कम्युनिस्ट पार्टी किन निर्माण गर्ने ?



Dharana    

access_time 01 Oct 2021

-हुकुमबहादुर सिंह

नेपालमा कम्युनिस्ट पाटीहरु घेरै छन् । सबैले आ–आफ्ना दस्तावजहरुमा कतै न कतै, कुनै न कुनै हिसावले सर्वहारावर्गको राजनीतिक  स्वार्थको प्रतिनिधित्व गर्ने र चाहनालाई एकत्रित गर्ने संगठन भनेको पाइन्छ । 

हुन पनि कम्युनिस्ट पार्टी भनेको सर्वहारावर्गको राजनीतिक पार्टी  हो । र सर्वहारावर्गको राजनीतिक  स्वार्थको प्रतिनिधित्व गर्न र उनीहरुको चाहनालाई एकत्रित गर्ने संगठन र नेतृत्वका रुपमा कम्युनिस्ट पाटीको आवश्यकता पर्दछ । 

जस्तो लेनिनले भनेका छन, “... राजनीतिक पार्टीहरुले वर्गहरुको नेतृत्व गर्छन् ... ।” राजनीतिक पार्टी भनेको वर्गको नाभीकेन्द्र हो र वर्ग राजनीतिक पार्टीको आधार हो । प्रत्येक राजनीतिक पार्टीको अनिवार्यतः स्पष्ट परिभाषित भएको वर्ग चरित्र हुन्छ । ंसंसारमा कही पनि वर्ग भन्दा माथि राजनीतिक पार्टी बनेको छैन, न त कहीं निश्चित वर्गको स्वार्थको प्रतिनिधित्व नगर्ने “संपूर्ण जनताको पार्टी”को अस्तित्व नै रहेको छ । 

 सर्वहारावर्गको राजनीतिक पार्टी  भनेको कम्युनिस्ट पार्टी हो । वर्ग संघर्षबाट एउटा कम्युनिस्ट पार्टीको जन्म हुन्छ । वर्ग संघर्षव्दारा एउटा कम्युनिस्ट पार्टीले समाजमा विद्यमान विरोधी वर्गका विरुद्ध आफ्नो शक्तिलाई संगठित र परिचालित गर्दछ । यही आफ्नो शक्तिलाई संगठित र परिचालित गरेर आफ्नो हातमा सत्ता लिन्छ, त्यो सत्तालाई सुदृढ गर्दछ, सिङ्गो समाजमाथि आफ्नो नेतृत्वलाई स्थापित गर्छ र त्यसको रक्षागर्दछ । 

यस्तो कम्युनिस्ट पार्टी तवमात्र सम्भव छ, जव उक्त पार्टी क्रान्तिकारी सिद्धान्त र माक्र्सवादी–लेनिनवादी–माओवादी कार्यशैलीका आधारमा निर्मित सर्बहारा वर्गको अग्रदस्ताको एउटा  टुकडीका रुपमा काम  गर्दछ । र यस्तो कम्युनिस्ट पार्टी जसले आफूलाई सर्बहारावादी पार्टी भन्दछ, सो हुनका लागि उक्त पार्टीमा सर्बहारा वर्गका विशेषता तथा गुणहरुको घनिभूत अभिव्यक्ति भएको हुनुपर्दछ ।

मानव जातीको ईतिहासमा सर्बहारावर्ग महानतम वर्ग हो भन्ने प्रमाणित वर्ग हो ।  सर्बहारावर्ग  विचार, राजनीति तथा सामथ्र्यका हिसाबले सबैभन्दा प्रभावशाली क्रान्तिकारी वर्ग हो, यो सबैभन्दा उन्नत आर्थिक पद्धतिसंग जोडिएको नयाँ उत्पादक शक्तिहरुको प्रतिनिधीमूलक वर्ग हो । 

यद्धपि पुरानो समाज र वर्तमान समाजमा सर्बहारावर्गको विशेषतामा केही फरक छ । पुरानो समाज त्यसलाई सर्बहारावर्ग भनियो जुन वर्ग डरलाग्दो उत्पीडन र निर्मम शोषणबाट पीडित थियो ।  यो वर्गसंग केहि पनि हुन्थेन, उत्पादनका साधनबाट बंचित थियो र जीवन निर्बाहका लागि यो संपूर्ण रुपमा आफ्नो श्रम क्षमताको विक्रीमा भर पर्दथ्यो । यसले ग्रहण गरेको आर्थिक तथा राजनीतिक अवस्थाकोे परिणाम स्वरुप सर्वहारा वर्गमा शोषक वर्ग प्रति अधिक घृणा थियो र व्यक्तिको सट्टा समूह प्रति विस्तृत दुष्टिकोण र अधिक चिन्ता थियो । क्रान्तिमा सर्बहारा सबभन्दा क्रान्तिकारी थियो, यसमा अनुशासन र संगठनको अत्यन्त कडा बोध हुन्थ्यो । 

विश्वको इतिहासमा विभिन्न देशभित्रका सर्वहारावर्गहरुको अवस्था ती देशमा विद्यमान आर्थिक। सामाजिक तथा राजनीतिक अवस्थाअनुसार फरक फरक पाइन्छ । चीनमा माओले त्यहाँको सर्बहारा वस्तुतः तीन प्रकारको उत्पीडनमा परेको बताएका छन् , ती साम्राज्यवादको उत्पीडन, पुँजीवादी उत्पीडन र सामन्तवादको उत्पीडन थिए । यो भनेको सर्वहारावर्गका लागि  निर्मम र भयावह प्रकारको उत्पडिन हो । जसलाई माओले चीनीयाँ जनतालाई दमन गर्ने “तीन ठूला पहाडहरुलाई” भनेका छन् । र ती पहाडहरुलाई पन्छाउने काम चीनीयाँ क्रान्तिले गरयो । 

यसैले गर्दा माओले त्यहाँको सर्वहारावर्ग वर्ग अरु वर्गहरु भन्दा निकै दृढ र सुसंगत थियो भनेका छन् । त्यहाँको अर्को विशेषता चिनीयाँ सर्बहारा वर्गको ठूलो हिस्सा अभावयुक्त किसान वर्गबाट आएका कारण किसान समुदायसंग यसको सहज सम्बन्ध थियो र यसले सर्वहारा र किसानलाई एकताबद्ध गर्न सजिलो भएको थियो । 

विश्वको कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययनबाट यो स्पष्ट हुन्छ कि  सर्बहारा वर्ग नै क्रान्तिकारी संघर्षका क्रममा सबैभन्दा क्रान्तिकारी र साहसी सावित भएको र कुनै खतरा र बलिदानबाट नभागिकन यो क्रान्तिकारी संघर्षको अग्रमोर्चामा रहि रहेका छ । र अनिमात्रै त्यो वर्ग  हरेक देशको  क्रान्तिको अपराजेय नेतृत्वदायी शक्ति बन्न गयो । 

लामो क्रान्तिको दौरानमा  सर्बहारा वर्गले आफूलाई सबै भन्दा दृढ, सबैभन्दा प्रगतिशील र सबैभन्दा क्रान्तिकारी वर्गमा आफ्नो वर्गीय आधार खडा गर्न सफल भएको पाइन्छ । एउटा कम्युनिस्ट पार्टी  सर्बहारा वर्गका उल्लेखित विशेषता र गुणहरुलाई ग्रहण गरेकोलाई मात्रै भनिदैन, कम्युनिस्ट पाटी भनेको त त्यो देशका सर्बहारा वर्गले ग्रहण गरेका उललेखित विशेषता तथा गुणहरुको संकेन्द्रित अभिव्यक्ति पनि हो ।

चीनीयाँ सर्बहारा वर्गवारे क. माओले भनेका छन् – चीनीयाँ कम्युनिष्ट पार्टी सर्बहारा वर्गको राजनीतिक पार्टी यसकारणले पनि हो कि यो क्रान्तिकारी आन्दोलनमा माक्र्सवाद–लेनिनवादको प्रयोगको उपज वन्न गयो । यसले आफ्नो जन्म देखि नै सर्बहारा वर्गका आफना उत्पीडक र शोषकहरुका विरुद्ध प्रतिरोध संघर्ष कहिल्यै रोकेन । निसन्देह, मई ४को आन्दोलन भन्दा अगाडी चिनीया श्रमजीवि वर्ग स्वतस्फूर्त संघर्ष कै चरणमा थियो, र स्वतन्त्र राजनीतिक शक्तिका रुपमा संगठित भएको थिएन । माक्र्सवाद–लेनिनवाद र अक्टोबर क्रान्तिको प्रभाव स्वरुप १९१९मा चलाईएको मई ४ आन्दोलन साम्राज्यवाद तथा सामन्तवादका विरुद्ध परिलक्षित र≈यो । यो महान् क्रान्तिकारी आन्दोलनको प्रक्रियामा चिनीया सर्बहारा वर्ग एउटा स्वतन्त्र राजनैतिक शक्तिका रुपमा ईतिहासको रंगमञ्चमा देखा प¥यो र यसले आÏनो विशाल तागत र बढदो आकारलाई प्रदर्शित ग¥यो । यसका साथै मई ४ आन्दोलनले प्रारम्भिक कम्युनिष्ट विचार भएका थुप्रै वुद्धिजीविहरुलाई झकझक्यायो — यी बुद्धिजीविहरु माक्र्सवाद–लेनिनवादको अध्ययन तथा प्रचारको महत्वका साथै सर्वहारा वर्गले ग्रहणगरेको ऐतिहासिक स्थान बारे जानकार भए र यसरी मजदुर तथा किसानसंग आफुलाई एकीकृत गर्ने बाटोमा लागे । मई ४ आन्दोलनले माक्र्सवाद—लेनिनवादको सार्वभौम सच्चाईलाई चिनीया क्रान्तिको मूर्त व्यवहारमा लागुगर्ने कामको सुरुआत ग¥यो । यसले, पार्टी निर्माणका निमित्त वैचारिक धरातल र कार्यकर्ता निर्माणको आधार तयार ग¥यो । यो ऐतिहासिक प्रक्रियाले देखाउंछ कि चिनीया कम्युनिष्ट पार्टीको निर्माण आधुनिक चीनमा भएको सर्बहारावादी क्रान्तिकारी आन्दोलनको विकासको अपरिहार्य परिणाम थियो, यो माक्र्सवाद–लेनिनवादको चिनीयाँ क्रान्तिकारी आन्दोलनमा प्रयोगको उपज थियो ।

माओका उल्लेखित अनुभवले के स्पष्ट पार्दछ कि एउटा कम्युनिष्ट पार्टी सर्बहारा वर्गको पार्टी हुनका लगि  यसले सर्वहारा वर्गको आधारभूत स्वार्थ र वर्गीय चाहनाको घनिभूत तरिकाले प्रतिनिधित्व गर्नु पर्दछ । 

सर्बहारा वर्गका महान गुरुहरु, माक्र्स र एङ्गेल्सले कम्युनिष्ट पार्टीको घोषणा पत्रमा भनेका छन्, “पहिलेका सबै ऐतिहासिक आन्दोलनहरु अल्पसंख्यकका आन्दोलनहरु थिए, अथवा अल्पसंख्यकको स्वार्थमा थिए । सर्बहारा आन्दोलन सचेत र बहुसंख्यकको स्वतन्त्र आन्दोलन हो, बहुसंख्यकको स्वार्थमा चलाईने आन्दोलन हो ।” 

त्यसैगरी लेनिन र माओका अनेकौ लेखहरुमा उनीहरुले  पनि भनेका छन्, “कम्युनिष्ट पार्टी एउटा राजनीतिक पार्टी हा,े जसले जनता र राष्ट्रको सेवा गर्दछ र जसका कुनै आफ्ना निजी स्वार्थहरु हुदैनन् ।” 

सर्बहारा वर्गका महान गुरुहरुका यी शिक्षाहरुले सर्वहारावर्गको राजनीतिक पार्टीको विशेषतालाई स्पष्ट देखाउंछन्, यीनले पार्टी र सर्बहारा वर्ग तथा अन्य श्रमजीवि जनताका बीचका स्वार्थहरुको पहिचानलाई प्रतिविम्वित गर्दछ । सामुहिक भलाईको निमित्त पार्टी निर्माण गर्ने या व्यक्तिगत स्वार्थको निम्ति पार्टी स्थापना गर्ने भन्ने कुराले सर्बहारा वर्गको पार्टीलाई बुर्जुवा वर्गको राजनीतिक पार्टीबाट पृथक गर्दछ । सर्बहारा वर्गले पुँजीपति वर्ग र अन्य सबै शोषक वर्गलाई पूर्णरुपमा मिल्काउन, शोषणका सबै प्रणालीहरुलाई हटाउन र सर्बहारा वर्ग र सम्पूर्ण मानवजातीको पूर्ण मुक्तिका निम्ति संघर्ष गर्न आफनै राजनीतिक पार्टी स्थापना गर्दछ, यसको अर्थ सर्बहारा वर्गले सामुहिक भलाईको निमित्त, क्रान्तिको निमित्त र जनताको निमित्त पार्टी स्थापना गर्दछ ।

 तर, यसको विपरित सबै पूजीवादी र संशोधनवादी पार्टीहरुले शोषक वर्गका स्वार्थहरुको रक्षा गर्ने र पुँजीपति वर्गले सर्बहारा वर्ग र अन्य सबै श्रमजीवि जनताको निर्मम शोषण गर्ने प्रणालीको रक्षा गर्ने काममा आफनो मेहनत लगाउंछन् — यस्ता पार्टीहरु बनाउने आफनै लागि हो, मुठ्ठीभर जनताका निजी स्वार्थहरुलाई पच्छ्याउन र शोषक वर्गको सेवामा लाग्नका निम्ति हो । नेपालका वर्तमान कम्युनिस्ट पार्टीहरुवारे यी उल्लेखित भनाइहरु सही ठहर्छन । 



Share Your Thoughts