चुनवाङ बैठकको विलिनीकरण र राष्ट्रिय स्वाधीनताको विलोपीकरण MCC सम्म आईपुग्दा पुष्टि !


अगर बत्ती

Dharana    

access_time 28 Feb 2022

-नारायण शर्मा

तत्कालीन नेकपा माओवादीको चर्चित चुनवाङ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझ, नेता बाबुराम भट्टराई ञलालध्वजझ र रामबहादुर थापा ञबादलझ जस्ता तीन विपरीत प्रवृत्तिका व्यक्ती र शक्तिहरुको आपसमा भएको विलिनीकरण विशेष  उल्लेखनीय र चर्चित पनि छ । यसमा  नेतृत्वपंक्तिका विभिन्न गुट र गुमस्ताहरु, शक्ति र  व्यक्तीहरु, पात्र र प्रवृत्तिहरु अनि चिन्तन र चरित्रहरुको आपसमा  नाटकीय विलिनीकरण भएको थियो । त्यो विलिनीकरण रुपमा नाटकीय र आकस्मिक लागे पनि सारतस् त्यो देसकै स्वाधीनता र स्वत्वको सुनियोजित विलिनीकरणको प्रपन्च थियो भन्ने हाल कुरा हाल संसदमा एमसीसी  सम्झौता टेबुल र अनुमोदन गरिदा यी तीनै नेताको एउटै स्वर र सार प्रकट भएबाट पूर्णतस् स्पष्ट भएको छ । तथापि त्यो विलिनीकरणका निम्न केही अन्य उद्देश्यहरु समेत थिए :-

१। प्रचण्डका समकक्षी नेता रामबहादुर थापा ञवादलझको योनकाण्डपछि उनीमाथी प्रचण्ड नेतृत्वको केन्द्रीय समितिको बैठकबाट आधिकारिक र औपचारिक निर्णयद्वारा घोषित रुपमा लगाइएको संश्लेषित राजनीतिक आरोप लिनप्याओवाद उन्मुख प्रवृत्तिूको विलिनीकरण गरी उनलाई चोख्याएर संसदवादतिर सोझ्याउने १

२। प्रचण्डका प्रतिस्पर्धी नेता बाबुराम भट्टराई  ञलालध्वजझ माथि  ज्ञात-अज्ञात, प्रत्यक्ष-अप्रत्यक्ष, औपचारिक(अनौपचारिक, आधिकारिक(अनाधिकारिक र घोषित(अघोषित रुपमा पार्टीभित्र(बाहिर थोरै वा धेरै मात्रामा लगाइएको आरोप ञदक्षिणपन्थी दलाल बुद्धिजीवीवादी प्रवृत्तिझ को विलिनीकरण गरी निर्मलीकरण गर्ने !

३। अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझका योगदानहरुलाई दोस्रो राष्ट्रिय सम्मेलन २०५७ द्वारा संश्लेषित ूप्रचण्डपथू प्रति  व्यक्त वा अव्यक्त, आलोच्य वा पुज्य ञव्यक्तिवादी महत्वाकाङ्क्षी, उपयोगवादी र उपभोक्तावादी तथा षड्यन्त्रकारी र विश्वासघाती प्रवृत्तिझको विलिनीकरण गरी शुद्धीकरण गर्ने !

४। उपरोक्त ३ प्रकारका व्यक्ति, शक्ति र प्रवृत्तिहरुको प्रथम अघोषित वा गोप्य उद्देश्य त क्रान्तिकारी नेता मोहन वैद्य ञकिरणझ र चन्द्रप्रकाश गजुरेल ञगौरवझ लगायतका नेताहरुको क्रान्तिकारी प्रवृत्तिको नै बन्ध्याकरण गर्नु रहेको थियो ।

५। प्रचण्ड, बाबुराम र बादलका बिचको  उक्त विलिनीकरणको दोस्रो मुख्य उद्देश्य आफूहरु र आफ्ना कथित क्रान्तिकारी विचार र प्रवृत्तिहरुलाई सचेत र सुनियोजित तवरले राष्ट्रिय र वर्गीय रुपमा आत्मसमर्पण गर्दै(गराउँदै संसदवादी र साम्राज्यवादी(विस्तारवादीहरुसँग अन्तर्घुलन र विलीनीकरण गर्ने नै रहेको थियो । त्यति मात्र होइन,  लाल दलाल पुँजीवादको अन्वेषण र अवलम्बन गर्दै उपरोक्त अघिल्ला  ३ वर्गमा उल्लिखित मुख्य नेतासहित अन्य आसेपासे र गासेदासेहरुको नवधनाढ्य  लाल दलाल वर्गमा उन्नतीकरण गरी सत्ताको सुखसुविधामा  भोगविलास गर्ने पनि रहेको स्पष्ट भएको छ !

६। संक्षेपमा, समग्रमा र सारमा  भन्नुपर्दा चर्चित चुनवाङ बैठकको अस्वाभाविक र रहस्यमय लाग्ने प्रचण्ड, बाबुराम र बादलबिचको त्यो आपसी विलीनीकरण आज एमसीसी सम्झौता जस्तो खुला, सीधा, नाङ्गो र पूर्ण राष्ट्रघाती सम्झौतालाई कथित व्याख्यात्मक टिप्पणी(घोषणा नामको फाटेको जालले छोपेर वा भनौं यस्तो पानी लौरो टेकेर  पास गर्ने धृष्टतासम्म आइपुग्दा यसको सार वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादको पराकाष्ठाको रुपमा प्रकट भएको छ । यद्यपि यो विलिनीकरण  नेपाल राष्ट्र, नेपाली शोषित(पीडित जनता र नेपाली क्रान्तिकै विभाजन, विघटन, विसर्जन र विलीनीकरणको रुपमा त हामी धेरैका सामु प्रकट भएकै थियो तर  आज संसदमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौताटेबुल गरी अनुमोदनका लागि टेबुल  हुँदै गर्दा सिङ्गो राष्ट्र सामु नेपाली राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता, शान्ति र समृद्धिको मात्र होइनस  राष्ट्रिय अस्मिता, स्वत्व र अस्तित्व नै विलोपीकरण गर्ने पो रहेछ भन्ने कुरा  निर्लज्जतापूर्वक  नाङ्गै प्रकट भएको छ । त्यसैले भन्नै पर्ने भएको छ :-

छी... छी... भनौं त्यो कथित विलिनीकरण नामको दलालीकरणलाई !

दूर(दूर गरौं त्यो देसकै दुर्दिन ल्याउने भ्रष्टीकरणलाई !

बम बर्षा गरी ध्वस्त गरौं देसका  दलाल दलनेता र तिनको दलाली र गद्दारीलाई  !

भस्म खरानी पारौं एमसीसी र त्यसका अयोजक(प्रायोजकहरुका नेपाल निल्ने षड्यन्त्रलाई !



Share Your Thoughts