कोरोना महामारीले नेपाली समाजमा पारेको नकारात्मक प्रभाव र भविष्य


अगर बत्ती

Dharana    

access_time 15 Oct 2020

कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीले निम्त्याएको प्रभावसँग नेपालको अवस्थालाई तुलना गर्न सकिने अवस्था छैन ।

दक्षिणतिरबाट खुल्ला सिमानाले गर्दा कोरोना संक्रमितहरु नेपालमा भित्रिएका कारण नेपालका कुना—कुनासम्म कोरोनाको संक्रमण पैmलिएको छ । नेपाली जनता कोरोनाबाट संक्रमित भएको तथ्यांक बढिरहेको थिएन तर एकाएक बाहिरबाट आउनेहरुले गर्दा यसको विस्तार भयावह हुँदै गइरहेको छ । अभूतपूर्व यो संकटले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पारिसकेको छ । नेपालका अर्थविद्हरू एवं सरकारी अधिकारीहरूले कोरोनाको संक्रमणबाट बच्ने तरिका प्रभावकारी ढंगले नअपनाउँदा नेपाली जनता नराम्रो अवस्थाको सामना गर्नुपर्ने स्थितिमा पुगेको चर्चा गर्न थालेका छन्। कोरोनाले स्वास्थ्य मात्र असर गरेको नभई देशको अर्थतन्त्रलाई नै धराशायी बनाउने अवस्था देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर नेपालमा पठाएको विप्रेषणको आम्दानी आठ खर्ब ७९ अर्ब रुपैयाँ सरकारी तथ्यांकमा सार्वजनिक गरिएको छ । यो रकम भनेको हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ रहेको पनि अर्थविद्हरुले जनाइरहेका छन्। यो आम्दानीबाट नेपाल चालू आर्थिक वर्षमा बञ्चित रहने निश्चित छ । यसको प्रभाव कस्तो पर्ला ? सरकारले सोच्न सकिरहेको पाइदैन ।

विदेशमा काम गर्न गएका नेपाली नागरिकहरु एकातिर विदेशमा पनि कोरोनाकै प्रभावका कारण तलब घट्ने सम्भावना छ भने अर्कोतिर ती देशमै आर्थिक मन्दी भए रोजगारी नै धरापमा पर्ने सम्भावना पनि त्यत्तिकै छ । नेपालीहरु धेरै जसो जाने रोजगारी क्षेत्र खाडी देशहरू नै हुन्। ती देशहरु पनि पेट्रोलियम पदार्थको माग र मूल्यमा आएको भारी गिरावटसँगै आर्थिक मन्दीमा पर्ने खतरा बलियो सम्भावना छ । त्यसैगरी कोरोना भाइरस महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन तथा यातायातको क्षेत्र रहेको छ । एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर डुल्न निस्किन सक्नेको संख्या अव लामै अवधिसम्म कम रहने निश्चित छ भने अर्कोतिर चाहना नै भए पनि । लकडाउन’ र सामाजिक दूरी कायम राख्नुपर्ने अवस्थाले गर्दा घुमफिरमा मानिसहरु उत्सुक रहने छैनन्। त्यसैले पनि पर्यटन क्षेत्रबाट नेपालले आर्जन गर्दै गएको र धानिदै आएको नेपालको अर्थतन्त्रमा त्यसको टेवा पनि रहनेछैन । यो अवस्थाबाट नेपालले कसरी पार पाउन सक्ने हो भन्ने बारेमा नेपाल सरकार सचेत बनिरहेको छैन । पर्यटन क्षेत्र र वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सको घाटा कुन क्षेत्रबाट परिपूर्ति गर्न सकिन्छ भन्ने बारे नेपाल सरकारसँग कुनै योजना भएको पाइदैन ।

नेपालको सवैभन्दा बैकल्पिक आयस्रोत भनेको कृषि क्षेत्र हो। कृषि क्षेत्रलाई कसरी बढि उत्पादनमूलक बनाउन सकिन्छ । भन्नेतर्पm पनि सरकारको ध्यानाकर्षण पाइदैन । अर्को आयस्रोत भनेको साना तथा मझौला व्यवसायलाई सुदृढ गराउने नै हो। साना तथा मझौला व्यवसाय नेपालको लागि सबै भन्दा भरपर्दाे आयस्रोतको व्यवसाय बन्न सक्दछ । जंगली जटबुटी र नेपालमै उपलब्धी हुने कच्चा पदार्थबाट साना तथा मझौला व्यवसायलाई विकास गर्न सकिन्छ । यसबाट भएको उत्पादनलाई विदेशी बजारमा पठाउन सकिन्छ । यो क्षेत्रबाट पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भन्नेतर्पm पनि नेपाल सरकारको ध्यानाकर्षण

देखिदैन ।

सरकारले ठूला उद्योग तथा व्यापार व्यवसायमा लागेका चिया पसलेदेखि लिएर रेस्टुराँ र पाँचतारे होटेलका व्यवसायीहरुतर्पm मात्र ध्यान दिइरहेको छ । यी क्षेत्रहरु बाहिरबाट आउने पर्यटकहरुमा र सीमित उच्च घरानीया उद्योगपत्तिहरुसँग मात्र सम्बद्ध छन्। सर्वसाधारण बहुसंख्यक नेपाली जनताको अवस्थातर्पm नेपाल सरकारको ध्यानाकर्षण भएको पाइर्दन । कृषि र साना तथा मझौला व्यवसायहरु नै बहुसंख्यक नेपालीहरुको जीवनस्तरसँग जोडिएका कारोवारहरु हुन्। यस्ता कारोवारतर्पm सरकारको ध्यानाकर्षण जरुरी छ ।  -जनधारणा साप्ताहिकबाट 

Prabhu bank

Share Your Thoughts