स्थानीय तह निर्वाचन जनता ठग्ने प्रमाणपत्र पाउने माध्यम मात्र हो !


अगर बत्ती

Dharana    

access_time 08 Apr 2022

— रिदेन महर्जन 

देशमा दलीय स्वतन्त्रता सुरु भएपछि सर्वप्रथम नेपाली कांग्रेसले बहुमतको सरकार बनाएको थियो । नेपाली कांग्रेसले देशमा रहेका सबै उद्योगहरु विक्री गरेर खायो । देशलाई कंगाल बनायो, देशलाई विदेश निर्भर बनायो, देशका युवाहरुलाई बेरोजगार बनायो । त्यसैले नेपाली कांग्रेसले देश र जनताको हितमा काम गर्न सक्दैन भन्ने कुरा स्पष्ट हुन्छ । अझ जोड दिएर भन्ने हो भने नेपाली कांग्रेसले देश र जनताका लागि काम गर्न नै चाहँदैन भनेर ठोकुवा गर्न सकिन्छ । त्यसैगरी कम्युनिष्ट आवरणका पार्टीहरुले त झन दुई तिहाई निकटकै बहुमत प्राप्त गरेर साढे तीन बर्षसम्म शासन गरे । तर पनि देश र जनताले केही पाएन । बरु कांग्रेसकै जस्तो भ्रष्टाचार र बेथितिको निरन्तरता कम्युनिष्ट नामधारी सरकारबाट भईरह्यो । त्यसैले अब हुने चुनावले नेपाली जनतालाई के देला ? यो नेपाल राष्ट्रलाई के देला ? जनताको मन मष्तिष्कमा यस्ता प्रश्न उठ्नु स्वाभाविक हो । 

अहिले नेपालभर स्थानीय तहको चुनावको वातावरण सुरु भएको छ । स्थानीय तहको  चुनाव भएपछि गाउँ गाउँमा सिहं दरवार पुग्छ भनिएको थियो । तर पाँच बर्षसम्म सिंहदरवारको भ्रष्टाचार बाहेक गाउँमा अरु केही पुगेन । यी शब्दहरु मैले भनिरहेको छैन, गाउँका जनताले भनिरहेका छन् । 

स्थानीय निकायको चुनावले नयाँ नेतृत्व चुन्ने हो । तर नयाँ नेतृत्व भनिए पनि  पुरानै अनुहारका भ्रष्टाचारीहरु दोहोरिने बाहेक बिकल्प छैन । त्यसैले गर्दा जनतामा चुनावप्रति आकर्षण देखिएको छैन ।  जताततै चुनावकै हल्ला चलेको  छ, फलानो पार्टीबाट फलानो नेता उठ्दैछ  भने चर्चा छ । प्रायः जसो चुनाव नेपाली जनतालाई ठग्ने एउटा माध्यममात्रै बनेको छ भन्दा केही फरक नपर्ला ! देश र जनताको लागि घातक मानिएको राष्ट्रघाती एमसीसी सम्झौता पारित गराएर सिधा साधा, अनपढ, गरिब जनतालाई भूmठा आश्वासनको खेती गर्न माहिर नेताहरु अझै पनि जनतामा भ्रम पैmलाउने प्रयास गरिरहेका छन् । यस तर्पm होशियार बन्नैपर्छ । विगतका स्थानीय तहको निर्वाचनले जनतालाई के दियो भन्ने प्रश्न अहिले सबैभन्दा अहम् प्रश्न हो ।  

नेपाल अहिले मंहगीले थलापरेको छ । नेपाली जनताको चूलो नबल्ने खतरा विकसित भइरहेको छ । नेपली जनताको जीवनस्तर खस्कँदो छ । तर  नेताहरुको जीवनस्तर जनताको पहुँचभन्दा धेरे माथि सामन्ती धरातलमा पुगीसकेको छ ।  यस बिषयसमा कुनै पनि राजनितिक दल वा दलका नेताहरुको ध्यान जान सकेको छैन । जति—जति चुनाव नजिकिदै राजनीतिक दलका नेताहरुमा आपसमा गठबन्धन गरेर अभैm जनता लूटने योजना बनेका हुन्छन् । जनताले पार्टीहरुका नीतिलाई मत हाल्न पाउने अवस्था समाप्त भएको छ । जसरी पनि विजयी हुनैपर्ने नेताहरुको योजना भइरहेको छ । नीति र नैतिकता नेताहरुमा समाप्त भएको छ । जनताले भ्रष्टाचारीलाई नै मत दिएर जनप्रतिनिधि बनाउन बाध्यता छ । भ्रष्टाचारीहरु जनप्रतिनिधि बनेपछि देशमा भ्रष्टाचार हुनु स्वाभाविक हो । 

राजनीति अत्यन्त फोहरी भइसकेको छ । राजनीतिले जनतामा सुशासनको प्रत्याभूति गर्न सकेन । राजनीतिक स्वतन्त्रताले नेताहरुलाई जनता भन्दा धेरै टाढा पु¥याइसकेको छ । जनता र नेताबीचको दूरी झन पछि झन फराकिलो हुँदै जाने क्रममा छ । यही हो त राजनीति ? 

जनताको खस्कदो जीवनस्तर कसरी माथि उठाउने ? कुनै राजनैतिक दलसँग योजना छैन् । अझ गठबन्धनका नाममा भइरहेको नेताहरुबीचको लेनदेनले सबैपार्टीको दाउ लूट मच्चाएर खाउँ बाहेक अरु केही देखिएको छैन भन्ने कुरा जनताले बुझ्नुपर्ने अवस्था विकसित भएको छ । तर जनताले बुझ्न सकिरहेका छैनन् । बास्तवमा भन्ने हो भने राजनीति आफैमा देश समाज तथा राष्ट्र  निर्माण गर्नेसबै भन्दा ठूलो हतियार हो । तर यो हतियारको गलत ढंगबाट नेपालका राजनीतिकर्मीहरुले प्रयोग गरिरहेका छन् । देश र जनताको हित विपिरित राजनीति प्रयोग भएकै कारणले अहिले देश नै नरहने हो कि भन्ने खतरा देखिएको छ । त्यसैले स्थानीय तह निर्वाचन जनता ठग्नका लागि र देश लूट्नका लागि प्रमाणपत्र पाउने माध्यम मात्र बन्न पुगेको छ । यसै कारणले नै होला चुनावप्रति जनताको आकर्षण पनि देखिएको छैन ।




Share Your Thoughts