प्रथम विश्व युद्धः अवसरवादी कार्यविधिका विरूद्ध क्रान्तिकारी कार्यविधि



Dharana    

access_time 07 Jan 2021

-हुकुमबहादुर सिंह

शताब्दीयौको मोडबाट साम्राज्यवादको उदयसंगै उपनीवेशहरूको बाँडफाँडका लागि साम्राज्यवादी शक्तिहरूद्वारा युद्धहरूलाई निम्ताउने काम गरियो  । एउटा उदाहरणका रूपमा रसियन– जापनिज युद्धलाई लिन सकिन्छ । रसियन– जापनिज युद्ध किन भयो ? किनभने दुवै रसिया र जापानले उत्तर चीन र कोरियामा रहेको मज्चुरियामाथि नियन्त्रण गर्न चाहन्थे । त्यही खालका युद्धहरू विश्वका विभिन्न भागहरूमा उपनिवेशहरूलाई हडप्ने र पुनः हडप्नका लागि फैलिन सुरू भए । यसरी उपनिवेशवाद र युद्धको प्रश्नहरूमा सहि क्रान्तिाकरी स्थिति लागु गर्न अन्तराष्ट्रिय सर्वहारा आन्दोलनका लागि संकटपूर्ण तर महत्वको हुन गयो । 

यो उल्लेखित घटनाहरु त्यससमयमा भए , जुन समय दोस्रो अन्तराष्ट्रियको कंग्रेसहरूका पहिलो शिविर चलिरहेको थियो । अवसरवाद यद्धपि , त्यसवेलासम्म, दोस्रो अन्तराष्ट्रियका पार्टीहरूभित्र एकदमै घनीभूतरूपले फैलिसकेको थियो  । साम्राज्यवादी देशहरूमा रहेका पार्टीहरूका घेरै नेतृत्वदायी पक्षहरूले वास्तवमा घेरै निर्णायक राजनीतिक प्रश्नहरूमाथि पु“जीपतिको दृष्टिकोण अपनाएका थिए । १९०७को दोस्रो अन्तराष्ट्रियको कंग्रेसमा यो स्पष्टसित देखियो जहा“  उपनिवेशवाद र युद्धको प्रश्नलाई पहिलो पटक बहसमा लिइएको थियो ।

उपनिवेशवादको प्रश्नमा, कंग्रेसको नेतृत्वदायी संस्था–कंग्रेस कमिसनले उपनिवेश सम्वन्धी नीतिमा एउटा प्रस्ताव पास ग¥यो  र यसलाई साधारण सभामा स्विकृतका लागि राख्यो । यो प्रस्तावले नामका लागि मात्रै पु“जीपतिको उपनिवेश नीतिलाई आलोचना गर्दैगर्दा उपनिवेश हडप्ने सिद्धान्तलाई पूर्ण रूपले इन्कार गरेन् । वास्तवमा त्यसवारे यसले तर्कग¥यो कि एउटा समाजवादी शासन अन्तरगत उपनिवेशहरू हडप्नलाई ’सभ्यताको चाहनाहरू’मा गर्न सकिन्थ्यो । यी तथाकथित माक्र्सवादीहरूको एउटा खुल्ला साम्राज्यवादी स्थिति जनरल बोडि र प्रस्तावमा क्रान्तिकारीहरूद्धारा बलियोगरी विरोध गरियो, अन्त्यमा पराजित गरियो , तर केबल सानो अन्तरले मात्रै १२७मा १०८ भोटले ।

नेतृत्वको यहि खालको अवसरवाद युद्धको प्रश्नमा लिएको अडानको सवालमा देखिएको थियो । बेबेल, एक जना जानेमाने नेता र माक्र्स र ऐगेल्सका एकजना नजिकका अनुयायी र एशोसियटले प्रस्ताव तयार पारेका थिए । प्रस्ताव यद्धपि युद्धको घटनामा सदस्यहरूद्धारा लिइने कामको कोर्ष अथवा कुनै र्नििदष्ट दिशाविना छाडिएको थियो । यो फेरी क्रान्तिकारीहरूद्धारा– खासगरी जर्मनीकी रोजा लक्जमवर्ग र लेनिनद्धारा कडाइकासाथ विरोध गरिएको थियो । तिनीहरूले फेरी संशोधनको प्रस्ताव पेश गरे जसले युद्धबाट रक्षागर्नका लागि लडन,  यदि सुरू भइहाल्यो भने युद्धको अन्त्यका लागि लडन्,  र युद्ध भइहालेमा जनतालाई उठाउन र क्रान्ति ल्याउनका लागि आर्थिक र राजनीतक संकटको पुरा प्रयोग गर्न अन्तराष्ट्रियको सदस्यहरूलाई एउटा स्पष्ट दिशा दियो । यो माक्र्सले पहिले नै स्पष्ट रूपमा स्थापित गरिसकेको ‘युद्धमा क्रान्तिकारी सर्वहारा स्थिति’को एउटा निरन्तरता थियो । अवसरवादीहरूले खुल्ला रूपले यो बुझाइको विरोध गर्न नसकेकोले, यो प्रस्ताव कंग्रेसद्धारा पास गरियो । जब युद्धको खतरा नजिकीदै आयो अन्तराष्ट्रियका १९१० र १९१२का कंग्रेसहरूले फेरी छलफल गरे र युद्ध सम्वन्धी प्रस्तावहरू लागु गरे । तिनीहरूले निर्णय गरेकि संसदमा सबै समाजवादीहरूले युद्ध प्रशंसाका विरूद्ध भोट हाल्नु पर्दछ । तिनीहरूले लक्जमवर्ग र लेनिनद्धारा १९०७मा पेश गरिएको संशोधन प्रस्तावका शब्दहरू उनीहरूका प्रस्तावहरूमा पनि दोहोरिएको थियो । यद्धपि दोस्रो अन्तराष्ट्रियमाथिको अवसरवादको कब्जा यति ठूलो थियो कि बहुसंख्यक नेताहरू जसले यी प्रस्तावहरू पारित गरेका थिए, यी निर्णयहरूद्धारा वाधिने मनसाय पुरै थिएन् । यो देखियो जब पहिलो विश्व युद्ध जुलाई–अगस्त १९१४मा विष्फोट भयो । जर्मन सामाजिक–प्रजातान्त्रिक पार्टी, जुन दोस्रो अन्तराष्ट्रियको शंकारहित नेता थियो, त्यसको नेतृत्व लियो । ट्रेड युनियन नोकरशाहहरूले युद्धका विरूद्ध र क्रान्तिका लागि मजदुरहरू उठाउन कोशिस गर्नुको वदलामा तुरून्तै मालिकहरूसित हडताल नगर्ने सम्झौता गर्न भित्र पसे । पार्टी ककस(फ्रयाक्सन) वैठकमा जुन युद्ध प्रशंसाहरूमाथी संसदीय मत पहिले अयोजना गरिएको थियो, युद्धको समर्थनमा एउटा विशाल बहुमत भोट हाले ।   कार्ल लिब्कनेष्च र रोजा लक्जमवर्गद्धारा नेतृत्व गरिएको क्रान्तिकरीहरूको एउटा मुठ्ठिभरले मात्रै त्यसको विरोध गरे । काउट्सकि, जो त्यो समयमा दोस्रो अन्तराष्ट्रियका प्रमुख वैचारिक नेता थिए, अनुपस्थित भएर भोट हाले । यसरी अगस्त ४ १९१४मा जर्मन सामाजिक–प्रजातान्त्रिक पाटीले सबै पहिलेका कंग्रेसका प्रस्तावहरूलाई एकातिर फयाक्यो र साम्राज्यवादी युद्धको समर्थन गर्न संसदमा एकमतले भोट हाल्यो । क्रान्तिकारी सर्वहाराका लागि, दोस्रो अन्तराष्ट्रिय त्यो दिनबाट अस्तित्व विहिन भएर म¥यो । जर्मन पार्टीलाई तुरून्तै फ्रान्स, ब्रिटेन, बेल्जीयम र अन्य देशहरूमा रहेका समाजवादीहरूको बहुमतद्धारा अनुसरण गरियो । दोस्रो अन्तराष्ट्रिय एक अर्को विरूद्ध लडाइ गर्दै वेग्ला वेग्लै सामाजिक अन्ध देशभक्तिमा विभाजित भयो । 

बोल्सेविकहरूको मात्रै एउटा पार्टी थियो जसले युद्ध विरूद्धका प्रस्तावहरूमा आफ्नो अडानलाई कायम राख्यो । दोस्रो अन्तराष्ट्रियका नेताहरूको सन्दर्भमा पूर्णरूपले अवसरवादमा पतन भइरहेका थिए, विश्व युद्धको सन्दर्भमा सही माक्र्सवादी स्थिति उच्चा राख्न र कार्यान्वयन गर्न लेनिन र बोल्सेविक मात्रै थिए । लेनिनले तुरून्तै यो सही बुझाइलाई प्रस्तुत गर्दै लेखहरू प्रकाशित गरे । रसियाली सामाजिक जनवादी मजदुर पार्टी (बो.) (आरएसडिएलपी बो.)को केन्द्रीय समितिले “साम्राज्यवादी युद्धलाई गृह युद्धमा बदल” र “दोस्रो अन्तराष्ट्रियको ठाउ“मा तेस्रो अन्तराष्ट्रियको निर्माण ” गर्न आव्हान ग¥यो । लेनिनले सबै वामपन्थी युद्ध विरोधी शक्तिहरूलाई एकत्रित गरेर तेस्रो अन्तराष्ट्रिय निर्माणको प्रक्रिया सुरू गरे । यद्धपि यी शक्तिहरूले १९१५पछाडिबाट सम्मेलनहरू आयोजना गर्न सुरू गरे तर ज्यादा भ्रमहरुलाई चीन सकेनन र त्यसले  निरन्तरता लियो । लेनिनले ती भ्रमहरु र यी तत्वहरूका विचमा युद्धको सन्दर्भमा समाजवादका सिद्धान्तहरूमा सही क्रान्तिकारीहरूको स्थिति र रसियामा र अन्तराष्ट्रिय स्तरमा क्रान्तिकारी सामाजिक प्रजातन्त्रवादीहरूको कार्य पनि स्पष्ट पार्ने  जिम्मेवारी लिए । लेनिनले यो काम दुवै रसियाभित्र साथै अन्तराष्ट्रिय स्तरमा उनका विभिन्न लेखहरूमार्फत गरे ।

लेनिनले उल्लेख गरेका सिद्धान्तहरू र कार्यहरूलाई निम्न तरिकामा प्रस्तुत गर्न सकिन्छः

पहिलो, समाजवादीहरू शान्तिवादी होइनन् जो सबै युद्धको विरूद्ध छन् । समाजवादीहरूले समाजवाद र साम्यवाद स्थापना गर्ने लक्ष्य राख्दछन्, जो सबै प्रकारका शोषणको अन्त्य गरेर नजिकमा आएको सम्भावित युद्धको अन्त्य गर्दछन् । यद्धपि समाजवादी प्रणाली प्राप्त गर्नका लागिको लडाइमा त्यहा“ सधैभरी युद्धहरूको सम्भावना रहिरहन्छ, जो आवश्यक छन् र क्रान्तिकारी महत्वका छन् । 

दोस्रो, जब एउटा निस्चित युद्धप्रति कस्तो प्रवृति अपनाउने भन्ने निर्णय गर्दा, समाजवादीहरूका लागि प्रमुख सवालः युद्ध के का लागि लडिएको हो, र कुन वर्गले यसलाई नाट्यशाला  बनाएर निर्देशित गरेको थियो । यसरी लेनिनले सुस्पष्ट पारे कि पु“जीवादी प्रजातान्त्रीक क्रान्तिको अवधिभर, माक्र्सले पु“जीवादीद्धारा चलाइएको युद्धको समर्थन गरेका थिए, जो सामन्तवादको विरूद्ध थिए र पु“जीवादलाई स्थापना गर्न र सुदृढगर्नका लागि थिए, तिनीहरू प्रगतिशील थिए र न्यायपूर्ण युद्धहरू थिए । सोही खालका मापदण्ड ग्रहणगर्दा लेनिनले सुस्पष्ट पारे  कि साम्राज्यवादी युगमा र सर्वहारा क्रान्तिमा समाजवादीहरूले सबै यस्ता युद्धहरूको समर्थन गर्ने छन् ताकि यसले विश्व समाजवादी क्रान्तिलाई  अगाडि लिएर जाने छ । यस्तो एउटा बुझाइ अनुसार लेनिनले युद्धहरूका प्रकारहरूका उदाहरणहरू दिए जसलाई प्रगतिशील अथवा न्यायपूर्ण युद्धहरू भन्न सकिन्छः १) उपनिवेश अथवा अर्ध औपनिवेशिक देशद्धारा उसका साम्राज्यवादी शोषकहरूका विरूद्ध गरिएका राष्ट्रिय युद्धहरू, २) सर्वहारा र अन्य उत्पीडित वर्गहरूद्धारा उनीहरूका सामन्त र पु“जीवादी शासक वर्गहरूका विरूद्ध गरिएका गृह युद्धहरू, ३) समाजवादी मात्रीभूमीको रक्षाका लागि  गरिएका समाजवादी युद्धहरू ।

तेस्रो, लेनिनले देखाए कि माथि उल्लेखित बुझाइका आधारमा पहिलो विश्व युद्धबारे त्यहा“ केही पनि चीज छैन् जसले त्यसलाई न्यायपूर्ण र प्रगतिशील भन्न सकियोस ।  उनले साम्राज्यवादी युद्धलाई त्यस्तो युद्धसित तुलना गरे जो १०० जना दासहरू राख्ने दासमालिक र २०० जना दासहरू राख्ने दासमालिकबीचमा एउटा ज्यादा केबल दासहरूको पुनः वितरणका लागि थियो । प्रथम विश्व युद्धको अति आवश्यक अभिप्राय औपनिवेशिक दासहरूको पुनवितरणका लागि थियो । यसरी त्यहा“ कुनै पनि प्रगतिशील अथवा रक्षात्मक अथवा न्यायपूर्ण युद्ध भन्ने नै हुन सक्दैनन्थ्यो ।  यो एउटा अन्यापूर्ण, प्रतिक्रियावादी युद्ध थियो । यो प्रतिको एक मात्रै अडान यसलाई साम्राज्यवादी युद्धलाई गृह युद्धमा बदल्नका लागि गरिने आव्हन हुन सकदथ्यो । यसरी यस्ता युद्धको एउटा उपयोग क्रान्तिलाई निर्माण गर्नका लागि फाइदा लिनु थियो । यसो गर्नका लागि, लेनिनले देखाएकी यो फाइदाजनक थियो कि आफ्नै देशले युद्धमा हराइनथ्यो । हारले शासकवर्गलाई कमजोर गराउने सक्दथ्यो र क्रान्तिको विजयलाई सहजगर्न सक्दथ्यो । यसरी कुनै पनि समाजवादी क्रान्तिकारीले युद्धमा उसको आफ्नै सरकारको हारका लागि काम गर्नै पर्दछ ।  

अन्त्यमा, लेनिनले बताए कि समाजवादीहरूको कर्तब्य यो हुन्थ्यो कि उनीहरूले शान्तिका लागि आन्दोलनमा सहभागी हुनका लागि आफ्नो कर्तब्य ठानुन् । अन्यथा, जब शान्तिका लागि आन्दोलनमा सहभागी हु“दै गर्दा, उनीहरूको कर्तब्य यो देखाउनु हो कि क्रान्तिकारी आन्दोलनविना कुनै पनि वास्तविक  र दृघकालिन शान्ति सम्भव छैन् । वास्तवमा, जसले न्यायपूर्ण र प्रजातान्त्रिक शान्तिको चाहना गर्दछ उसले पु“जीपति र सरकारका विरूद्ध गृह युद्धका लागि खडा हुनै पर्दछ । 

यद्धपि यी सिद्धान्तहरू र कार्यनीतिहरू दोस्रो अन्तराष्ट्रियका सबै पार्टीहरूकाबीचमा प्रचार गरिएका थिए, केबल बोल्सेविक एउटाले मात्रै व्यवहारमा तिनको कार्यान्वयन गर्ने देखियो । युद्ध सम्वन्धी यही पद्धतिले उनीहरूलाई युद्धद्धारा उत्पन्न संकटपूर्ण अवस्थाको उपयोग गर्नलाई मद्त ग¥यो र तीन वर्षभित्रैमा १९१७को महान् अक्टोवर समाजवादी क्रान्तिको विजय प्राप्त भयो । जनधारणा साप्ताहिकबाट 

[email protected]





Share Your Thoughts