसी कम्युनिष्ट पार्टीले त्यसपछि कहिल्यै बहिष्कार गरेन ।

१२ औं पूर्ण बैठकमा भएको निर्णय

पार्टीको १२ औं पूर्ण बैठकले सर्वसम्मत पास गरेको राजनीतिक प्रस्तावमा स्थानीय निर्वाचन बारे निम्न कुरा लेखिएको छ ।

“यसरी विचार गर्दा यो पटकको स्थानीय चुनावलाई पार्टी दर्ता गरेर उपयोग गरिने छैन् तर एमसीसी एवं एवं राष्ट्रघात विरोधी प्र्रतिनिधिहरुलाई सहभागी बनाउने र सहयोग गर्ने नीति लिनु उपयुक्त हुनेछ । यसो गर्दा पनि संसदीय व्यवस्थाको राष्ट्रघाती, जनघाती चरित्रको भण्डाफोर गर्न र वैज्ञानिक समाजवादको अपरिहार्य आवश्यकता माथि जोड दिनु पर्दछ ।” यो बँुदाले स्पष्ट गर्छ कि पार्टीको चुनाव सम्बन्धी नीति चुनावमा भाग लिने कि नलिने भन्दा भाग लिने हो । तर पार्टी दर्ता गरेर पार्टीको प्रतिनिधिको हैसियतले होइन । पार्टी प्रतिनिधिहरुलाई स्वतन्त्र हैसियतले उम्मेदवारको रुपमा निर्वाचनमा सहभागी गराउने निर्णयको सार हो । साथै पार्टीका शुभचिन्तक वा एमसीसी एवं राष्ट्रघात विरोधी स्वतन्त्र र जनपक्षीय व्यक्तिलाई पनि सहभागी गराउने तथा सहयोग गर्ने भन्ने हो । बहिष्कार वा सहभागी नगराउने भन्ने होइन । जुन–जुन ठाउँमा चुनावमा सहभागी गराइएको छैन् त्यो अहिलेको कार्यनीति र पार्टी निर्णय विपरित छ । जहाँसम्म पार्टीका जिम्मेवार नेतृत्व जस्तै सिसिएम, डिसिएस वा विशेष कमीटी सदस्य आदिलाई निर्वाचनमा उम्मेदवार बनाउने कि नबनाउने भन्ने प्रश्न छ यस बारे कसलाई पठाउने वा नपठाउने वा राजीनामा दिएर उम्मेदवार हुने भन्ने बारे लिखित कुनै निर्णय भएको छैन् । उम्मेदवारी पार्टीको हैसियतले नदिने तर स्वतन्त्र हैसियतले दिने भनेको हो । भण्डाफोर गर्ने भनेको चुनावको होइन बरु संसदीय व्यवस्थाको राष्ट्रघाती एवं जनघाती चरित्रको हो त्यो पनि चुनावमा भागलिएरै भण्डाफोर गर्ने भनेको हो । एकमतले पारित भएको चुनावलाई प्रयोग गर्ने कार्यनीतिलाई केही जिल्लाले कार्यान्वयन नगरेर अहिलेको निर्णयको उल्लंघन गर्नुभएको छ । र कुतर्क गरिरहनु भएको छ कि चुनावलाई प्रयोग गर्न सकिनेछ भनेर जबकि दस्तावेजमा स्पष्ट किटान गरि लेखिएको छ कि प्रतिनिधिहरुलाई सहभागी बनाउने र सहयोग गर्ने भनेर । लामो छलफल पश्चात अन्ततः यो महासचिवको अहिलेको चुनावलाई प्रयोग गर्ने कार्यनीति नै सर्वसम्मत पास भएको हो । मात्र प्रक्रियामा मिलाइएको हो । पार्टी दर्ता गरेर नगर्ने बरु स्वतन्त्र हैसियतमा सहभागी बनाउने र सहयोग गर्ने । कुनैपनि कार्यनीति बनाइसके पछि त्यसलाई कडाइपूर्वक लागू गर्नुपछ । लागू गरेपनि हुने नगरेपनि हुने भन्ने हँुदैन । जो साथीहरुलाई यस्तो लागिरहेको छ त्यो पार्टीको कुरा होइन उहाँहरुको मनमा लागेको मनोगत कुरा हो । जहाँसम्म सिसिएम वा अन्य जिम्मेवार कमरेडहरुलाई चुनावमा उम्मेदवार बनाउने कुरा छ त्यो स्वभाविक कुरा हो किनकि चुनावमा उठाउँदा जित्न सकिने ठाउँमा जसलाई पठाउँदा जितिन्छ उसैलाई पठाउनु पर्छ । अन्यथा लागू नहुने कार्यनीति बनाउनुको के अर्थ ।

सशस्त्र बहिष्कार गर्दा अहिले कार्यदिशा र जनमतसंग्रहको मूल कार्यनीति प्रतिकूल हुन्छ । निश्क्रिय बहिष्कारले जनताबाट कटाउँछ । अहिले निर्वाचनलाई प्रयोग गर्ने कार्यनीति नै सही हुन्छ किनकि लेनिनले भनेझै भित्र९सत्ता० बाट र बाहिर९संघर्ष० दुवैतिर र सबै मोर्चाबाट दलाल पँुजीवादका विरुद्ध प्रहार गर्नुपर्नेछ भन्ने पार्टीको निश्कर्ष हो ।

पार्टीको मूल कार्यनीति प्रगतिशील संयुक्त सरकार र त्यसको नेतृत्वमा वैज्ञानिक समाजवादका लागि जनमतसंग्रहको निर्वाचन हो । राष्ट्रिय स्वाधिनताको लागि संघर्ष र भ्रष्टाचार, महङ्गी, सामाजिक विकृति र जनजिविकाको विषयमा जनसंघर्ष गर्ने कार्यनीतिलाई पनि जारी राख्ने भन्नेछ । हामी अहिले तत्कालीन अवस्थामा निर्वाचन प्रयोगको कार्यनीतिमा छौं । अहिले एकैपटक दुई वा सो भन्दा बढी कार्यनीतिहरु एकैपटक लागू गर्नुपर्ने अवस्था देखिएको छ ।

एमसीसीको माध्यमबाट अमेरिकी साम्राज्यवादले नेपालका दलालहरुलाई कब्जामा लिएर देशै कब्जा गरेको आजको विसम परिस्थितिमा राष्ट्रिय स्वाधिनता अथवा राष्ट्रिय मुक्ति आन्दोलनको विषय प्रधान बनेर आएको छ । यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय मोर्चा बनाउनु पर्ने, सबैक्षेत्रका देशभक्त, इमान्दार कम्युनिष्ट, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध गरेर नेतृत्वदायी भुमिका खेल्न, विशेषगरि शहरका मध्यमवर्गलाई साथमा लिएर क्रान्तिको बाँकि तयारी पूरा गर्न र आम जनतालाई हाम्रो पार्टीको वरिपरि गोलबन्द हुन सजिलो माध्यम र बाटो बनाउनका लागि अहिले चुनावी कार्यनीति प्रयोग गर्दा सहज वातावरण हुन्छ भनेर यो कार्यनीति अगाडि सारिएको हो ।

पार्टीमा देखापरेको बहस र अनुशासन

अहिले चुनावी कार्यनीतिको विषयलाई लिएर हाम्रो पार्टी भित्र र बाहिर व्यापक बहस भइरहेको छ । कुनैपनि विषयमा बहस हुनु राम्रो कुरा हो । स्वच्छ बहसले पार्टीलाई जिवन्त बनाउँछ । तर अहिले चलिरहेको बहसले पार्टीको लेनिनवादी सिद्धान्त, मूल्यमान्यत र न्यूनतम अनुशासनलाई पनि कायम राख्न सकेन । पार्टी नेतृत्वले अघि सारेको प्रस्तावमा चित्त नबुझ्न सक्छ । फरक मत पनि राख्न सकिन्छ , फरक दस्तावेज नै ल्याउन सकिन्छ । आवश्यक परेमा विस्तारित बैठक, राष्ट्रिय भेला वा सम्मेलन अथवा विशेष महाधिवेशन नै माग गर्न सकिन्छ । यस प्रकारको तरिकाले पार्टीलाई सही दिशा तिर लान्छ । कहीं कतै बिग्रिन लागेको रहेछ भनेपनि यो विधिले पार्टीलाई सुध्रिने मौका दिन्छ । यो रचनात्मक तरिकका हो । तर यहाँ यि कुनै पनि विधि र प्रक्रिया विपरित केन्द्रीय समितिको बैठक श्ुरु हुनुभन्दा अगाडि देखि गुटबन्दी गर्ने, पार्टीको गोपनियता सार्वजनिक गर्ने, बैठक हँुदै गर्दा त्यहाँका सम्पूर्ण विषयवस्तु बंग्याएर सार्वजनिक गर्ने, बैठक सकिने बित्तिकै निर्णय विपरितका कुराहरु सामाजिक सञ्जाल, अनलाईन र टेलिभिजनको माध्यमबाट सार्वजनिक गर्ने, पार्टीको दस्तावेज समेत दुश्मनलाई बुझाउने, सार्वजनिक मिडियाको माध्यमबाट पार्टीको नेतृत्व र नीतिको भण्डाफोर गर्ने, पार्टी नेतृत्वलाई हुँदैनभएका आरोप प्रत्यारोप र गालीगलौज गर्ने काम भयो जसले कुनैपनि मानेमा पार्टी र क्रान्तिको हित गर्दैन । यो ध्वंसात्मक तरिका हो यसले पार्टीलाई ठूलो क्षती गर्छ र गरेको छ । पार्टी र क्रान्ति प्रति अलिकति पनि माया भएको व्यक्तिले यस्तो गर्न सक्दैन् । यो सामान्य गल्ती मात्रै होइन, अपराध हो । ठिकै छ केही साथीहरुलाई लागेको छ कि चुनावी कार्यनीतिले संसदवादी भइन्छ भनेर वा पार्टीको मूल नेतृत्व संसदवादी भयो भनेर । के कुनै नीति वा नेतृत्व रातारात सिद्धिन्छ र, केही समय लाग्ला त । अलिकति पनि धैर्य गरेर बहसलाई मर्यादित र पार्टीको आन्तरिक मामिला बनाउन नसक्ने, पार्टीको विषयलाई चौराहमा लगेर निलाम गर्ने साथीहरुको चरित्र र तरिका हेर्दा यो अस्वभाविक र शंकास्पद छ । कम्युनिष्ट पार्टी विचार, पद्धति र अनुशासनमा चल्ने गर्छ । कहिले काँहि यसमा समस्या आयो भने त्यसको लागि हाम्रा गुरुहरुले विधि बनाएका छन् जसलाई हामीले लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भन्छौं । फरक विचारलाई पार्टी आन्तरिक पंक्तिमा प्रक्रियागत रुपमा राख्न सकिन्छ तर यति हँुदाहुँदैपनि बहुमतले गरेको निर्णयलाई फरक विचार राख्नेले पनि कडाईपूर्वक लागू गर्नुपर्दछ नत्र त्यो अनुशासनको विषय बन्छ । कहिले काँहि फरक विचार राख्नेले आवश्यक परेमा सार्वजनिक रुपमा पनि आफ्नो विचार राख्न पाउँछ ९आरोप र गालीगलौज होइन० त्यसको विषयवस्बतु र विधिप्रक्रिया बारे निर्णय गरेर मात्रै । अझ यहाँ त कुनै अल्पमत बहुमत नै भएको छैन् । सर्वसम्मत निर्णय भएको हो । पार्टी चुनावमा जाँदा बिग्रिन्छ कि, संसदवादी भइन्छ कि, क्रान्तिलाई धोका हुन्छ कि भनेर इमान्दारितपूर्वक चिन्ता र चासोका साथ आवाज उठाउने साथीहरु प्रति सम्मान छ तर पार्टी र क्रान्तिको चिन्ता भन्दा पनि निहीत स्वार्थको ढाकछोपका लागि नियोजित र परिचालित भएर पो कतिपय यसप्रकारका पार्टी ध्वस्त बनाउने गतिविधि भैरहेका छन् कि भन्ने शंकालाई बल दिन्छ ।

आगामी बाटो

आज विद्रोही क्रान्त्किारी वैकल्पिक शक्ति मध्यमा हाम्रो पार्टी र यसको नेतृत्व नै अग्रपँक्तिमा रहेको छ । एमसीसी विरुद्धको आन्दोलन सम्म आइपुग्दा हाम्रो पार्टी र यसको मूल नेतृत्व क। विप्लव राष्ट्रिय–अन्तराष्ट्रिय चर्चाको विषय बन्नुभयो । देशभक्त र परिवर्तनकारी जनताको नजरमा हाम्रो पार्टी र यसको नेतृत्व आशा र भरोसाको केन्द्र बन्यो । अमेरिकी साम्राज्यवादलाई सिधा टक्कर दिने मध्यमा हाम्रो पार्टी र यसको नेतृत्व अग्रपंक्तिमा उभिए पछि हाम्रो पार्टी र यसको नेतृत्वलाई बदनाम र कमजोर नबनाइकन वा समाप्त नगरिकन साम्राज्यवादी र प्रतिक्रियावादी दलालहरुको उघद्देश्य पूरा नहुने भयो । हाम्रा विरुद्धको षडयन्त्र जारी रहँदै गर्दा पार्टीभित्रको यो गुटवाद, सांगठनिक तथा आर्थिक अराजकता, फुटवाद र जडसूत्रीय अवसरवाद वैचारिक–राजनीतिक कलेवरमा देखापर्यो । अहिले हाम्रो पार्टीले चुनावमा भाग लिने नयाँ कार्यनीति बारे पार्टी पँक्तिमा र एकहदसम्म जनतामा पनि बुझाइको अस्पष्टता रहेको छ । एउटा तप्काले पार्टी भित्र छलफल नगरेर सडकमै विषयवस्तु अराजक ढङ्गले छताछुल्ल बनाउनुको कारण अहिले बाहिर भित्र बुझाईमा भ्रम भएको बेला धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर हो ।

आजको हाम्रो पार्टी र एकिकृत जनक्रान्तिको कार्यदिशा हाम्रो पार्टीका महासचिव क। विप्लवको नेतृत्वमा हामी सबैले निर्माण गरेका हौं । हाम्रो विगतको पार्टी जीवन, विचार र व्यवहारलाई हेर्दा यती सजिलै फेरी क्रान्तिको बाटो छोडेर पार्टी संसदीय भासमा जान सक्दैन र दिइदैन् । कमरेड विप्लवको विगत, उहाँको विचार र जीवन व्यवहारलार्इा हेर्दा पनि त्यो कहीं कतै बाट पुष्टि हँुदैन् । आधारहीन शंकाको त कुनै उपचार छैन र हँुदैन् । कुनैपनि पार्टी र त्यसको नेतृत्व बिग्रिनै सक्दैन र त्यसको विकल्प दिर्घकालमा जाँदा हुन सक्दैन भन्ने होइन । तर, समकालीन क्रान्तिकारी कम्युष्टि राजनीतिमा आजको विकल्प हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्व क। विप्लव नै हो भन्ने कुरा आम रुपमा स्थापित भैसकेको विषय हो । आज हाम्रो पार्टीलाई वाम र दक्षिण दुबै कोणबाट सिध्याउने षडयन्त्र भैरहेको छ । एकातिर हामीलाई जनताबाट कटाएर छापामार युद्धमा लगेर सिध्याउने र अर्कोतिर हामीलाई संसदवादी भए भनेर वैचारिक रुपमा सिध्याउने कोशिश हँुदैछ । हामीले पार्टीलाई यि दुबै अतिबाट बचाएर क्रान्ति सम्पन्न गर्नुछ । त्यसैले हामीले एकिकृत जनक्रान्तिको कार्यदिशा अघि बढाएका हौं । यो रुसको सशस्त्र विद्रोह, चीनको दिर्घकालीन जनयुद्ध वा नेपालकै दश वर्षे जनयुद्ध भन्दा फरक हो । यो क्रान्ति कार्यदिशा अहिलेसम्म कहीं कतै प्रयोग नभएको हँुदा पुरानो आँखाले हेर्दा बुझिंदैन । यसलाई हामीले गर्दै सिक्दै पनि छौं । त्यसैले धेरै साथीहरुले क्रान्तिको सरल कार्यनीतिलाई त बुझ्छन तर कतिपय घुम्ती र मोड आउँदा भने भ्रमित हुन्छन् । यो स्वभाविक पनि हो किनकि सबैले एउटै गतिमा विषयलाई बुझछन् भन्ने हँुदैन् ।

यसप्रकारका ठूलठूला अन्र्तसंघर्ष र वर्गसंघर्षको प्रक्रिया बाट नै पार्टी निर्माण हुने गर्दछ । अहिले चुनावी कार्यनीति सम्बन्धी बुझाइमा दुई प्रकारका प्रवृत्तिहरु रहेका छन् । एउटा अहिलेको विकसित वस्तुगत परिस्थिति र समयको आवश्यकताको माग, दोश्रो एकिकृत जनक्रान्तिको कार्यदिशा अन्तर्गत कार्यनीतिक श्रृंखलालाई बुझ्न नसक्दा र सार्वजनिक रुपमा षडयन्त्रमूलक तरिकाले गरिएको भ्रमपूर्ण प्रचारबाट भ्रमित भएर । र अर्को हाम्रो पार्टी, एकिकृत जनक्रान्तिको कार्यदिशा र नेतृत्वलाई समाप्त गर्न योजनाबद्ध लागिरहेको प्रवृत्ति । इमान्दर तर भ्रमित पंक्तिलाई स्पष्ट गरि अघि बढ्न सकिन्छ तर जानी जानी पार्टी, क्रान्ति र नेतृत्वका विरुद्ध लागेको प्रवृत्ति बाट सचेत हुनुपर्दछ । र कमरेड महासचिव लगायत हामी सबैले आ–आफ्नो ठाउँबाट पार्टी, क्रान्ति र नेतृत्व विरुद्ध छरिएका भ्रमलाई कुशलतापूर्वक साफ गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सक्षम हुनैपर्छ । हाम्रो विचार, वैज्ञानिक समाजवाद प्राप्त गर्ने हाम्रो लक्ष र क्रान्तिकारी व्यवहार सही भएसम्म कुनैपनि भ्रम र चुनौतीले हामीलाई कमजोर बनाउन सक्दैन् । पार्टीको मूल नेतृत्वको वरिपरि एकिकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द भएर अघि बढौं । हाम्रो जीत सुनिश्चित छ ।


लेखक स् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य हुन्।



Share Your Thoughts