“कम्युनिज्मको भूत”बाट तर्सिएको ओली सरकार – हुकुमबहादुर सिंह



Dharana    

access_time 10 Sep 2020

ओली सरकारले आफूलाई कम्युनिस्ट सरकार भन्दछ तर उसलाई सबैभन्दा डर र त्रास अन्य कम्युनिस्टहरुसँग छ । त्यसैको परिणाम कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाउँछ । कम्युनिस्ट कार्यकर्ता तथा नेतालाई गिरफ्तार गर्दछ । अदालतले निर्दोष भनेर छाडन आदेश दिएपछि पनि त्यही अदालतको परिषदबाट गिरफतार गर्दछ ।  कम्युनिस्ट कार्यकर्ता तथा नेतालाई गिरफ्तार गरेर, पार्टीमाथि प्रतिवन्ध लगाएर कम्युनिज्मलाई सदाको लागि नेपालबाट नामेट पार्न चाहन्छ । 

विश्वप्रशिद्ध कम्युनिस्ट घोषणापत्र(सन १८४८)को प्रस्तावनामा भनिएको छ–“युरोप एउटा भूतद्धारा आतंकित भइरहेको छ–त्यो हो कम्युनिज्मको भूत । पोप र जार, मेटर्निक र ग्यूजट, फ्रान्सेली क्रान्तिकारी र जर्मन पुलिस जासुसहरु–पुरानो युरोपका यी सबै शक्तिहरु यस भूतलाई भगाउन पवित्र साँठगाँठमा लागेका छन् ।”

सन् १८४८मा लेखिएका यी उल्लेखित तत्थ्यहरु आज सन् २०२०मा करीब १७२ वर्षपछि विश्वको सर्वोच्च शिखरको देशमा कम्युनिस्टको दुई तीहाइ सरकार पनि कम्युनिज्मको भूतबाट त्रशित बनेको छ । एउटा कम्युनिस्ट पार्टी र संसदमा दुई तीहाई मतद्धारा सरकार बनाउन सफल भएको छ तर कम्युनिज्मको भूतबाट त्रशित बनेको छ र त्यो कम्युनिज्मको भूतको डरबाट मुक्त हुन नेपाली जनताको दुई तीहाइमतमाथि उसलाई विश्वास छैन र त्यो कम्युनिज्मको भूतको डरबाट मुक्त हुन केही मुठ्ठिभर दलाल तथा नोकरशाहाहरु र बिचौलियाहरुको आड र भरोसामा उसले आफ्नो भविश्य देख्दछ छ किन होला ?

किनभने यसले प्राप्त गरेको मतका मतदाताप्रति उसलाई विश्वास छैन । ती त उसका लागि अस्थाई हुन किनभने त्यो प्राप्त गर्न उसले साम,दाम दण्ड भेदआदि सबै जनविरोधी कार्यहरु र माध्यमहरु अपनाएको थियो । अनेकौ आश्वासनहरु र प्रतिवद्धताहरु मतदाताहरुका बीचमा बाँडेको थियो । अहिले ती आश्वासनहरु र प्रतिवद्धताहरु उसका लागि चुनावमा मतदाताहरुलाई वेकुफ बनाउने सिवाय अरु भएको छैन । 

उसको यो वेकुफीलाई जनताको बीचमा भण्डाफोर त संसदवाहिर रहेका कम्युनिस्टहरुले गरिरहेका छन् र अब उसका लागि भविश्य अन्धकारमय बनेको स्पष्ट छ । त्यसैकारण १८४८मा युरोपको कम्युनिज्मको भूत भगाउन त्यसवेलाका पुरानो युरोपका ती सबै शक्तिहरु बीच पवित्र साँठगाँठ भएको  थियो भने २०२०मा नेपालमा कम्युनिज्मको भूत भगाउन सत्ताधारी कम्युनिस्टहरु त्यसै गरी लागि परेका छन् । उनीहरुको साँठगाँठ नेपालमा दलाल पुँजीवादको विद्रुप स्वरुप भ्रष्टआचरणसँग जोडिएको छ । विचौलियाहरुको ‘नेटवोर्क’भित्रका केही मुठ्ठिभर मानिसले सरकारका उच्च तहका व्यक्तिदेखि दलका प्रभावशाली कार्यकर्ता र निर्णय प्रक्रियामा बसेका प्रशासनिक, न्यायीक तथा सुरक्षा निकायमा निर्णय गर्न सक्ने तहका कर्मचारीलाई अपराधिक आर्थिक आर्जनको लालचद्धारा भ्रष्टिकरणमा तल्लीन बनाएका छन् र  यस्तो भ्रष्टिकरणका विरुद्ध लाग्ने संसदवाहिर रहेका कम्युनिस्टहरु मात्रै नभई अन्य स्वतन्त्र बुद्धिजीवीहरु, नागरिक समाज तथा देशभक्तहरु समेतलाई दलाल र विचौलीयामाथि उभिएको कम्युनिस्ट सरकारका लागि कम्युनिज्मको भूत बनेका छन् । जसको परिणाम राष्ट्रियता, जनतन्त्र र जनजीवीका लागि आवाज उठाउने शक्तिका विरुद्ध लाग्ने लडने शक्तिहरुलाई दवाउनका लागि दलाल र विचौलीया, भूमाफिया, जलमाफिया तथा शैक्षिक दलालहरुआदि सबै बीचमा पवित्र साँठगाँठ बनेको छ । र संसदवाहिर रहेका कम्युनिस्टहरुको भूतलाई धपाउने प्रयासस्वरुप एउटा कम्युनिस्ट पार्टी तथा उसका कार्यकर्तामाथि प्रतिवन्ध लगाइएकोछ । 

यस्तो कम्युनिज्मको भूत भगाउनका लागि सल्लाह दिने केही बुद्धिजीवीहरु सल्लाहा दिंदैछन् र भन्दैछन– दलाल पुँजीवादलाई राष्ट्रिय पुँजीवादमा रुपान्तरण गर्ने । दलाल पुँजीवाद र राष्ट्रिय पुँजीवादबीच फयूजन गर्ने आदि इत्यादी । 

उनीहरुले के भ्रम छर्दैछन् भने चीन र भियतनामले दलाल पुँजीलाई राष्ट्रिय पुँजीपतिवर्गको अधिनमा ल्याएको छ । वास्तविकता के हो भने चीन र भियतनामले अगाडि सारेको अर्थतन्त्र सही मानेमा माक्र्सवाद–लेनिनवाद–माओवादको अवधारणा अन्तरगतको समाजवादी अर्थतन्त्र नै होइन । माक्र्सवादी दृष्टिकोणमा ती देशहरु एउटा कम्युनिस्ट देश नै होइनन । यद्धपि त्यहाँको शासनसत्ताको नाम कम्युनिस्ट शासन राखिएको छ । र यो नेपालमा जस्तै त्यहाँका जनतालाई भ्रममा राखेर दलाल पुँजीपति वर्गले शासन गरिरहेको छ । माओको र होचीमिन्हको नेतृत्वमा लामो बलिदानीपूर्ण इतिहासबाट प्रशिक्षित जो अहिले सरकार र सत्तामा छन्, उनीहरु राजनीतिक रुपले वैदेशिक दलाल होइनन, एउटा जुझारु देशभक्तको रगत उनीहरुको नशानशामा बगिरहेनेपालका कम्युनिस्टहरु जो अहिले सरकारमा छन्, यद्धपि बलिदानीपूण इतिहासबाट केही समय गुज्रेका हुन्,तर यी विश्वप्रशिद्ध कम्युनिस्ट घोषणापत्रको प्रस्तावनामा भनिएझै सरकारी नेकपा जसले पुरानो शक्तिहरु(आन्तरिक तथा वाह्य) ती सबै शक्तिहरु जो नेपालबाट कम्युनिज्मको भूतलाई भगाउन चाहन्छन, संग पवित्र साँठगाँठमा लागेका छन् । त्यो साँठगाँठ अहिले दलाल र विचौलीयामाथि उभिएको कम्युनिस्ट सरकारले गरिरहेकोछ । 

सोही प्रस्थापनाको पहिलो नीचोडमा भनिएको छ– कम्युनिज्म स्वयम् एउटा शक्ति हो र १७२ वर्षपछि पनि विश्वमा समाजवादी देशहरुको अस्तित्व नभएता पनि यो (कम्युनिज्म) स्वयम् एउटा शक्ति हो भन्ने भनाई सत्यमा आधारित छ । -जनधारणा साप्ताहिकबाट

Prabhu bank

Share Your Thoughts