यौन दुर्बलता ः कोरोनाले मानव स्वास्थ्यलाई छोडेको खतरनाक उपहार !


अगर बत्ती

Dharana    

access_time 07 Apr 2022

—राज्यलक्ष्मी शाक्य

नेपालमा कोरोना संक्रमण शिथिल भए पनि यसको प्रभाव अभैm पनि विश्वव्यापीरुपमा डरलाग्दो किसिमबाट देखिन थालेका छन् । पहिले मृत्युलाई मुख्य समस्या मानिएको थियो भने अव स्वास्थ्यमा विभिन्न खालका जटिलताहरु छोडेर कोरोनाले रुप बदल्दै गएको पृष्टि भएको छ । कोरोना भाइरस संक्रमित व्यक्तिहरुमा प्रजनन क्षमता तथा नपुंसकताका समस्या देखिन थालेका छन् । यस  सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड–१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत पाइएको छ । यही प्रभावका कारण कोभिड–१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ । 

टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एंडोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, महामारीका कारण मानसिक स्वास्थ्यमा परेको असरका कारणले इरेक्टाइल डिसफङक्शनका मामिला बढेको पाइएको छ ।  यस सम्बन्धी प्रमाणहरूमा आधारित एउटा न्यारेटिभ रिभ्यु इन्टरनेशनल जर्नल अफ इम्पोटेन्समा प्रकाशित भएको छ ।


यसै विषयमा भएको अर्को एउटा अध्ययनमा बाँदरहरूको फोक्सो, प्रोस्टेट, लिङ्ग, तथा अण्डकोषमा इनफेक्शन भएको २ हप्तापछि सार्स–सीओवी–२ भाइरसका अवशेष पाइएको छ । १४ दिनपछि बाँदरहरूको फोक्सोको संक्रमण सफा हुन थाल्यो, तर शुक्रग्रन्थीमा भने संक्रमण बढदै गएको पाइयो । अध्ययन टोलीले  यस्तो समस्या पत्ता लगाएको जनाइएको छ । यसका साथै बाँदरहरूको जननेन्द्रियका रक्त धमनीहरू क्षतिग्रस्त भएको  पनि पाइएको जनाइएको छ । 

अघिल्लो अनुसन्धानमा महामारीका कारण यौन स्वास्थ्य तथा कामवासनामा नै कमी आएको पुष्टी भएको थियो । महामारीका कारण मानसिक स्वास्थ्यमा परेको प्रभाव तथा संक्रमणका कारण कोषहरू शारीरिक रूपमा  नै क्षतिग्रस्त भएकाले यस्तो परिणाम आएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । 

पुरुष स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित सन् २०२१ को एउटा पाइलट स्टडीमा सानो स्याम्पल साइज, २ जना संक्रमित मानिस र २ जना स्वस्थ्य मानिस मा गरिएको अध्ययनमा संक्रमितहरूको लिङ्गका रक्तधमनीहरूमा उल्लेखनीय संख्यामा भाइरसका कणहरु पाइएका थिए । 


कोभिडबाट ठीक भएका पुरुषहरूको यौन तथा लिङ्गको स्वास्थ्यको लगातार अध्ययन हुनु पर्ने तथा नपुंसकताको लक्षण भएकाहरूलाई उपचारका लागि एउटा एकीकृत (बहु—विषयक) उपायको माग विशेषज्ञहरूले गरेका छन् ।

कोभिडले सबै आयुका मानिसलाई प्रभावित गर्छ, तर यसबाट डायबिटीज, हाईपरटेंशन, र मोटोपनलगायतका रोग भएका पुरुषहरू गम्भिर बिमारी वा मृत्युको मुखमा पुग्ने कुरा प्रमाणित भइसकेको जनाइएको छ । भ्याक्सिन लगाएको खण्डमा चाहिँ गम्भिर बिमारी वा मृत्युको खतरा कम हुने पनि अनुसन्धानकर्ताहरुले जनाएका छन् । 


इरेक्टाइल डिसफङक्शन (ईडी) त्यस्तो अवस्था हो जसमा यौन सम्बन्धका बेलामा लिङ्ग खडा हुँदैन वा त्यस्तो क्षमता नै विनास हुन्छ । यो अवस्था अनेकन शारिरिक समस्या, बिमारी, हार्मोन्सको असन्तुलन तथा मनोवैज्ञानिक कारणबाट हुने स्वास्थ्यविज्ञहरुको दावी रहेको छ । यो साह्रै जटिल प्रक्रिया हो र यसमा एक भन्दा बढी कारण हुन सक्दछन् । ईडी सामान्यतया पाचन तन्त्रमा आएको दीर्घकालिक सूजन, मृगौलाका बिरामी, तथा सोरायसिसलगायतका अटो–इम्यून रेस्पन्सले पनि हुने जनाइएको छ । यस क्रममा इम्यून रेस्पन्सलाई व्यवस्थित गर्ने टीएनएफ–ए र आईएल–६ जस्ता प्रोटिन्स साइटोकिन्स जन्मन्छन् । जसले यौन शिथिलतालाई झनै बिगार्ने जनाइएको छ । यही साइटोकीन्स—भी कोभिड संक्रमणका क्रममा पनि जन्मन्छ र यसले  धेरै नोक्सानी गर्ने स्वास्थ्यविद्हरुको दावी रहेको छ ।  जनधारणा साप्ताहिकबाट 



Share Your Thoughts