अन्तत: बन्यो मधेश प्रदेश ! अब तराई-मधेशबासी जनता थप समस्यामा फस्ने बलियो सम्भावना छ !


अगर बत्ती

Dharana    

access_time 20 Jan 2022

-प्रीति रमण 

अन्तत:  मधेश प्रदेश बन्यो । यो प्रदेशको राजधानी पनि जनअपेक्षित नै भएको छ । राजधानीको नाम र प्रदेशको नामले जनतालाई भने कुनै फरक अनुभव हुने अवस्था छैन, न आज न भोलि नै !  जनताको चाहना भन्दा पनि पृथकताबादी सोचका नेताहरुलाई यो नामांकरणको सफलताले निश्चय पनि हौसला बढाएको होला । तर अब यो प्रदेशबासी जनताका सुरक्षाको कुरा के होला रु जनताका अधिकारका कुरा के होलान् ? छिमेकीको स्वार्थको निसाना र आफनै देशको पृथकबादीको आरोपको चेपुवामा जनता पर्ने निश्चित छ ।

प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको थियो।सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तोकिएको हो। सोही खुसीयालीमा प्रदेश सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

प्रदेश सरकार बनेको चार वर्षपछि प्रदेशले नाम र राजधानी पाएको हो। यो प्रदेशका वासिन्दाहरु दक्षिणतर्फ सिमा खुल्ला भएकै कारणबाट पटक(पटक समस्यामा फस्दै आएका र सिमापारीबाट हुने अपराधिक गतिबिधिबाट अब उन्मुक्ति पाउलान् रु रोटीबेटीको सम्बन्धबाट सबैभन्दा बढि प्रभाबित हुने यो प्रदेशमा परेका जिल्लाका वासिन्दा नै हुन् । जुन कारणले गर्दा छिमेकी देशप्रति अपनत्वभाव पनि राखदछन् । तर यही प्रदेश सिमापारी अपराधीहरुको निसानामा पर्दै आएको छ । 

जे होस् धेरै लामो समयको अन्यौलता गत सोमबार टुङ्गिएको छ ।   जनकपुरधाम उद्योग वाणिज्य संघले  प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाईयोस् भन्दै मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको थियो । संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले गत आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र नेकपा एमालेका सांसद किशोरी साहलाई अलग९अलग ज्ञापन पत्र बुझाएका थिए । 

त्यसैगरी, नेकपा एकीकृत समाजबादीका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री  सत्रुधन महतो र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहलाई पनि ज्ञापन पत्र बुझाईएको थियो । 

प्रदेश सभाको गठन भएको झण्डै ४ वर्ष भइसक्दा पनि प्रदेशको नाम र राजधानीमा दलहरूबीच सहमति नहुनु दुःखद र खेदजनक विषय रहेको भन्दै संघले तत्काल दुवै विषयको टुंगो लगाउन दलहरूसँग आग्रह गरेको थियो । 

प्रदेश २ का राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाउँदै  जनकपुरधामलाई स्थायी राजधानी बनाउन बिलम्ब नगर्न आग्रह गरेका थिए । विभिन्न आन्दोलन र त्यागबाट प्राप्त भएको संघीयतामा प्रदेश २ का सर्वसाधारण जनताले मधेस प्रदेशसहित समुन्नत नेपालको सपना देखेको संघको भनाई थियो ।

मधेस आन्दोलन, मधेसी सहिद र जनताको सपना मधेस प्रदेशलाई दर्साइएकाले समेत यी तर्कले संघले प्रदेश २ को नाम पनि मधेश नै राख्नु पर्ने माग गरेका थिए ।

टोलीमा संघको वरिष्ठ उपाध्यक्ष मिनष रमण साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो । उद्योग बाणिज्य संघ भनेके यस प्रदेशका उद्यमी ब्यापारीहरुको प्रतिनिधि संस्था हो । जनताका प्रतिनिधिहरुसमक्ष गरिएको यो क्षेत्रको मागले सार्थकता पाएको छ । अब यो प्रदेश जनताको हकको सवालमा के होला रु भबिष्यमा स्पष्ट हुँदै जाला १ मधेश प्रदेश थप समस्यामा फस्ने बलियो सम्भावनालाई नकार्न सकिदैन । 

यसैबीच प्रदेश २ को नाम मधेस प्रदेश राखेको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् ।प्रदेशसभामा भएको गोप्य मतदानबाट दुई तिहाइभन्दा बढी मतसहित मधेस प्रदेश नामाकरण भएपछि मंगलबार त्यसको विरोधमा यहाँका युवाहरुले सांसदहरुको पुतला जलाएका छन् । २२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै विरोध गरिएको छ । सुशील कर्णको अगुवाइमा जनकपुरधामस्थित जानकी चोकमा युवाहरुले ‘८ जिल्लालाई मधेश प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर’ भन्दै पुतला जलाएका छन् ।

कर्णले आफू पनि मधेस आन्दोलनमा अग्रपंक्तिमा रहेको र त्यसकै कारण ५ वर्ष भन्दा बढी समयसम्म मुद्दा खेपेको भन्दै उनले ८ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए ।

उनले ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे । कर्णले २२ जिल्लालाई मधेस प्रदेश कायम गरे मात्र आफूहरुलाई स्वीकार्य हुने जनाएका छन्। यसैबाट पनि स्पष्ट हुन्छ कि जनताका बीच बिबादको बिजारोपण भएको छ , यस्ले बिभाजनतर्फ वा राज्यको दमनतर्फ लाने निश्चित छ । परिस्थितिको सामना जनताले गर्नै पर्नेछ ! -जनधारणा साप्ताहिकबाट



Share Your Thoughts