भ्रष्टाचार बिरुद्धको समाचारलाई लिएर पत्रिकाको कार्यालयमा सरकारको छापा



Dharana    

access_time 22 Jul 2021

काठमाडौं / भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा बिहीवार बिहान सेन्ट्रल अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ।

सीबीडीटीका प्रवक्ता सुरभी अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेका छन् । उनले भने, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यतिमात्र भन्न सक्छौँ।’

दैनिक भास्करका नेशनल एडिटर लक्ष्मी प्रसाद पन्तले सीबीडीटीको टोली जयपुर कार्यालयमा पुगेको खबर प्राप्त भएको जनाए।

दैनिक भास्कर भारतको चर्चित हिन्दी अखबार हो। दैनिक भास्करले कोभिड महामारीको समयमा खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो जसमा सरकारले कोभिड महामारी व्यवस्थापनमा गरेको आर्थिक अनियमितता लगायतका कृयाकलापमाथि प्रश्न उठाएको थियो।

दैनिक भास्करको कार्यालयमा छापा मारिएको विरोधमा विपक्षी दलले नाराबाजी गरेपछि दुवै सदन स्थगित गरिएका छन् ।



Share Your Thoughts