कोरोनाको खोप लगाएर बाँचौं ! एमसीसीको युद्ध उन्मादमा मर्ने दिन नजिकिदै छ !



Dharana    

access_time 14 Sep 2021

— राज्यलक्ष्मी शाक्य 

विश्वका सबै देशका सरकारहरु कोरोना विरुद्ध आक्रामक रुपमा लागेका छन् । धेरै देशहरुले खोप उत्पादन गरिसकेका छन् । तर अमेरिकालाई युद्ध उन्मादले छोडेको छैन । उसले अफ्गानिस्तानको पराजयबाट अभैm चेतेको छैन् । शक्ति विस्तारका लागि राम्रा काम गरेर मानव कल्याणलाई सहयोगी बन्न सक्नेतर्पm अमेरिकाको ध्यान देखिदैन । अरुलाई मारेर मात्र शक्ति विस्तार हुन्छ भन्ने सोचबाट अमेरिकी सरकार लागि परेको छ । त्यसैका लागि एमसीसी नामको अमेरिकी युद्ध उन्माद नेपालमा आउन खोजिरहेको छ । त्यसलाई स्वागत गर्न नेपाल सरकार लम्पसार परिरहेको छ । कोरोनाविरुद्धको खोप लगाएर जनतालाई बचाउने आशा देखाउँदै नेपाली जनताका बस्ती उजाड बनाउने  र वातावरणलाई  असन्तुलित बनाउन जंगल विनाश गर्ने योजनाका  साथ अमेरिकाको एमसीसी नेपाल आउँदै छ । 

मानिसको ज्यान बचाउन कोरोना विरुद्धको खोप विकास गरिएको छ । खोप लगाएर कोरोनाबाट सुरक्षित भइन्छ भन्ने प्रचार गरिएको छ । देशभित्र उत्पादन गर्न नसकेपनि छिमेकी देशहरुको सहयोगबाट नेपाली जनताले पनि कोरोना खोप लगाइरहेका छन् । बमका धमाकाबाट जनतालाई मार्न चाहने युद्ध उन्मादी शासकहरुले खोपको उत्पादन किन गरेका होलान् ? उनीहरुले खोप उत्पादन मानव रक्षाका लागि नभएर व्यापार विस्तारको लागि गरेका हुन् भन्ने यसैबाट पनि बुझ्न सकिन्छ । खोप लगाएर मान्छे बचाउने अनि बम पड्काएर तिनै मान्छे मार्ने कस्तो अन्धा सरकार हो ? 

कोरोना विरुद्धका खोपहरु अमेरिका, रुस र जापान जस्ता शक्तिशाली देशहरुले निर्माण गरेर कोरोना रोकथाम तथा नियन्त्रण गर्ने अभियान चलाएको भएता पनि अभैm पनि कोरोना भाइरसको  महामारीबाट विश्व जगत मुक्त हुन सकेको छैन । झन नेपाल जस्तो विकोन्मुख देश अभैm पनि यस महामारीबाट उम्कन सकिरहेको छैन । तै पनि आगामी दशैभित्र सरकारले ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता व्यक्त गरिरहेको छ । चीनको सिनोफार्म कम्पनीसँग नन डिस्क्लोजर सम्झौता गरेर खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये ४४ लाख मात्रा खोप आउन लागेको स्वास्थ्य महाशाखाअन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालले जनाएका छन् ।   

नेपालले अहिलेसम्म अनुदान सहयोग, खरिद र कोभ्याक्स सुविधामार्फत करिब १ करोड ३३ लाख खोप प्राप्त गरिसकेको जनाइएको छ । नेपाल सरकारले आगामी दसैँसम्म ३३ प्रतिशत जनतालाई पूर्ण रुपमा खोप लगाइसक्ने योजना  बनाएको छ । हालसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दसैँसम्ममा उक्त संख्या दुई करोड पाँच लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका छन् । 

कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला मनाङ भएको छ भने पाँचौं नम्बरमा काठमाडौं जिल्ला परेको छ । मनाङमा ५७ प्रतिशत, मुस्ताङमा ५६ प्रतिशत, रसुवामा ४६ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र काठमाडौंमा ४० प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । सबै जिल्लामा ४० प्रतिशतभन्दा कम नागरिकले पूर्ण खोप लगाएका छन् । यस्तै, प्रदेश १ मा १० प्रतिशतले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाएका छन् भने प्रदेश २ मा ७ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, बागमती प्रदेशमा २९ प्रतिशत, गण्डकी प्रदेशमा १७ प्रतिशत, लुम्बिनी प्रदेशमा १६ प्रतिशत, कर्णाली प्रदेशमा १२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १५ प्रतिशतले पूर्ण खोप लगाएको जनाइएको छ । 

सरकारले  आगामी चैतसम्ममा ७१.६ प्रतिशत जनतालाई खोप दिइसक्ने प्रतिवद्धता जनाएको छ । निर्धारण गरेको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार  ७ सय  ६३  जनालाई चैतसम्ममा खोप दिइसक्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको दाबी छ । १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको पनि टुंगो लागिसकेको उनले जनाएका छन् । ६० लाख मात्रा फाइजरको खोप प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको पनि  मन्त्री श्रेष्ठले जनाएका छन् । यस्तै सरकारले दसैँमा भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्ने भएकाले सीमा नाका क्षेत्रमा खोप कार्यक्रम योजना बनाउने सोच बनाएको समेत उनले जनाएका छन् । खोप लगाएर अव बाँचियो भन्ने भावना नेपाली जनताले बनाउन सक्ने अवस्था रहेको छैन ।  अमेरिकाले नेपाललाई युद्ध स्थल बनाएर आफ्नो सुरक्षा रणनीति लागू गर्ने योजना बनाएकाले नेपाल असुरक्षित भइरहेको छ । राजनीतिक दलका नेताहरुले अमेरिका र चीनको शक्ति उन्मादलाई रोक्न  एमसीसी फिर्ता गर्न सकेनन् भने कोरोनाबाट बाँचेका हामी नेपाली युद्धका धमाकाले खरानी बन्ने दिन नजिकिदै छ । 




Share Your Thoughts