चीनमा जनताका कम्युनहरूको जन्म



Dharana    

access_time 10 Jun 2021

-हुकुमबहादुर सिंह

चीनमा नयाँ जनवादी आर्थिक कार्यक्रमको कार्यान्वयन क्रान्तिको राष्ट्रव्यापी विजयभन्दा पहिले समेत सुरू गरिएको थियो । लाल सेना र चीनीयाँ क्रान्तिको विजयपछि लगत्तै १९४७मा चीन रणनीतिक प्रत्याक्रमणमा प्रवेश ग¥यो, अनि त्यसको घोषणा माओले गरे र त्यसको कार्यान्वयन गर्न सुरू गरे, जसलाई नयाँ जनवादी क्रान्तिका तीन प्रमुख आर्थिक नीतिहरू भनिन्थ्यो  ।  

नयाँ जनवादी क्रान्तिका तीन प्रमुख आर्थिक नीतिहरू यी थिए ःप्रथम सामन्त वर्गको जमिन खोस्ने र यसको किसानबीचमा वितरण  गर्ने, द्धितीय दलाल पुँजीपतिको पुँजी खोस्ने  र तृतीय राष्ट्रिय पुँजीपतिको उद्योग र वाणिज्यलाई संरक्षण गर्ने । 

यी उल्लेखित नीतिहरू क्रान्तिकारी नियन्त्रण अन्तरगत रहेका उत्तरी चीनका विशाल क्षेत्रहरूमा कार्यान्वयनका लागि तुरून्तै लागु गरियो र १९५०को मध्यतीर ती क्षेत्रहरूमा कृषि सुधार पुरा गरियो । साथसाथै कृषि सुधार कार्यक्रम देशका वाँकी भागहरूमा पनि पुरा गरियो ।

१९५८मा जनताको कम्युन–जन कम्युन  निर्माण सुरू भयो । यो प्रक्रिया पहिले स्वस्फूर्त रूपले सुरू भयो जब सुख्खाले असर गरेका छिमेकि किसान संगठनहरूले एउटा सिंचाई परियोजना कार्यान्यनका लागि उनीहरूको लेवर र अन्य स्रोतहरू एक ठाउँमा ल्याएर मर्जर गर्ने योजना तयार बनाए । तिनीहरूको मर्जरलाई माओले कम्युनको नाम दिए । माओले यस्ता संगठनको गठनलाई प्रोत्साहन दिए र यसले देशभरी कम्युनहरूका एउटा तीव्र फैलावटलाई अगाडि बढायो । ठूला स्तरका आयोजनाहरू जस्तै बाढ नियन्त्रण, पानीको संरक्षण, वृक्षरोपण, मतस्यपालन र यातायातको जिम्मेवारी लिन छिमेकी सहकारीहरू मर्जर गरेर तिनीहरू संगठित गरिए । यसको साथै, घेरै कम्युनहरूले ट्रयाक्टरहरू, रसायनिक मल खादहरू, र उत्पादनका अन्य साधनहरू बनाउनका लागि उनीहरूको आफ्नै  कारखानाहरू स्थापना गरे । जन कम्युनहरूको स्थापना गर्ने आन्दोलन एक दमै तीव्रताका साथ वृद्धि हुदै गयो । केन्द्रीय समिति  र चीनीयाँ कम्युनिस्ट पार्टीले १९५८ डिसेम्वरको यसको प्रशिद्ध उहान प्रस्तावमा घेषणा ग¥यो कि “१९५८को ग्रीष्ममा सुरूको कहि महिनाभित्र, सात लाख चालिस हजारभन्दा ज्यादा देशमा रहेका सबै कृषि उत्पादक सहकारीहरूले, किसानको जनताको हौसलापूर्ण मागलाई सम्वोधनमा, आफूलाई २६हजार जन कम्युनहरूमा पुनःसंगठित गरे । १२० लाख घरधूरीहरू, अथवा विभिन्न नेष्नलिटीहरूका सबै चीनका किसान घरधुरीहरूको ९९ प्रतिशतभन्दा बढीले, जन कम्युन ज्वाइन गरे ।” 

राजनीतिक महत्वलाई सारम्सकृत गर्दै, केन्दीय समितिले यो भन्योः –“ उद्योग, कृषि, व्यापार, शिक्षा, र सैनिक कार्यहरूलाई एक आपसमा मिलाउदै जानेमा जन कम्युन हाम्रो देशको समाजवादी सामाजिक संरचनाको आधारभूत एकाई हो; सोही समयमा यो समाजवादी राज्य शक्तिको आधारभूत संगठन पनि हो । माक्र्सवादी लेनिनवादी सिद्धान्त र हाम्रो देशमा जन कम्युनको सुरू अनुभवले अहिले हामीलाई अगाडि हेर्नलाई समर्थ बनाएको छ कि जन कम्युनहरूले हाम्रो समाजवादी निर्माणको गतिलाई छिटो लैजाने छन र महसुश गर्नका लागि हाम्रो देशमा, निम्न दुई सक्रमणहरूका लागि सबैभन्दा राम्रो आकार दिने छन ।


“पहिलो, ग्रामीण क्षेत्रमा सामूहिक स्वामित्वबाट समग्र जनताको स्वामित्वतर्फ सक्रमण; र, दोस्रो, समाजवादीबाट साम्यवादी समाजतर्फको संक्रमण । यसलाई पूर्व जानकारी गर्न पनि सकिन्छ कि भावी कम्युनिष्ट समाजमा, जनकम्युन हाम्रो सामाजिक संरचनाको आधारभूत एकाई रहने छ । ”

यसरी कम्युन आन्दोलनले एउटा अत्यन्तै विकासको प्रतिनिधित्व गर्दछ जसले आधारभूत रूपले कृषिको सामूहिकीकरणको प्रक्रिया पुरागरेको थियो । यद्धपि कम्युनको आकांक्षा पूर्ण पव्लीक स्वामित्वलाई सक्रमणको प्रक्रिया अगाडि लैजान चाहन्थे र कम्युनिज्मले त्यो स्तरसम्म पुरा गर्न सक्दैनथ्यो । साथै शहरी कम्युनहरू स्थापना गर्ने प्रयासहरूलाई एकत्रित गर्न सकिएन । 

महान छलांग अवधिमा कम्युन आन्दोलनको पहिलेको अवधिमा, केहि ‘वाम’ गल्तीहरू थिए । माओले फरवरी १९५९मा दिएको भाषणमा यसलाई ‘कम्युनिष्ट हावा’ भनेका थिए ।  यी ‘वाम’ गल्तीहरू, जसलाई माओले पत्ता लगाए, प्रमुख रूपले तीन प्रकारका थिए । पहिलो समग्र कम्युनलाई एउटा एकाउन्टींग एकाइभित्र राखेर कम्युन भित्र गरीब र धनी व्रीगेडहरूको एउटै स्तरीकरण थियो । यसको अर्थ यो थियो कि धनी व्रीगेडहरू(पहिलाका विकसित सहकारी)का किसान सदस्यहरूको शेयर  कम्युन गठनपछि तिनीहरूले पाउने शेयरभन्दा सानो हुनेछ । तिनीहरूले यसप्रकार कम्युनको गठनको विरोध गर्ने छन् र तिनीहरूको सहभागिता स्वयमसेवी रहने छैन् । दोस्रो गल्ती यो थियो कि कम्युनद्धारा जम्मा गरिने पुँजी अति ठूलो थियो र कम्युनको कम्पेन्सेसनविना लेवरका लागि कम्युनको माग अति ठूलो थियो । जब ठूलो रकमहरू पुँजी जम्माका लागि एकातिर राखिन्छ शेयर जुन किसानले पाउछन् सानो पाउछन् । त्यसैगरी कम्पेन्सेसनविनाको ज्यादा लेवर  तवमात्र आउन सक्छ जहाँ चेतना त्यो स्तरसम्म उठिसकेको हुन्छ । तेस्रो गल्ती सबै प्रकारका ‘सम्पतिको कम्युनिकरण’ थियो । केही क्षेत्रहरूमा किसानका स–साना सम्पत्ति जस्तै कुखुरा र सुगुरहरू कम्युन अन्तरगत ल्याउने काम गरियो । यसको पनि विरोध गरियो ।

यी गल्तीहरूलाई छिटै सच्याइए । उत्पादन व्रीगेड(पहिलेका विकसित सहकारी), लाई आधारभूत एकाउण्टींग एकाई राखियो , र १९६२मा, यसलाई यो भन्दा पनि अझ तल्लो स्तरमा ल्याइयो, जुन उत्पादन टिमको परिप्रेक्ष्यमा  यद्धपि, उच्च समाजवादीकरण र कम्युनिज्मतिरको रूपान्तरणको एउटा प्रक्रियाको रूपमा माथिल्लो तहहरूलाई स्वामित्व र जिम्मेवारी उठाइरहेको स्तरको परिप्रेक्ष्य सधै रहन्छ,। यसले सफलता पाउन सकेन । आधारभूत एकाउण्टींग र स्वामित्व एकाई १९७६सम्म उत्पादन टिमको तल्लो स्तरमा निरन्तर रहयो ।-जनधारणा साप्ताहिकबाट



Share Your Thoughts