एमाले र माकेका महाधिवेशनले दिएका क्रान्तिकारी सन्देश !


अगर बत्ती

Dharana    

access_time 09 Jan 2022

— निमकान्त पाण्डे 

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका महाधिबेशनहरु सम्पन्न भएका छन् । दुबै पार्टीहरुमा बिचारको बहस भएको पाईएन । दुबै पार्टीमा पुरानै नेतृत्वको पनि निरन्तरता भएको अवस्थाले नेताहरुबाट बिगतमा भएका सबै कामहरु अनुमोदित भएको अर्थमा पनि बुझ्न सकिने भएको छ । 

नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच अब भिन्नता केही छैन भन्ने कुरा स्पष्ट भएको छ । पुरानै नेतृत्वको निरन्तरता, पुरानै रणनीति र कार्यनीतिको निरन्तरता, दुबै पार्टीले वर्ग संघर्ष र वर्ग विश्लेषणलाई चटक्कै छोडेको अवस्था, दुबै पार्टीले संसदबादलाई अपनाएको अवस्था रहेको छ । यही आधारमा नै यी दुबै पार्टी बीच एकीकरण भएको र जनताले अनुमोदनसमेत गरेर दुईतिहाई बहुमतको निकटको शक्ति बनाएर संसदबादबाटै कम्युनिष्ट आदर्श अनुरुपको काम गर्न आदेश गरेका थिए । तर एकीकृत पार्टीको सरकार संसदबादी भासमा जाकिएर बिदेशी शक्तिकेन्द्रहरुको दलालमा रुपान्तरित भएर गयो । नेताहरु निजी स्वार्थमा फसेर गए । फलतस् एकीकृत पार्टी बिभाजित हुन पुगेर दुबै पार्टीले महाधिवेशन सम्पन्न गरेका छन् तर जनतामा नयाँ आशा जगाउन सफलता हासिल गरेका छैनन् । यो अवस्थाले गर्दा नेपाली कांग्रेसले नै बहुमत पाउने अवस्था बिकसित भएको छ ।

झापा आन्दोलन र दशबर्षै जनयुद्धले नेता बन्न पुगेका केपी ओली र प्रचण्ड दुबै नेताहरु साम्राज्यबाद र बिस्तारबादी शक्तिका दलालमा रुपान्तरित भएका छन् ।

यी दुबै पार्टीका नेताले  कम्युनिष्टको झण्डा नबोक्ने हो भने जनताबाट तिरस्कृत भईन्छ भन्ने आधारमा मात्र काम गरिरहेका छन् भन्ने कुरा स्पष्ट छ । क्रान्तिकारिता भन्ने कुरा दुबै पार्टीको नेतृत्वपंक्तिमा छैन, समाप्त भएको छ । कम्युनिष्ट नेताहरु मृत्युपछि पनि सम्मानित हुन्छन् , तर यी दुबै पार्टीका नेताहरु नमर्दै जनताबाट आलोचित भैरहेका छन् । 

पेरुका क्रान्तिकारी नेता प्रोफेसर अविमाइल गुजम्यान ९क। गोञ्जालो० २९ वर्षको जेल जीवनपछि जेलभित्रै निधन भएपछि पनि बिश्वका कम्युनिष्टहरु सम्मान ब्यक्त गरे । क गोञ्जालो बृद्ध र अशक्त हुँदासम्म पनि साम्राज्यवादी अमेरिकाको दवावका कारणबाट पेरु सरकारले जेलमै समाप्त मर्न बिवस गरायो, तर पनि उनी झुकेनन् । क। गोञ्जालो पेरुको क्रान्तिकारी पार्टी साइनिङ पाथका नेता हुनुहुन्थ्यो ।  क। गोञ्जालो चीनका अध्यक्ष क। माओत्सेतुङका अनुयायी हुनुहुन्थ्यो ।  गोञ्जालाकै साइनिङ पाथको पदचिन्हमा संसारका धेरै राजनीतिक अभियानहरु भएका छन् । नेपालमा पनि क। गोञ्जालो राजनीतिक प्रेरणाका स्रोत बन्नु भएको थियो । प्रचण्ड र बाबुराम पनि कमरेड गोञ्जालोकै आदर्श अनुरुप चल्ने क्रममै जनयुद्धको नायक बन्न पुगेर नेपालमा नेताको हेसियत प्राप्त गरेका हुन् । तर यी दुबैले बाटो बिराएका छन् । केपी ओली त झन् पहिले नै बाटो बिराएर पतन भैसकेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले एउटा कार्यक्रममा क। गोञ्जालोको प्रशंसा गर्नु भएको थियो । कुनै पनि क्रान्तिकारी नेताको स्मरण गर्नु राजनीतिमा एउटा परम्परा जस्तै बनेको छ । कार्ल माक्र्सका अनुयायीहरु संसारमा धेरै पाइन्छन् । लेनिन र माओत्सेतुङका अनुयायीहरु पनि प्रशस्तै पाइन्छन् । तर माक्र्स—लेनिन र माओले आ—आफ्नो तर्पmबाट के—कस्ता योगदान पु¥याएका छन् भन्ने बारे चर्चा गरेरै मात्र विद्वान बन्ने नेताहरुको पनि संसारमा कमी छैन । नेपाल यो सवालमा धेरै अगाडि छ । प्रचण्ड त्यसैको निरन्ता बनिरहनु भएको छ । 

प्रचण्डले आपूmलाई कहिलेकाहीँ माक्र्स, लेनिन र माओसँग तुलना पनि गर्ने गर्नुहुन्छ । उहाँका अभिव्यक्ति सुन्दा उहाँलाई माओजस्तै बन्ने रहर छ भन्ने बुझिन्छ । तर माओले चीनको लागि र विश्वको कम्युनिष्ट आन्दोलनका लागि के गरेका थिए र कति योगदान पु¥याएका थिए भन्ने बारेमा प्रचण्डले बुझ्न नसक्नु भएको जस्तो देखिन्छ । क। प्रचण्डको कार्यशैली र माओत्सेतुङको कार्यशैलीलाई कसरी तुलना गर्ने रु तुलना गर्ने ठाउँ नै छैन । माओका सच्चा अनुयायी साम्राज्यवादका सामु दलाली गर्नै सक्दैनन् झुक्नै सक्दैनन् बरु मृत्यु रोजेर क्रान्तिमा उर्जा दिने काम गर्छन् भन्ने कुराका उदाहरण क। गोञ्जालो नै छन् ।

पेरुको जनताको सशस्त्र क्रान्तिको सन्दर्भमा क। गोञ्जालोले आफ्नो मूल्यांकन इतिहासले गर्ने कुरा व्यक्त गर्नु भएको थियो । जनक्रान्तिको दिशालाई आपूmले योगदान पु¥याएको चर्चा उहाँले गरिरहनुहुन्थ्यो । जेलभित्रको कष्टकर जीवन भोग्नु परेपनि उहाँले साम्राज्यवादी दलालहरुसँग सम्झौता नगरेरै सहादत प्राप्त गर्नु भयो। क। गोञ्जालो मरेर पनि संसारलाई जीवन्त उर्जा दिएर जानु भएको छ । भौतिक शरीरको मृत्यु त एकदिन सबैले भोग्नै पर्छ, तर पटक—पटक मर्नु पर्ने अवस्थासँग गोञ्जालोले कहिल्यै सम्झौता गर्नु भएन । बाँचुञ्जेलसम्म उहाँ विचारमा मर्नु भएको सन्देश कहिल्यै चर्चामा रहेन । 

क। गोञ्जालोले भन्नु भएको थियो — ‘पेरुका जनताको सशस्त्र जनक्रान्तिको सन्दर्भमा पेरु कम्युनिष्ट पार्टी र मेरा कार्यहरुको मूल्यांकन इतिहासले गर्नेछ, जनक्रान्तिको दिशालाई इतिहासले सह्राउनेछ । मुठ्ठिभर प्रतिक्रान्तिकारीहरुको अदालत तथा प्रचारयन्त्रले इतिहास बदलिदैन, विश्व जनक्रान्तिको एक अभिन्न अंग पेरुको सशस्त्र संघर्षको एउटा सिपाही बन्न पाएकोमा मलाई गौरव लागेको छ ।’ पेरुको प्रतिक्रियाबादी अदालतले क। गोञ्जालोलाई आजिवन कारावासको सजाय दिएको थियो । सन् १९९२ मा पेरुको राजधानी लिमाबाट गिरफ्तार गरिनु भएका  क। गोञ्जालो विश्व क्रान्तिको चमिकिलो ताराका रुपमा उदाउनु भएको थियो । उहाँको निधनले निश्चय पनि विश्व कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी उर्जा दिएको छ । 

नेपालका राजनीतिक पार्टीका नेताहरुले, खासगरी कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरुले क। गोञ्जालोको प्रशंसा नगरेर सन्तुष्टी प्राप्त गर्ने छैनन् । तर क। गोञ्जालाको योगदान अविस्मरणीय छ । क्रान्तिलाई सफलतामा पु¥याउन धेरै नेताहरुले सफलता प्राप्त गरेका छन् । लेनिन र माओ यो सवालमा उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । तर लेनिनले सफलता प्राप्त गरेको क्रान्ति अहिले असफल देखिएको छ भने माओले सफलता हासिल गर्नु भएको चिनीयाँ मोडेलेको  क्रान्ति पनि अहिलेको अवस्थामा असफल सावित भएको छ । तथापि लेनिन र माओका योगदान, उहाँहरुले  देखाउनु भएको मार्गदर्शन क्रान्तिकारी व्यक्तिहरुका लागि उर्जा बनेका छन् ।अहिलेको अवस्थामा पनि माओको चीन र लेनिनको रुस साम्राज्यबादी शक्तिलाई चुनौति बनिरहेको अवस्था छ ।  क। गोञ्जालो त्यही उर्जा प्राप्त व्यक्तित्व हुनुहुन्थ्यो, जसले करिव ३ दशकको जेलजीवनको कष्टप्रद यात्रालाई पनि आफ्नो सफलता नै ठान्नु भयो । यथार्थमा क। गोञ्जालो भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुहुन्छ । तर हाम्रो देशका प्रचण्ड र ओलीहरु वर्तमान पुस्तालाई नै निराश बनाउने पात्र बनिरहनु भएको अवस्था छ ।

नेपालमा २०५२ फागुन १ गतेदेखि सुरु भएको  दीर्घकालीन जनयुद्ध नाम दिइएको सशस्त्र संघर्षले नेपाललाई कहाँ पु¥याएको छ भन्ने बारे यहाँ चर्चा गर्नुपर्ने आवश्यकता छैन । क। प्रचण्डले आफ्नो योगदानको चर्चा गर्ने क्रममा त्यही सशस्त्र युद्ध र त्यसले ल्याएको परिवर्तनलाई महत्वपूर्ण ठानिन्छ । एउटा मात्र राजा रहेको संवैधानिक राजतन्त्रको ठाउँमा गणतन्त्र नामको धेरै राजाहरुको शासन पद्वति स्थापित हुन पुगेको छ । हिन्दू धर्मावलम्बीहरुको  बाहूल्यता रहेको नेपालमा क्रिश्चियहरुको बाहुल्यतालाई आधार तयार गर्ने गरी कथित धर्म निरपेक्षताको आवरणमा विदेशी धर्मलाई फस्टाउने आधार बनाइएको छ । संघीयताका नाममा देशलाई विखण्डित बनाएर देशको अस्तित्व नै समाप्त गर्ने मार्गरेखा कोरिएको छ ।

 क। प्रचण्डले नायकत्व गर्नु भएको १० वर्ष जनयुद्धमा १७ हजार नेपाली जनताको रगत बग्यो । त्यो रगतको मूल्य देश र जनताको पक्षमा देखिदैन । परिवतर्नको पक्षमा देखिदैन । बरु साम्राज्यवादीहरुलाई नेपालमा भित्र्याउने षड्यन्त्रका सुत्रधारका रुपमा क। प्रचण्डहरुको भूमिका शंकास्पद देखिन्छ । क। गोञ्जालो साम्राज्यवादीहरुसँग कहिले झुक्नु भएन, त्यसैले उहाँ मरेर पनि  विश्वका क्रान्तिकारीहरुको मनमष्तिष्कमा रहनु भएको छ । तर क। प्रचण्ड र क। केपी ओली अहिले कहाँ पुग्नु भएको छ रु ःऋऋ प्रकरण र नेपालका जलसम्पदाको अवस्थाले नै स्पष्ट गरिरहेको छ । यी दबै नताले साम्राज्यवादीहरुसँग लम्पसार पर्ने प्रवृतिबाट आपूmलाई माथि उठाउन सक्नु भएको छैन ।प्रचण्ड र ओलीका बिर्ता रहेका दुबै पार्टीका महाधिवेशनले पनि यी दुबै नेताका कमजोरीलाई अनुमोदन गरेकाले आशा गर्ने अवस्था पनि देखिदैन । त्यसो भए यी दुई किन फुटे रु यी दुबै पार्टीका महाधिवेशनले दिएका क्रान्तिकारी सन्देश के हुन् त रु कार्यकर्ता पंक्तिले समिक्षा गर्न सकेनन् कि रु आगे सबैलाई चेतना भया !  -जनधारणा साप्ताहिकबाट



Share Your Thoughts