एनजीओहरुकोे वास्तविकता


अगर बत्ती

Dharana    

access_time 21 Jan 2022

- हुकुमबहादुर सिंह

आन्तरिक रुपले हुनेखाने, चल्तापूर्जा, धनी पढेलेखेका(इला्इटवादीहरु) ,वाह्यरुपले छुद्र, सही मानेमा एनजीओहरु “गैर सरकारी संगठनहरु” नै होइनन् । यिनीहरुले स्थानिय सरकारहरुको नीजी सव कन्टयाक्टरका रुपमा काम गर्दछन् र अथवा कर्पोरेटहरुद्धारा अर्थिक लगानीमा नीजी प्रतिष्ठानहरुद्धारा राज्यसित नजिकको सम्वन्ध कायम गर्दै तिनीहरुले विदेशी सरकारहरुबाट आर्थिक सहयोग प्राप्त गर्दछन् । लगातार रुपले तिनीहरुले देशभित्र र बाहिरका सरकारी एजेन्सीहरुसित खुलारुपले साझेदारीका रुपमा रहेर काम गर्दछन् । तिनीहरुका कार्यक्रमहरु स्थानीय जनताप्रति जिम्मेवार हुदैनन् तर विदेशी दाताहरु जसले उनीहरु (विदेशी दाताहरु) को  मापदण्ड र चाहना अनुसार एनजीओको प्रभावकारितालाई नियाल्ने गर्दछन् । 

एनजीओ कर्मचारीहरु स्वयम नियुक्तिवाला हुन्छन् र उनीहरुको प्रमुख काम प्रस्तावनाहरुको डिजाइन गर्नु हो, जसले आर्थिक स्रोतलाई सुनिस्चित गर्दछ । घेरै अवस्थाहरुमा, यो आवश्यक छ कि एनजीओ नेताहरुले सवालहरुको पहिचान गर्दछन् जसले दाताहरुको आर्थिक सहयोगको चाहनालाई र त्यही अनुसार प्रस्तावनाहरुलाई पुनर्आकार दिनु हो । 

यसरी १९८०तिर एनजीओ अर्थिक स्रोतहरु अध्यन गर्न र शासकीय र लोकतान्त्रिक संक्रमणहरुमा राजनीतिक प्रस्तावहरु दिन मै केन्द्रीत रहे, जसले साम्राज्यवादी शक्तिहरुको चासोहरुलाई फिल्डमा उतार्नु थियो । जुन तानाशाहाहरुका विरुद्ध मास आन्दोलनले तानाशाहाहरुका विरुद्धको संघर्षलाई अझ गतीलो वनाउने र सामाजिक प्रणालीमै रुपान्तरण गर्ने थियो ।  

एनजीओहरु उनीहरुको लोकतान्त्रिक, तल्लो तहका जनतासितको सम्वन्ध हुँदाहुँदै उनीहरुको संरचना माथिबाट तलतिरको हाइरयारकि हुन्छ , जसमा परियोजनाहरुको पूर्ण नियन्त्रण परियोजनको महानिर्देशक (डाइरेक्टर)सित रहन्छ । आवश्यक कर्मचारी नियुक्ति गर्ने र  हटाउने, अन्तराष्ट्रिय सभा सम्मेलन आदिमा कसले भाग लिने, कसले नलिने समेत डाइरेक्टरको तजवीजमा रहन्छ । यो हाइरारकिको अतिआवश्यक चीज भनेको “ तल्लो स्तरका जनता–ग्रास रुटस” हुन, तर उनीहरुका लागि मुस्किलैले आफ्नो एनजीओको खातामा कति पैसा आउछ भनेर पैसा देख्न सक्छन् नत उनीहरुले विदेश तथा वाह्य भ्रमण गर्न मौका पाउछन्, नत उनीहरुका “ग्रास रुटस” नेताहरुको तलबहरु अथवा सुबिधाहरु कति हो भनेर  निकाल्न सक्छन् । सबभन्दा महत्वपूर्ण त यी सब निर्णयहरुका लागि कहिल्यै आफ्नो मत दिदैनन । जव डाइरेक्टरद्धारा समझदारी पत्र तयार  पारिन्छ र त्यसलाई दाताले हेरिसकेपछि , एनजीओ कर्मचारीहरुले उक्त परियोजना स्विकृतको लागि गरीबको पक्षमा काम गर्ने भन्नेहरु–“ग्रास रुटस” एक्टीभिष्टसको वैठक बोलाउने गर्छन । 

बहुसंख्यक अवस्थाहरुमा एनजीओहरु सदस्यतामा आधारित हुँदैनन तर स्वःनियुक्ति प्राप्त इलाइटहरु जो लोकपृय आन्दोलनका लागि स्रोत व्यक्तिहरु भएको बहानामा वास्तवमा प्रतिष्पर्दा गर्ने र उनीहरुलाई होच्याउने, कम आंकलन गर्ने गर्दछन् । यो अर्थमा एनजीओहरुले लोकतन्त्रलाई अपहेलना गर्छन । सामाजिक कार्यक्रमहरु र पब्लिक बहस तथा छलफललाई स्थानीय जनता र उनीहरुबाट निर्वाचित नेताहरुको हातबाट खोसेर आफ्नो हातमा लिएर र गैर निर्वाचित, विदेशी कर्मचारीहरु र तिनीहरुले मनोनित गरिएका स्थानीय कर्मचारीहरुमाथि निर्भर बनाउछन् । 

एनजीओहरुले एउटा नयाँ अन्तराष्ट्रवादको भेषमा एक प्रकारको सास्कृतिक र आर्थिक उपनिवेशवादलाई मलजल गरिहेका हुन्छन् । सयौको संख्यामा मानिसहरु उच्च प्रवीधियुक्त कम्प्युटरका अगाडि वसिरहेका हुन्छन् र घोषणपत्रहरु, प्रस्तावनाहरु, र अन्तराष्ट्रिय सम्मेलनहरुका निमन्त्रणाहरु एक आपसमा वाँडिरहेका हुन्छन् । तिनीहरु त्यसपछि एकदमै सिंगारिएका कन्फरेन्स हलहरुमा पछिल्ला संघर्षहरु र उनीहरुका “सामाजिक आधार–तलवी कर्मचारी”, जसले व्यानरहरु र बुलेटिनहरुमार्फत प्रस्तावहरुलाई  “जनसमूहहरु”लाई दिनका लागि वैठक गर्दछन । जब वैदेशिक दाताहरुले जान्न खोज्दछन, तिनीहरुलाई त्यस्तो आयोजनाहरुको “एक्सपोजर भ्रमण” गराउछन् ताकि त्यहाँ उनीहरुले गरीबहरु मिलेर एक आपसमा सहयोग आदान प्रदान गरिरहेका छन् र तिनीहरुसित साना उद्योगहरु जो सफल छन् कुरा गर्दछन् । पहिलो वर्षहरुमा भएका त्यसका असफलता वारे उनीहरुले केही बोल्दैनन । जुन तरिकाले यो काम गरिन्छ एउटा नयाँ उपनिवेशवादले काम गरिरहेको छ भन्ने थाहा पाउन केही कठिन छैन । परियोजनाहरुलाई शाही केन्द्रहरु र उनीहरुको संस्थाहरुको मार्गनिर्देशनहरु र प्राथमिकताका आधारमा डिजाइन गरिएको हुन्छ । तिनीहरुलाई त्यसपछि समुदायहरुलाई “विक्रि” गरिन्छन । मुल्याङकनहरु शाही संस्थाहरुका लागि र तिनीहरुद्धारा गरिन्छन । आर्थिक स्रोतको प्राथमिकता  अथवा खराव मुल्याङकनहरुको परिणाम समूहहरु, समुदायहरु, किसानहरु, र सहकारीहरुको अधोमूल्यन गर्नेमा सकिन्छ । प्रत्येकलाई दाताहरुसित उनीहरुका मागहरु र उनीहरुका परियोजना मूल्यांकन आफना कुराहरु भन्नबाट बन्देज गरिन्छन । एनजीओ निर्देशकहरु, नयाँ भाइस¥वाएका रुपमा, दाताहरु र आर्थिक स्रोतहरुको उचित उपयोग सहित लक्ष्यहरु, मूल्य मान्यताहरु र सिद्धान्तहरु सुपरभाइज गर्ने सुनिश्चित गर्ने गरिन्छ । एनजीओहरुको विचारहरुसित सामाजिक राजनीतिक आन्दोलनहरुको विरुद्धमा एनजीओहरुले परियोजनाहरुलाई आन्दोलनहरुलाई भन्दा जोड दिन्छन् । उनीहरुले जनतालाई उत्पादन गर्न सिकाउछन् नकि पुँजी र उत्पादनको आधारभूत साधनमाथि नियन्त्रण गर्न । तिनीहरुले परियोजनाको प्राविधिक आर्थिक सहयोगका पक्षमा केन्द्रीत गर्दछन् नकि जनताका दैनिक जीवनलाई परिवर्तन गर्ने संरचनागत अवस्थावारे । 

एनजीओहरुले वामपन्थको भाषा–लोकपृय सत्ता, सशक्तिकरण, लैगिक समानता, दिगो विकास, तलैदेखिको नेतृत्व चयन आदिलाई टिप्छन्ः । यहा“नेर समस्या कहाँ“ छ भने कि यो भाषा दातृ निकायहरु र सरकारी एजेन्सीहरु बिचको सहकार्यको एउटा फ्रेमवोर्क सित जोडने काम गरिएको  हुन्छ, जसले  विरोध र विवाद नल्याउने (नन कन्फ्रन्टेशनल) राजनीतिलाई सहयोग पुग्ने कृयाकलाप तर्फमा लैजान्छ । एनजीओहरुको स्थानीय स्वभावका कृयाकलाप भनेको “सशक्तिकरण” हो, जुन कहिले पनि ठुलो(मेक्रो) अर्थतन्त्र र नवउदारवादी राज्यद्धारा प्राप्त गराइएका निस्चित स्रोतहरुसित सामाजिक जीवनको सानो क्षेत्रलाई प्रभाव पार्नेभन्दा बाहिर कहिल्य जादैन । एनजीओहरु र उनीहरुका प्रोफेशनल कर्मचारीले गरीब, महिला, जातीय बहिष्करणमा परेकाहरुआदिमाथि प्रभाव जमाउनका लागि सामाजिक राजनीतिक आन्दोलनहरुसित प्रत्यक्ष प्रतिष्पर्धा  गर्छन । उनीहरुको  विचार र अभ्यासले गरीबीको स्रोतहरु र समाधानहरु(माथितिर र बाहिरतिर हेर्नको बदलामा तलतिर र भित्रतिर मोडिदिन्छ)बाट ध्यानलाई अन्तै लगिदिन्छ । विदेशी वैंकहरुद्धारा स–साना उद्योगहरुमाथि गरिने शोषणबारे बोल्नुको बदलामा, गरीबिको समाधनको रुपमा गलत मान्यताहरुमा आधारित गरिन्छन् ता कि समस्या विदेशहरुको आम्दानीको स्थानान्तरणभन्दा पनि व्यक्तिगत पहलकदमीको एउटा कारण बन्न जान्छ  । जनधारणा साप्ताहिकबाट



Share Your Thoughts