ट्रट्स्कीबाद र अन्य अवसरवादी प्रवृतिहरूका विरूद्ध संघर्ष



Dharana    

access_time 22 Jul 2021

-हुकुमबहादुर सिंह

रसियन क्रान्तिको अवधिभर र सत्ता खोसेपछि पनि बोल्सेविक लाइनले विभिन्न अवसरवादी लाइनहरूका विरूद्ध संघर्ष सञ्चालन गर्नु परेको थियो । ती माक्र्सवाद विरोधी प्रवृतिहरूमध्ये एउटा अति नै महत्वपूर्ण अवसरवादी प्रवृति ट्राटस्कीवादी प्रवृति थियो, जसलाई यसका जन्मदाता लियोन ट्राटस्कीको नामबाट राखीयो । ट्राटस्की रसियन सोसलिष्ट डेमोक्रेटिक लेवर पार्टीका सदस्य थियो, जसले बोल्सेविकहरू र मेन्सेविकहरूबीच विभाजन हुने समयमा मेन्सेविकहरूको पक्ष लिएको थियो । पछि गएर उसले दुवै बोल्सेविक र मेन्सेविक प्रवृतिबाट वेग्लै एउटा ल्बक गठन गर्ने कोशिस ग¥यो र आफूलाई ‘मध्यपन्थी’का रूपमा प्रस्तुत गर्ने कोशिस समेत ग¥यो, जसले दुवै समूहहरूलाई एकतावद्ध गर्न सकथ्यो । फरवरी क्रान्तिको सफलतापछि उसले उसका गल्तीहरूका लागि आत्मआलोचना ग¥यो र बोल्सेविक पार्टीमा समाहित भयो र उसलाई केन्द्रीय समितिमा ल्याइयो । अक्टोवर क्रान्तिपछि उ विदेश विभागको कमिसार थियो(१९१७–१९१८) र सैनिक र नेभल विभागको कमिसार भयो(१९१८–१९२४), जुन पदबाट उसलाई उसका अवसरवादी र गुटवादी कृयाकलापहरूका लागि दोषी पाइयो र पदबाट हटाइयो ।

खासगरी समाजवादी निर्माणको अवधिमा, ट्राटस्कीवादले एउटा धेरै विध्वम्सात्मक र गुटगत भूमिका खेल्यो । स्तालिनले ट्राटस्कीवादी अवसरवादका विरूद्धको सम्झौताहिन संघर्षमा पार्टीको नेतृत्व गरे । ट्राटस्कीवादका विशिष्ट तीनवटा विशेषताहरू जसलाई स्तालिनद्धारा उनको ट्राटस्कीवाद वा लेनिनवादमाथिको भाषणमा  बूँदागत बनाइएको थियो -

ट्राटस्कीवादका विशेषताहरूः

१. निरन्तर क्रान्तिको सिद्धान्त -

यो सिद्धान्त अनुसार, ट्राटस्कीले प्रस्ताव ग¥यो कि किसानको सहयोग नलिइकन सर्वहाराले क्रान्तिको पुँजीवादी चरणबाट समाजवादी चरणतर्फ छिटो छिटो बढनु पर्छ । उसले यसरी सर्वहारा र किसानको अधिनायकत्वको कुनै पनि कुराको विरूद्ध थियो । उसले यसरी सर्वहाराको सबैभन्दा भरपर्दो र बलियो साथी किसानको भूमिकालाई इन्कार ग¥यो । यो सिद्धान्त जुन धेरै ‘वाम’ जस्तो देखिन्छ वास्तवमा सारमा त्यसको अर्थ क्रान्तिप्रतिको धोका हो किनभने किसानविना सर्वहाराका लागि सफलताको कुनै आशा थिएन् र क्रान्ति निश्चित रूपले असफलतामा टुङगीने वाध्यता हुन्थ्यो । यो सिद्धान्तको अको पक्ष थियो कि विकसित पुँजीवादी देशहरूमा क्रान्ति समाजवादी निर्माणका लागि आवश्यक थियो । उसको निरन्तर क्रान्तिको सिद्धान्त विश्व क्रान्तिको एउटा सिद्धान्त पनि थियो, जसले प्रस्ताव गरेको थियो कि यद्धपि क्रान्ति एउटा रसियन आधारमा सुरू हुनेछ, क्रान्तिकारीहरूले यसलाई तुरून्तै अन्य देशहरूमा फैलाउनका लागि कार्य गर्नु पर्दछ । फेरी यो प्रस्ताव धेरै ‘वाम’जस्तो देखिन्छ तर वास्तवमा त्यसको अर्थ एउटा धेरै हरूवा बुझाई जसले एउटा देशमा समाजवादको निर्माणको सम्भावनाको विरोध गर्दथ्यो ।

लेनिनले १९०५को क्रान्तिको लगत्तैको अवधिमा जब ट्रटस्की बोल्सेविक प्रवृतिको एउटा हिस्सा थिएन्, त्यसमा देखिएको यो माक्र्सवाद विरोधी सिद्धान्तको तुरून्तै विरोध गरे । यद्धपि जव ट्रटस्कीले बोल्सेविक पार्टी ज्वाइन ग¥यो, र यसको एक जना नेतृत्वदायी सदस्य भयो । यो विभिन्न तरिकाले पार्टीभित्र देखियो र अक्टोवर क्रान्तिपछि विभिन्न विन्दुहरूमा यसका विरूद्ध लडाइ लडनु परेको थियो ।

क्रान्तिपछि लगत्तै भएको जर्मनसितको शान्ति सम्झौताको दौरानमा भएको पहिलो घटना थियो । ट्रटस्कीले  उसको सिद्धान्तका आधारमा युद्धलाई निरन्तता दिन चाहन्थ्यो किनभने  उसले महसुस गरेको थियो कि यसले जर्मनीमा क्रान्तिकारी परिस्थिति ल्याउन र जर्मनीमा क्रान्तिको सफलताका लागि यसले मद्त गर्ने छ । जर्मनी एउटा विकसित पुँजीवादी देश भएकाले रसियन क्रान्तिको एकतावद्धताभन्दा त्यो ज्यादा महत्वपूर्ण थियो । लेनिन र स्तालिनले जोडदार रूपले यो तर्कलाई विरोध गरे, तर यो बुझाइलाई बहसमा ल्याएर पराजित गर्न एउटा विशेष सातौ कंग्रेस आयोजना गर्नु पर्ने भयो ।

यो सिद्धान्तको अर्को एउटा उदाहरण नयाँ आर्थिक नीति(नेप) लागु गर्दा ट्रटस्कीको विरोधको लडाइका विरूद्ध थियो । किसानसित मित्रताको एउटा विरोधी हुनुले, उसले अनुभूति ग¥यो कि नेप केही पनि थिएन् केबल एउटा प्रतिगमन थियो । उसले समाजवादी निर्माणको लागि जमिनको तयारी गर्न यो मित्रतालाई बचाएर राख्नुको आवश्यकता स्विकार गरेन् । फेरी यो बुझाइका विरूद्ध लडनु पर्ने थियो र दशौ पार्टी कंग्रेसमा यो पराजित भयो ।

तेस्रो उदाहरण नेपबाट समाजवादी औधोगिकीकरणतर्फको फकाईको समयमा थियो । त्यो समयमा ट्रटस्कीले अन्य तत्वहरूसित एकतावद्ध भएर प्रस्ताव ग¥यो कि एउटा देशमा समाजवादको निर्माण असम्भव थियो । ट्रटस्कीको ‘निरन्तर क्रान्ति’ र ‘विश्व क्रान्ति’मा आधारित यो प्रस्ताव सम्वन्धी बुझाइको अर्थ समाजवादी निर्माणतर्फको एउटा हरूवा र अवसरवादी पद्धति हुन सक्थ्यो जसले विकसित पुँजीवादी देशहरूमा क्रान्तिको सफलतामा रसियामा समाजवादको सफलताको तथाकथित आधार हुन सक्दथ्यो । स्तालिनले १९२५मा भएको चौधौ पार्टी कंग्रेसमा यो बुझाइका विरूद्ध पार्टीलाई एकतावद्ध गरे ।

२. ट्रटस्कीवादको दोस्रो विशेषता बोल्सेविक पार्टी सिद्धान्तहरूप्रति यसको विरोध हो । ट्रटस्कीको जनवादी केन्द्रीयता र लेनिनवादी पार्टीको अवधारणा सम्वन्धी विरोध उसको बोल्सेविकहरू सित मेन्सेविकहरूको विभाजनका  दौरान उसले मेन्सेविकहरूलाई दिएको समर्थनको सुरूबाटै स्पष्ट थियो ।  पछि १९१२मा समेत उसले सबै अवसरवादी प्रवृतिहरूजस्तै लीक्वीडेटर्स र रिकालिष्टहरूसित मिलेर गठन गरिएको एउटा गुट जसलाई अगस्त ल्बक भनियो । एउटा  ‘मध्यपन्थी’ भएको बाहना गर्दै जसले बोल्सेविकहरू र मेन्सेविकहरूलाई एकतावद्ध गर्न गइरहेको थियो, ट्रटस्कीले वास्तवमा पूर्ण रूपले मेन्सेविकहरूलाई समर्थन गर्दथ्यो र उनीहरूसित संयुक्त रूपले काम गरिरहेको थियो । लेनिनले,स्तालिन र अन्यहरूको समर्थनमा यो अवसरवादी ल्बकको विरोध गरे र यसका विरूद्ध लडाइ लडे ।

१९२३मा जब लेनिन नराम्रोगरी विरामी भए, ट्रटस्कीले पार्टीमा भएको जनवादी केन्द्रीयताका सबै नर्मसहरूको फिर्ता गर्न माग राख्नलाई नेतृत्वमा देखिएको यो ग्यापको फाइदा लियो । उसले एउटा ४६ जना विरोधीपक्षहरूको घोषणापत्र तयारी गर्नलाई सबै विभिन्न प्रकारका विरोधी तत्वहरूलाई एकतावद्ध ग¥यो, जसले कम्युनिष्ट पार्टीमा गुटहरू र समूहहरूको स्वतन्त्रताको माग राख्यो । यो गुटवादी मार्गलाई पनि परास्त गरियो ।

यद्धपि ट्रटस्कीको ‘स्वतन्त्रता’ र ‘जनवाद’को माग पुरै अवसरवादी थियो र यसमा निर्भर थियो कि  उ एउटा निर्णय गर्ने पदमा थियो  अथवा थिएन् । यसरी जब उ १९२०मा निर्णय गर्नेको केन्द्रमा थियो, ट्रटस्कीले ट्रेड युनियनहरूलाइ आर्मी अनुशासनका लागि पठाउने भन्दै तिनीहरूको  ‘सैनिकिकरण’को प्रस्ताव राख्यो । उसले ट्रेड युनियनहरूलाइ दिइने जनवाद र ट्रेड युनियन  समितिहरूका लागि गरिने निर्वाचनको विरोध ग¥यो । लेनिन, स्तालिन र अरू कमरेडहरूले यो बुझाइका विरूद्ध संघर्ष गरे र जोड गरे कि ट्रेड युनियनहरूले सबै उनीहरूका कृयाकलापहरूलाई विश्वासको तरिकामा आधारित बनाउनु पर्दछ ।

३. ट्रटस्कीवादको तेस्रो विशेषता भनेको  यसको बोल्सेविक नेतृत्वका विरूद्धको वारम्वारको झुटा प्रचार थियो । सुरूका अवधिमा ट्रटस्कीले सबै उसका अक्रमणहरू लेनिनमाथि केन्द्रीत ग¥यो । पछिल्ला अवधिमा स्तालिनलाई उनको प्रतिष्ठामा धक्का कसरी पु¥याउन सकिन्छ, ती  सबै तरिकाको लागि उ केन्द्र बने ।

खुल्ला बहसमा पार्टीलाई उसको पक्षमा लिएर विजय पाउनमा सफल नभएपछि, उसले गोप्यखालका  हर्कतहरू सुरू ग¥यो । १९२६मा उसले एउटा गैर कानुनी प्रेस र गोप्य प्रचारप्रसार सहितको एउटा गोप्य गुट सुरू ग¥यो । यो पत्ता लगाइयो र उसलाई अन्त्यमा पार्टीबाट निष्काशन गरियो । उ विदेशतीर लाग्यो तर पार्टीभित्रका अन्य गुटवादीहरूसितको सम्पर्कलाई निरन्तरता दियो । १९२९मा अर्को समूह(सही प्रतिपक्ष ) एकजना पोलिट ब्यूरो सदस्य बुखारिनको नेतृत्वमा गठन गरियो जसले कुलकहरूका विरूद्धको लडाई र कृषिको सामूहिककिरणको प्रक्रियालाई अगाडि लैजानेको विरूद्ध विरोध ग¥यो । यो लाइनलाई पनि पराजित गरियो ।

तीसको दशकमा यद्धपि ट्रट्स्कीवाद मजदुर वर्गभित्र एउटा राजनीतिक प्रवृति हुनबाट हराउदै गयो । यसले यसको माक्र्सवाद विरोधी लाइनको खुला प्रचारका प्रयासहरूलाई त्यागी दियो तर गोप्य योजना बनाउने र युद्ध अभ्यासमा वदलाव ग¥यो । सोभियत संघमा ट्रटस्की र उच्च ट्रटस्काइटहरूले विदेशी जासुसी सेवाहरूसित सम्वन्ध विकास गरे र पार्टीभित्रका नेतृत्वदायी तत्वहरूको हत्या गर्ने र पार्टीको नेतृत्व हडप्ने  योजनाहरूमा काम सुरू गरे । यो योजनाको एउटा भागका रूपमा १९३४मा कमरेड किरोभको हत्या गरियो, जो त्यस समयमा स्तालिन पछिको पार्टी लिडरशिपमा दोस्रो नम्बरमा थिए । अनुसनधानले के लाई संकेत ग¥यो भने प्रमुख षडयन्त्रकारीहरू धेरै जसो पार्टीको केन्द्रीय समितिका सदस्यहरू भएको पत्ता लाग्यो । खुल्ला इजलास आयोजित गरियो जहाँ तिनीहरूले उनीहरूका अअपराधहरू स्विकार गरे । धेरैलाई फाँसिको सजाए दिइयो र मारियो ।-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts