वैज्ञानिक समाजवाद शान्तिपूर्ण कि सशस्त्र विद्रोहबाट ?



Dharana    

access_time 22 Apr 2021

— निमकान्त पाण्डे 

नेपाली जनताले दुई तिहाई नजिकको बहुमत दिएर कम्युनिष्ट पार्टीलाई सत्तामा पु¥याएका थिए । यसबाट  एउटा कुरा के स्पष्ट हुन्छ भने नेपाली जनतामा कम्युनिष्ट चिन्तन अत्याधिक छ । नेपाली जनता कम्युनिष्ट शासन व्यवस्था मन पराउँछन् भन्ने कुरा चुनावी परिणामले स्पष्ट गरेको हो । परन्तु सत्तासीन कम्युनिष्ट पार्टीले कम्युनिष्ट आदर्श अनुरुपको शासन सञ्चालन नगरेर त्यस बिपरित काम गर्न थालेपछि जनतामा कम्युनिष्ट पार्टीप्रति नै बितृष्णा पैदा गराएको छ भने कम्युनिष्ट पार्टी सत्ता सञ्चालन गर्न असफल भएको पनि प्रमाणित भएको छ । 

कम्युनिष्ट शासन पद्धति भन्नासाथ कम्युन प्रणालीबाट समाज सञ्चालन हुने पद्धति भन्ने बुझिन्छ ।  तर देशमा कम्युन प्रणालीबाट समाजलाई सञ्चालन गर्ने प्रयास कम्युनिष्ट पार्टीको सरकारले गरेन । संविधानलाई समेत संशोधन गर्न सक्ने हैसियत प्राप्त गरेको कम्युनिष्ट पार्टीको सरकारले जनताका चाहनालाई भन्दा विदेशी शक्तिका चाहनालाई केन्द्रमा राखेर नीतिहरु बनाउने र निर्णयहरु गर्ने काम गर्दा जनतामा कम्युनिष्ट पार्टी अलोकप्रिय बन्न गएको छ ।  कम्युन प्रणालीलाई अर्को शब्दमा भन्नु पर्दा समाजवाद पनि भन्न सकिन्छ । समाजवाद वर्तमान संविधानले गन्तव्य निर्दिष्ट गरेको छ । समाजवाद बारे माक्र्स र एङगेल्सले नै  स्पष्ट गर्नु भएको छ । आपूmलाई कम्युनिष्ट भन्नेहरुले माक्र्स र एङगेल्सको व्याख्या अनुसार नै समाजवादको व्याख्यामा सहमति जनाउनु पर्ने हुन्छ । वैज्ञानिक समाजवाद शब्द पूजीवादी शासन व्यवस्थामा पनि उच्चारण गर्न थालिएको छ । अझ स्पष्ट रुपमा भन्ने हो भने समाजवादको आवश्यकता पूजीवादीहरुले पनि महसुस गरिरहेका छन् । त्यसैले समाजवादी समाजको निर्माण गर्ने सवालमा कसैको विमति हुन सक्दैन भन्न सकिन्छ । 

सर्वप्रथम समाजवाद भनेको के हो भन्ने कुरा स्पष्ट हुनु जरुरी छ । पूँजीवादीहरुले भन्ने समाजवाद र कम्युनिष्टहरुले भन्ने समाजवादमा  भिन्नता छ कि छैन ? भिन्नता अवश्य छ । पूँजीवादीहरुले गरिबहरुको समाजवादी अधिकार कायम गर्ने कुरामा सहमति जनाउँदैनन् । त्यसैले पूँजीवादीहरु कम्युनिष्टहरुले भन्ने गरेको समाजवादमा भ्रम सृजना गर्दछन् । कम्युनिष्टहरुले यही कुरालाई मध्यनजर गरेर समाजवाद शब्द भन्दा अगाडि वैज्ञानिक शब्द थपेर वैज्ञानिक समाजवादको व्याख्या गर्ने गरेका छन् । नेपालको वर्तमान राजनीतिमा बिप्लवले नेतृत्व गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीले वैज्ञानिक समाजवादको सवाललाई जोडदार ढंगले उठाएको छ ।  माक्र्स र एङगेल्सको विश्लेषणमा पूँजीवादीहरुको समाजवाद काल्पनिक समाजवाद हो  भने कम्युनिष्टहरुको समाजवाद  यथार्थ समाजवाद हो, जो वैज्ञानिक हुन्छ । त्यसैले समाजवाद वैज्ञानिक या काल्पनिक भन्ने महत्वपूर्ण विषय नै बिप्लव नेतृत्वको नेकपाले उठाएको छ । 

पूँजीवादीहरु संसदवादमा रमाइरहेका छन् । संसदवादबाटै उनीहरुले कल्पना गरेको काल्पनिक समाजवाद अर्थात समाजवाद पूँजीवादीहरुको समाजवाद सम्भव देख्छन् । तर संसदवादबाट समाजवादको परिकल्पना व्यर्थ हो । वैज्ञानिक समाजवाद भन्ने सन्दर्भमा राजनीतिक दर्शनका  व्याख्याताहरु रोबर्ट ओवन र सेन्ट साइमनले स्पष्ट रुपमा भनेका छन्  ‘मजदुरहरुलाई काल्पनिक समाजवाद हैन, वैज्ञानिक समाजवादको अभ्यास गर्न दिनुपर्छ ।’ 

उहाँहरु कम्युन प्रणालीको हिमायती हुनुहुन्थ्यो । मूल कुरा वर्गविहिन व्यवस्थाको सुरु गर्ने कि नगर्ने भन्ने हो । सर्वहारावर्गले नयाँ व्यवस्थाको रक्षार्थ नयाँ प्रकारको राज्यसत्ताको प्रयोग गर्ने जसलाई सर्वहारावर्गको अधिनायकत्व भन्न सकिन्छ । सामन्ती या पुँजीवादी राज्य व्यवस्था भन्दा भिन्न कुरा हो यस्तो  व्यवस्था । 

मानव समाज सबै खाले चरणबाट गुज्रन्छ नै । साम्यवादको सुरुवात अहिले र यहीं नै व्यक्तिगत, सामुहिक र सार्वजनिक तहमा सम्भव छैन । तर  मानव समाजको विकास कसरी भयो  भन्ने बारेमा हामीले चिन्तन गर्ने हो भने साम्यवादको परिकल्पना गलत छैन । नेपालकै परिप्रेक्ष्यमा भन्ने हो राणाशासनको अन्त्य सम्भावना थिएन । तर सम्भव भयो त्यसैगरी ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य पनि असम्भव नै देखिन्थ्यो । तर त्यसको पनि अन्त्य भयो । राजतन्त्रको अन्त्य निकै दुर्लभ मानिन्थ्यो । तर त्यो पनि सम्भव भएरै गयो । आज हामी गणतन्त्रमा छौं । गणतन्त्र र राजतन्त्रमा भिन्नता के रह्यो त ? निश्चय पनि राजनीतिक स्वतन्त्रताको सवालमा भिन्नता छैन भन्न सकिन्न । परन्तु राजनीतिक स्वतन्त्रताले देशको उन्नतिमा कुनै फरकपन देखाउन सकेको छैन । त्यसैगरी नागरिकहरुको जीवनस्तरमा पनि फरकपन देखिएको छैन । यस्तो परिवर्तनलाई परिवर्तन भन्न सकिन्न । त्यसैले मानव समाजको विकास सम्झौताको चरणमा अव पूँजीवादीहरुको  नक्कली समाजवाद अथवा नक्कली कम्युनिष्टहरुको नयाँ जनवाद नभएर अवको आवश्यकता वैज्ञानिक समाजवाद नै हो । 

वैज्ञानिक समाजवाद भन्नासाथ विज्ञान शब्द जोडिएर आउँछ । विज्ञान केलाई भन्ने ? वैज्ञानिक केलाई भन्ने ? कुनै कुरा वैज्ञानिक हुनलाई के के कुरा हुनुपर्छ ? वैज्ञानिक हुनलाई  प्रमाणले सावित गर्नुपर्छ । प्रमाणले सावित नगरिकन कुनै पनि कुरा वैज्ञानिक मानिदैन । परिणामलाई वैज्ञानिक  मानिन्छ । अहिलेको व्यवस्थालाई नै नौलो जनवाद भनेर भ्रम सृजना गरिएको छ । नौलो जनवाद स्थापनाकै लागि  १० वर्षसम्म सशस्त्र युद्धको नेतृत्व गरेका नेताहरुले १७ हजार जनताको रगत बगाएर आपूmहरु संसदवादमा पतन भइसकेपछि पूँजीवादीहरुकै शैलीमा संसदवादलाई नयाँ जनवादको आवरण दिन खोजेका छन् ।   उनीहरुको नक्कली जनवाद पूँजीवादीहरुको नक्कली समाजवाद जस्तै हो । 


अहिले  विश्वमै संसदवाद संकटग्रस्ट छ । संसदीय व्यवस्था लागू भएका कुनै पनि देशहरुमा समाजवाद कार्यान्वयनमा आउन सकेको छैन । संसदवादको विश्वव्यापीकरणले नेपाली समाज पनि डामिएको छ । औधोगीकरणको विकासका कारण छिमेकी देशहरु चीन र भारतको हावा, पानी र जमिन विशाक्त भैसकेकाले त्यसको प्रभाव समेत नेपालमा परेको छ । हावापानीमा मिसिएर असी हजार भन्दा बढी विषादिहरु नेपालमा आउँछन् र मानव स्वास्थ्यमाथि सिधैँ हमला गरिरहेका छन् । यसको  समाधान  संसदवादले गर्न सक्दैन । संसदवादले ल्याएको  समस्या वैज्ञानिक समाजवादले बाहेक अरु कुनै वादले गर्न सक्ने छैन । राजनीतिक स्वतन्त्रताका कुरा गर्नेहरुले वैज्ञानिक समाजवादमा राजनीति हुन्छ कि हुँदैन भनेर पनि प्रश्न उठाउने गर्दछन् । कस्तो  किसिमको राजनीतिलाई राजनीति भन्ने ? बहुसंख्यक जनताको हितमा गरिने राजनीतिलाई वैज्ञानिक समाजवादी राजनीति भन्न सकिन्छ । राजनीतिका नाममा सीमित पूँजीवादीहरुले विश्वको अर्थतन्त्रमा कब्जा जमाउने गरी शासन सत्ता सञ्चालन गरिरहेका छन् । यसैको प्रभावमा विश्वका कम्युनिष्ट शासकहरु पनि परिरहेका छन् ।  त्यसैले उनीहरुको राजनीति आफ्नै लागि हुन्छ, बहुसंख्यक जनताको  लागि हुँदैन ।  तर कम्युनिस्टले  बहुसंख्यक जनताको लागि राजनीति गर्ने भएकाले र कम्युनिष्टहरुबाट लागू गरिने समाजवाद पनि बहुसंख्यक जनताको हितमा हुने भएकाले त्यस्तो समाजवादलाई वैज्ञानिक समाजवाद भनिएको हो । 

अव वैज्ञानिक समाजवाद वर्तमान संविधानबाट सम्भव छ त ? सम्भव छैन भन्ने कुरा संविधान जारी भए यताका घटनाक्रमबाट पनि  पुष्टि भइसकेको छ । त्यसो भए वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ भन्ने कुरा स्पष्ट हुन्छ । तर वैज्ञानिक समाजवादको स्थापना कसरी ? दुईवटा विकल्प छन् — एउटा संशस्त्र विद्रोहबाट, अर्को शान्तिपूण जनमतबाट । कुन माध्यम अपनाउने ? सकेसम्म शान्तिपूर्ण रुपमा वैज्ञानिक समाजवादको स्थापनाले नै प्राथमिकता पाउँछ । शान्तिपूर्ण रुपमा वैज्ञानिक समाजवाद स्थापना गर्ने कुरामा नक्कली समाजवादका पक्षधर पूँजीवादीहरुले  पक्कै पनि  अवरोध सृजना गर्छन् नै । अवरोधलाई चिर्न जनताले त्यतिबेलै विद्रोहको आवश्यकताबोध गर्न सक्छन । यो सम्भावना मात्र होइन, विज्ञान सम्मत कुरा हो ? आगे सबैलाई चेतना भया !    



Share Your Thoughts