कोरोना भाइरसको अर्को दाईभाइरस आयो— ‘निपाह भाइरस’ !



Dharana    

access_time 16 Sep 2021

—  राज्यलक्ष्मी शाक्य

कोरोना भाइरसको आतंक रहेकै बेला फेरी अर्काे भाइरसको आतंक थपिएको छ । छिमेकी देश भारतको केरला राज्यबाट देखापरेको यो भाइरसको नाम ‘निपाह भाइरस’ रहेको छ । निपाह भाइरसको चरित्र पनि कोरोना भाइरस प्रकृतिको रहेको पाइएको छ । तर यो भाइरसको संक्रमण मानिसदेखि मानिसमा, पशुदेखि मानिसमा र मानिसदेखि पशुमा हुने जनाइएको छ ।

पछिल्ला तथ्यांकहरुले समेत देखाइ सकेको छ कोरोना भाइरस आपैmमा खतरनाक रोग भनेर । अभैm रोकिएको छैन कोरोना भाइरसको विभिन्न स्वरुपहरु । कोरोना भाइरस विरुद्धको खोपको आविष्कार गरिएता पनि एकपछि अर्को  कोरोना भाइरससित सम्बन्धित विभिन्न रोगका लक्षणहरु देखापर्न थालेका छन् । पछिल्ला साढे दुई बर्षदेखि सताइरहेको यस कोरोना महामारीबाट विश्वका महाशक्तिशाली राष्ट्रहरु अमेरिका, जापान, चीन, इटाली, स्पेन, बेलायत जस्तालाई समेत नराम्ररी असर पारेको छ ।

छिमेकी देश भारतसँग नेपालको सिमाना जोडिएका कारणबाट भारतमा देखापर्ने संक्रमण नेपालमा तुरुन्तै आइपुग्छ । खुल्ला सिमानाको कारणबाट आवागमन अनियन्त्रित छ । अनियन्त्रित आवागमनकै कारण भारतले नेपाललाई संकटमा फसाइरहेको छ । जव भारतमा संक्रमण सुरु हुन्छ । त्यहाँबाट नेपालमा आउने मानिसहरुको गति निकै तीब्र हुन्छ, जुन कारणबाट नेपालका विभिन्न जिल्लाहरुमा संक्रमण पैmलिने गरेको छ । निपाह भाइरस पनि त्यही गतिका साथ संक्रमण हुन सक्ने खतराप्रति नेपाल सचेत र सावधान बन्न जरुरी छ ।

नेपाल जस्तो विकासोन्मुख तथा भारतसित खुल्ला सिमाना भएको नाताले नेपाल सरकार संक्रमणप्रति सतर्कता अपनाउन तयार भईहाल्नु पर्दछ । यसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजना अघि बढाएको भएता पनि हेलचक्रयाईमा सुधार हुन जरुरी छ । निपाह भाइरसको संक्रमणबाट बच्न फलफुल राम्रोसँग पखालेर खाने, तरकारी राम्रो पकाएर खाने, माछामासु राम्रोसँग पकाएर खाने, मास्क लगाउने र सावुन पानीले हात धुनु नै उपायहरु सुझाइएको छ । यो भाइरसबाट संक्रमण भएकालाई ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ। यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ । यो रोगबाट संक्रमित भएकाहरु मध्ये ७५ प्रतिशतसम्मले ज्यान गुमाएको पनि जनाइएको छ । त्यसैले यो रोगको संक्रमण प्रवेश हुनै नदिनेतर्पm सचेतता जरुरी छ ।

एक अध्ययन अनुसार तुलनात्मक रुपमा कुनै रोग भारतमा फैलन सुरु भए पश्चात नै नेपालमा त्यो रोगको जोखिम कायम रहेको जनाइएको छ । पछिल्लो साता भारतमा निपाह भाइरसको संक्रमण फैंलिदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको जोखिमबारे सर्वसाधारणलाई सचेत गराएको छ । स्वाथ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार निपाह भाइरस हालसम्म नेपालमा देखा नपरेको भएता पनि सतर्कता हुनु पर्छ ।  यो रोग विशेषगरी चमेरा र बङ्गुरबाट सर्ने भएकाले भारतबाट चमेराहरु बसाई सरी आउन सक्ने कारणले पनि संक्रमणको जोखिमतर्पm ध्यान पु¥याउन जरुरी छ । नेपालमा यसको जोखिमलाई रोक्न निक्कै कठिन देखिएको छ । यस्तै संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार काठमाडौंको नारायणहिटी दरबार छेउछाउमै अत्यधिक चमेराहरुको बसोबास रहेकोले निपाह भाइरसको जोखिम बढी रहेको दावी गर्नु भएको छ ।

सन् १९९९ मा पहिलो पटक मलेसियामा बङ्गुरमा यो निपाह  भाइरस फेला परेको जनाइएको छ । जनावरबाट मानिसमा सर्ने भएकाले यो भाइरसलाई जिनोटिक भाइरस पनि भनिन्छ । त्यसयता अहिलेसम्म यो भाइरस मलेसियामा देखापरेको छैन । यो भाइरस सन् २००१ मा बङ्गलादेशमा देखापरेको थियो । त्यसयता यसले व्यापक रुप लिन थालेको जनाइएको छ । पछि पूर्वी भारतमा पनि देखा पर्न थाल्यो । घाना, कम्बोडिया, ईन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाईल्यान्डमा पनि यो भाइरस देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनकाअनुसार निपाह भाइरस ज्यादै संक्रामक छ । उहाँकाअनुसार यो भाइरस विशेषगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो भाइरसले चमेरोलाई केही असर गर्दैन, तर मानिसमा सजिलै सर्न सक्छ । यो भाइरसले आक्रमण गरेमध्येका ७५ प्रतिशत मानिसको मृत्यु हुनसक्ने उहाँको दावी छ । १० जना व्यक्तिमा यो भाइरसको संक्रमण भयो भने ७ जनाको मृत्यु हुनसक्ने उहाँले जनाउनु भएको छ ।

डा. पुनकाअनुसार यो संक्रमणविरुद्ध अहिलेसम्म कुनै औषधि र खोप पत्ता नलागेकाले सरसरफाई र खानेकुरामा विशेष ध्यान दिनु नै आवश्यक छ । “भारत र बङ्गलादेशजस्ता बाहिरी देशका जङ्गलमा गएर नरिवल, अन्य फलफूल खाने गरेका कारण यी देशहरुमा चमेराको दिसा र पिसावबाट सरेको देखिन्छ, यसकारण हामीले फलफूलहरु राम्रोसँग पखालेर खानुपर्छ,” डा. पुनको सुझाव छ ।

निपाह भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई कन्ट्राक्ट ट्रेसिङ गरेर परिक्षण गर्नुपर्ने डा.पुनको सुझाव छ । यस्तै घरपालुवा जनावरहरुलाई रुघाखोकि लागेको भए भेट्नरी डाक्टरहरुमार्फत स्वाव सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि उहाँले सुझाउनु भएको छ ।-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts