बुद्ध जन्मिएको देशमा यो के हुँदै !


अगर बत्ती

Dharana    

access_time 31 Mar 2022

-रिदेन महर्जन 

नेपाल गौतम बुद्ध  जन्मिएको देश हो, गौतम बुद्ध भन्नासाथ शान्तिका नायक भनेर बुझिन्छ । बुद्धका लागि अशान्ति स्वीकार्य छैन । तर पनि विश्व अशान्त छ, विश्वमा मच्चिएको अशान्तिले नेपाललाई पनि अशान्त तुल्याइरहेको छ । सायद यसै कारणले हुनसक्छ शान्तिका नायक गौतम बुद्धको शालिक माथि पनि आक्रमण भएको छ । 

नेपाल पंचशीलको सिद्धान्त अपनाउने सुन्दर शान्त र  असंलग्न राष्ट्रहरुको सदस्य बनेको देश  हो । यो देश विश्वभर गौतम बुद्ध जन्मिएको देश, माउन्ट एभरेष्टको देश भनेर पनि चिनिन्छ । तर अहिले यहाँ दिनानुदिन हत्या, हिंसा तथा बलात्कार, लूट भइरहेका छन् ।  बुद्धको मूर्ति तोडफोड गर्ने लगायतका  अशान्तिको सन्देश दिने जस्ता घटनाहरु भइरहेका छन् । विश्वभरका मानव समुदायलाई बुद्ध स्वंयम्ले बुद्धत्व प्राप्त गरी मानव समुदायलाई अज्ञानताबाट ज्ञानको ज्योतिमा, अशान्तिबाट शान्तिको बाटोमा हिडाएका हुन् । यस्तो देशमा किन यस्ता घटना  भइरहेका छन् । के शान्तिको आवश्यकता विश्वमा नरहेको हो ? अशान्ति र युद्ध बढिरहनुले स्वाभाविक रुपमा यस्तो प्रश्न उठ्छ । 

आश्चर्यको विषय  त के छ भने नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपछि विदेशी धर्मले पैmलिने मौका पाएको छ । खासगरी कृश्चियन धर्मलाई व्यापक बनाउन खोजिएको छ । स्वदेशी धर्म, स्वदेशी संस्कृति, स्वदेशी भाषा, स्वदेशी पहिरन नै राष्ट्रियताका परिचय हो । 

गत  साता मध्यरातमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ याङ्लाकोटको मुन्थलामा पर्यटकीय प्रवद्र्धनको उद्देश्य बोकेर पुगेका केही व्यक्तिहरुले ५ फिट अग्लो बुद्धमूर्ती निर्माणाधीन पार्कमा तोडफोड गरेका छन् । त्यही सिन्धुपाल्चोकमा चर्च निर्माणको चहलपहल पनि बढेको छ । केही पश्चिमा नागरिकहरुले नेपालमा आएर सिन्धुपाल्चोक लगायतका हिमाली जिल्लाहरुमा चर्च निर्माण गर्ने अभियान नै थालेका छन् । चर्च निर्माणको अभियान थालनी हुनु र बुद्धको मुर्ति तोडफोड गरिनुसँगै भएको छ । सरकारले ध्यान पु¥याउन सकिरहेको छैन । 

जोसुकै समुह भए पनि दोषी उपर कारबाही गरिएन भने यो प्रवृत्ति उत्साहित हुने निश्चित छ । बिध्यार्थी संगठन, सम्पदा अभियन्ताहरुले समेत यो घटनाको विरोध गरेका छन् ।  तापनि अभैm नेपाल सरकार मौन रहेको छ । यसरी धार्मिक संहिष्णुता भएको देशमा संहिष्णुता भड्काउन खोज्नेहरुलाई कानुनको कठघरामा उभ्यान नसक्नु लज्जाको विषय बनेको छ । अहिले रुस—युक्रेनबीचको घमासान युद्धका कारण मानव समुदाय नै अस्तित्व संकटका बीच चलिरहेको छ । कुन बेला परमाणु बम विस्फोट हुने हो र संसार ध्वस्त हुने हो भन्ने चिन्ताले सर्वत्र आतंकित बनाएको छ । यस्ता घटनाबाट पनि गौतम बुद्धको शिक्षाको आवश्यकता बढेको छ । 

बुद्धधर्म आपैmमा वैज्ञानिक र व्यवहारिक धर्म हो । पश्चिमेलीहरुसमेत बुद्धको दर्शन अपनाएर लाभान्वित बनेका छन् । तर नेपालमा समय—समयमा बुद्धका मुर्तिमाथि तोडफोडका घटना भइरहेका हुन्छन् । देश कतातिर धकेलिरहेको छ ?  सरोकारवालाहरुले बेलैमा ध्यान दिनुपर्ने होइन र ? 

बुद्धका अनुयायीहरु पञ्चशील, अष्टशील, अनुशासन तथा महामानव हुने बौद्ध दर्शनको प्रभावका कारण बुद्धका अनुयायीहरु प्रायः शान्त स्वभावका हुन्छन् । तर यसो भन्दैमा शान्तिका अग्रदूत बुद्धको मुर्तिलाई यसरी तोडफोड गर्दा  सहेर बस्छन्  भन्ने सोच्नु गलत हो । अझ घटना बारम्बार घटिरहनु कुनै हालतमा पनि राम्रो होइन् । यस्ता घटनाले शान्तिलाई खल्बल्याउँछ र बुद्धत्वलाई पनि क्रान्तिमा लाग्न बाध्यता हुन्छ । त्यसैले भन्ने गरिन्छ, गौतम बुद्ध आजका दिनहरुमा बाँचेका भए सायद उनको हातमा पनि बन्दुक हुन्थ्यो ! 




Share Your Thoughts