सत्तासीन नेकपाको बिकल्प चुनावले दिन सक्ने छैन


अगर बत्ती

Dharana    

access_time 19 Nov 2020

डबल नेकपामा यतिबेला नेताहरुबीचको बिबाद उत्कर्षमा पुगेको जस्तो देखिएको छ । यो सत्तासिन नेकपाको एकता वा विभाजनबाट जनताको जीवनस्तरमा भने कुनै फरक नपर्ने अवस्था आएपछि जनताले नेकपाको बिबादलाई वेवास्ता गरिरहेका छन् । डबल नेकपाको एकताबाट मुलुक र जनताले ठूलै उपलब्धि हात पार्ने अपेक्षा गरेका जनतामा एकताबाट आशा भन्दा निराशा बढी हुन थालेपछि जनतामा यस पार्टीप्रति सद्भाव भन्दा पनि बिरोध र आक्रोशका स्वरहरू सुनिन थालेका छन् । जनताका लागि एकता आवश्यक रहेको भन्दै आएका नेकपाका नेताहरू जनबिरोधी बन्दै गएका छन् र एकताको औचित्य पुष्टि गर्न नसकी आ–आफ्नै गुटको बैठक सुरु गर्न थालेका छन् । तर गूटका बैठकहरु पनि सरकारबाट भए गरेका खास राष्ट्रघाती र जनबिरोधी कामहरुतर्फ लक्षित रहेका पाईएका छैनन् ।

  जनपक्षीय सरकारको आशामा जनताले लामो समय बिताए । दुई ठूला कम्युनिष्ट पार्टी एकीकृत भएपछि जनतामा ठूलो आशा पलाएको थियो । एकीकृत भएर बनेको ठूला कम्युनिष्ट पार्टीलाई जनताले बिश्वासको मत पनि दिए । दुई तिहाई बहुमत नजिकको शक्तिमा जनताले पु¥याएको यस पार्टीले सरकार निर्माण गरेपछि जनतामा उत्साहको लहर छाएको थियो ।  विगतमा आम जनता र खासगरी मजदुर र किसानले भोग्दै आइरहेका समस्याबाट छुटकारा मिल्ला, देशमा उद्योग र कल कारखानाहरु खोल्ने अभियान नै चलाएर सरकारले बैदेशिक रोजगारीमा जान बाध्य भैरहेका नेपाली युवाहरुलाई देशभित्रै रोजगारी सृजना गर्ने काम गर्न सक्ने सम्भावनालाई सरकारले वास्तै गरेको पाईएन । किसानहरुका समस्यातर्फ पनि सरकारको चासो भएको पाईएन । जनताले राहत महसुस गर्लान् भन्ने आम अपेक्षालाई ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले समेत सम्बोधन गर्न चासो नदेखाए पछि यो सरकार कम्युनिष्ट पार्टीको सरकार नै हो कि होईन भन्ने अवस्था बिकसित भएको छ ।

 सरकारले चाहेको भए सम्बिधान नै संशोधन गरेर पनि जनताका आवश्यकतालाई संबोधन गर्न सक्ने हैसियतमा पुगेको पार्टीले किन केही गर्न सकेन रु जनताका हितमा काम गर्न चाहने हो भने यो सरकारलाई कसैले पनि अवरोध गर्न सक्ने  अवस्था छैन । तर नेताहरुले आफ्ना सन्तानलाई मंत्री बनाउने,राजदूत बनाउने र कमिशन कुम्ल्याउने कामलाई मात्र प्राथमिकतामा राखे । नेताहरुले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएपछि जनतामा चरम निराशाको अवस्था सृजना भएको छ । यो अवस्थाले गर्दा हाल फरक–फरक कित्तामा अघी बढ्न खोजिरहेका डबल नेकपाका नेताहरुप्रति जनतामा कतै पनि सद्भाव र सहानुभूतिको अवस्था देखिदैन । जताततै सरकार र सरकारी दलका नेताहरुप्रति घृणा र आक्रोश चुलिएको छ । जनताका चाहना र आवश्यकतातर्फ भन्दा बिदेशी शक्तिको स्वार्थलाई महत्व दिएर सरकार चल्न खोज्ने , तर सरकारलाई यो सवालमा खबरदारी गर्नतिर सत्तासिन पार्टीले पनि ध्यान नदिने गर्दा जनतामा निराशा र आक्रोश पैदा हुनु स्वाभाविक हो । अमेरिकी स्वार्थमा सरकारले सञ्चालन गरिरहेको एमसीसीको रोकथामतर्फ सत्तासिन पार्टीले खुलेर बिरोध गर्न नसक्नुको कारण के हो रु छिमेकी देश भारतले नेपाली भूभाग अतिक्रमण गरेर आफ्नो सैन्य अखडा बनाएर राखेको छ । त्यसप्रति सरकारलाई घच्घच्याउने कामसमेत पार्टीले गर्न सकिरहेको छैन । यस्तो पार्टी जतिसुकै ठूलो भए पनि जनताका लागि कुनै पनि कारणबाट खुशीको कुरा कसरी हुन सक्छ रु 

 सत्ता र शक्तिको उन्मादमा संसदीय पद्दतिलाई समेत कुल्चेर सरकार फासिबादी शैलीमा अगाडि बढ्न खोजिरहेको छ । जनताका राजनैतिक अधिकारमाथि प्रतिबन्ध लगाउने काम भएको छ , यस्ता कामप्रति पनि पार्टीले सरकारलाई खबरदारी गर्न सकिरहेको छैन । चुनावका अभियानमा घोषणापत्र मार्फत र जनताका बीचमा पुगेर पनि आफैले प्रतिबद्दता ब्यक्त गरेका बिषयहरुतर्फ सरकारलाई मार्गनिर्देश गर्न पर्ने दायित्वबोधसमेत पार्टीले गरिरहेको छैन । केवल कुर्सीको र पदको भागबण्डाको झगडामा मात्र नेताहरु केन्द्रित रहेका देखिन्छन् । 

जनताका अपेक्षाहरूलाई बेवास्ता गर्ने राजनीतिक दललाई निर्वाचन प्रक्रियामा जनताले सजाय दिने अधिकारसमेत प्रयोग गर्न पाउने अवस्थाबाट जनतालाई बञ्चित तुल्याउने चुनावी प्रणालीका कारणबाट चुनावको प्रतिक्षा पनि निरर्थक देखिन्छ । चुनावलाई पैसा र शक्तिले प्रभावित तुल्याउन सकिन्छ भन्ने मनोबिज्ञानबाट नै बाम आवरणको सरकारलेसमेत देश र जनताप्रति गद्दारी गरिरहेको छ । यो अवस्थाले गर्दा चुनावका माध्यमबाट डबल नेकपाको सरकारलाई किनारा लगाउन सकिने अवस्था नरहने निश्चित छ । त्यसैले नेपाली जनतामा वर्तमान सरकारको मात्र नभएर वर्तमान शासन ब्यवस्थाकै  बिकल्पका लागि आक्रोश बिष्फोटक बन्दै गएको छ । देशमा फेरि पनि युद्दको वातावरण बिकसित भैरहेको छ । 

युद्दबाटै प्रशिक्षित भएका तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको डबल नेकपाको पार्टी एकीकरण प्रक्रियाले अझै पनि पूर्णता पाउन सकिरहेको छैन । पार्टी एकता घोषणा भएको तीन वर्ष  भइसक्दा पनि डबल नेकपा पूर्ण रूपमा एक हुन सकेको छैन । बरु पार्टी एकीकरणको प्रक्रिया पुरा नहुँदै बिभाजन हुने हो कि भन्ने संभावनाहरू बिकसित भएका छन् । पार्टीमा पछिल्लो समय देखिएको बिबाद पनि सैद्दान्तिक र बैचारिक छैन । पदीय भागबण्डा र कुर्सीको दौड बाहेक अरु बिषयमा बिबाद केन्द्रित देखिदैन । तर पनि नेता र नेता निकट कार्यकर्ताहरुबीच स्पष्ट धु्वीकरण बनेको छ र एक आपसमा अत्यन्तै असहिष्णुतापूर्ण गाली गलौजमा उत्रिने काममा प्रतिष्पर्धा नै भैरहेको देखिन्छ । यस्तो घिनलाग्दो ध्रुवीकरणले यस पार्टीको भविष्य के हुने भन्ने कुरामा समेत अन्योलता र आशंकाहरू देखापर्न थालेका छन्  र डबल नेकपाबाट ईमान्दार नेता र कार्यकर्ताहरु पलायन भैरहेको अवस्था छ । 

 सरकार बनेको तीनवर्ष बितिसक्दा पनि जनतामा आशा जगाउने किसिमका गतिविधि गर्न असफल भएपछि यो डबल नेकपाका कारणबाट कम्युनिष्ट आन्दोलनले नै धक्का खाने अवस्था पनि बिकसित भएको छ । सरकारको कार्यशैलीका बिरुद्दमा उपस्थित हुनसमेत अवरोध सृजना गर्ने काम सरकारले गरेको छ । शान्तिपूर्ण रुपमा भ्रष्टाचार बिरुद्द कार्यक्रमहरु गर्दै आएको बिप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएर हत्या र दमनको नीति अख्तियार गरिएको छ । यो अवस्थाले डबल नेकपा र यस्को सरकार जनबिरोधी भएको स्पष्ट हुन्छ र यो पार्टी साम्राज्यबादको दलाल शक्तिमा परिणत भएको देखिन्छ । 

डबल नेकपाको सरकारबाट जनताले अहिलेसम्म के उपलब्धि प्राप्त गरे रु किसानलाई बिउ र मलको समस्या उस्तै छ, बेरोजगारीको समस्या झनै बिकरा लबनेको छ । कोरोनाको संक्रमणका कारण बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका लाखौं युवाहरुलाई देशभित्रै रोजगारी सृजना गरेर रोक्न सकिने सम्भावना थियो , त्यसतर्फ सरकारले कुनै पहलकदमी नै देखाएन । तर सरकारलाई डबल नेकपाले पनि यस सवालमा निर्देशन गरेको पाईएन । महंगी नियन्त्रण हुनु त टाढाको कुरा सरकारी कर तिर्नमै जनता हैरान भैरहेका छन् । भ्रष्टाचार र कमिशनखोरीहरुलाई  सत्तासिन नेताहरुबाटै राजनीतिक संरक्षण भैरहेको छ ।  आम जनताको जीवनशैली झन् झन् कष्टकर बन्दै गएको छ ।  बेरोजगारी र गरिबी  जनताका ठूला चूनौती बनेका छन् , समाधानका लागि सरकारका तर्फबाट कुनै प्रयास नै भएको पाईदैन । गर्नै पर्ने कामहरु सरकारले नगरिरहेकोतर्फ पार्टीले पनि मार्गनिर्देश गरेको पाईदैन । के दुई नेकपाको एकतापछि बनेको शक्तिशाली र स्थायी सरकारले यस्ता विषयलाई सम्बोधन गर्न सक्दैनथ्यो रु देश र जनताका आवश्यकता भन्दा बिदेशी शक्ति र नेताहरुका व्यक्तिगत स्वार्थले डबल नेकपाको एकता प्रक्रियामा प्राथमिकता पायो , यही कारणले गर्दा सरकारी नेकपा क्रमिक रुपमा संसदबादी प्रतिकृयाबादी शक्तिमा रुपान्तरित भैसकेको छ । तर पनि यो सरकारलाई चुनावमा पराजित हुने रत्तिभर डर छैन , किन होला रु किनकी राष्ट्रलाई लुटेर थुपारेको धन खर्च गरेर चुनाव जितिन्छ भन्ने बिश्वास सबै संसदबादीहरुमा रहेको हुन्छ , आगे सबैलाई चेतना भया ! –जनधारणा साप्ताहिकबाट 

Prabhu bank

Share Your Thoughts