रुकमांगदलाई कार्वाही गर्न बाबुराम र बादलले उक्साएको प्रचण्डबाट खुलासा


अगर बत्ती

Dharana    

access_time 21 Apr 2022

काठमाडौं  /  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सेनापति रुकमांगद कटुवाललाई पार्टीकै दुई वरिष्ठ मन्त्रीहरु डा बाबुराम भट्टराई र रामबहादुर थापा बादलको दबाबमा स्पष्टीकरण सोधेको बताएका छन्। त्यतिबेला अर्थमन्त्री र रक्षामन्त्री रहेका उनीहरुले `ठोक् ठोक्´ भनेर दबाब दिएको प्रचण्डको भनाइ छ। 

पार्टी प्रवेश कार्यक्रमका लागि कैलालीमा आयोजित कार्यक्रममा उनले भने( `रुकमांगद कटवाल तीन महिनापछि त्यसै जानेवाला थियो। दायाँतिर बादल र बायाँतिर बाबुराम। ठोक् ठोक् भन्छन् जतिबेला पनि। रक्षामन्त्री बनाएकोले पनि ठोक् ठोक् भन्छ। अर्थमन्त्री पनि यसलाई ठोकिहालौँ भन्छन्। म अलिअलि ुलाटोसोझोु पनि छु के वास्तवमा। म मात्रै के कम भनेर ठोकिदिइहालेँ। त्यसपछि त केको हुन्थ्यो, मेरै प्रधानमन्त्री गयो।´

प्रचण्डले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु जस्तै कटुवाललाई कारबाही गर्नु पनि गल्ती नै भएको स्वीकारे। उनले त्यतिबेला नेताको हैसियतले जनयुद्धमा जसरी निर्णय लिन नसकेको जनाए। जनयुद्धमा जस्तै ुहुन्नु भन्न सकेको भए आज यो देश अर्कै हुन्थ्यो भन्ने प्रचण्डको भनाइ छ।

प्रचण्डले बाबुरामको नाम नलिइ उनलाई प्रधानमन्त्री बन्ने हतारोले पनि आफूमाथि दबाब बढाएको बताए। ुत्यतिबेला रुकमांगदलाई ठोक् ठोक् भन्नेको पछाडि कतिपय साथीहरुलाई प्रधानमन्त्री बन्ने हतारो रहेछ भन्ने बल्ल बुझेँ मैलेु, प्रचण्डले खुलासा गरेका छन्  भने।



Share Your Thoughts