नेपाली सेना पनि कुटनीतिमा शुन्य



Dharana    

access_time 10 Aug 2020

राजनीतिक दलहरूका नेताहरूबाट समय समयमा सेनाहरुलाई विवादमा पार्ने काम पनि भएको छ । सेनाहरुलाई हेपेर बोल्ने काम पनि भएको छ र। सेनाहरु आफै शासक बन्ने ठाउँमा सेनाहरु चुप किन रु प्रधानसेनापति, पृतनापति, जर्नेल, कर्णेल, मेजर, क्याप्टेन र सिपाही जो पनि शासक बन्न सक्नुहुन्छ तर आँट र हिम्मत हुन जरुरी छ ।

सेनाले नेताहरूको रक्षा सम्म गरि रहेको छ । नेताहरूले सेनाहरुलाई लकिरका फकिर भनेर जथाभावी अपशब्द बोल्ने रु यस विषय वस्तुले सेनाहरु माथि प्रश्न चिन्ह खडा गरेको छ । सेना भनेको के हो रु सेनाहरु के का लागि हो रु सेनाहरुले आफ्नो पावर देखाउने बेला आएको छ । हाम्रो मुलुकमा जस्तै अन्तर्राष्ट्रिय मुलुकहरूमा कुनै पनि नेताहरूले सेनालाई हेपेर बोलेको भए सेनाले सेनाको पावर तत्काल देखाउँथ्यो ।


सेनाहरु नेताहरूको सुरक्षाका लागि रातदिन खटिएका हुन्छन । अब प्रधानसेनापतिले नेताहरूको सुरक्षामा खटिएका सबै सेनाहरुलाई फिर्ता बोलाउनु पर्छ । नेताहरूले सेनालाई अपशब्द उच्चारण गरी लकिरका फकिर भन्न हुने रु हामी जनताहरुले नेताहरूलाई खाते र लुटेरा भन्न मिल्ने की नमिल्ने ?

माओवादीहरुले पनि द्वन्द कालमा नेपाली सेनाहरुलाई सिध्याउन खोजेको नै हो । हालमा आएर पनि केही मन्त्री र नेताहरूले समय समयमा कहिले सेनाहरुको संख्या कम गर्ने भन्छन रु कहिले सेनाहरुको रेन्जर गण ९बटालियन० हटाउनु पर्ने वा खारेज गर्ने भन्छन आखिरमा गर्न खोजेको के ? 

सेनाहरुले बुझ्नुपर्ने कुराहरू वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग सबै सेनाहरु नै हुन । सेनाहरु आफै शासक बन्न आवश्यक छ । यसकारण अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ ।

जुनसुकै मुलुकमा पनि मुलुकको हित र रक्षाका लागी सेनाहरु महत्त्वपूर्ण अंग र शक्तिशाली मानिन्छ । तर हाम्रो मुलुकमा भ्रष्ट मन्त्री र नेताहरुले विभिन्न किसिम बाट सेनाहरुलाई कमजोर बनाउने खेल भइ रहेको छ । अब सेनाहरुले सोच्ने समय आएको छ ।

स-साना कुराहरूलाई पनि अब सेनाहरुले गम्भीरतापूर्वक नलिएमा विश्वमा नै नेपालको सेना बदनाम हुने स्थिति आउन सक्छ ?

सेनाहरुले थाहा पाउनुपर्ने कुरा मुलुक भन्दा ठूलो संविधान होइन । संविधान फेरि पनि बन्न सक्छ । प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूबाट मुलुकमा के सहि भइ रहेकोे के गल्ती भइ रहेको छ भन्ने कुरा प्रमुख हो । तपाईंहरु आफै भन्नुस् के प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरू संविधान बमोजिम चलेका छन रु हाम्रो मुलुकमा प्रजातन्त्र र गणतन्त्रको सहि सदुपयोग भएको छ र ?  नागरिकहरुले सहि कामहरू गर्नका लागी प्रतिनिधिहरुलाई निर्वाचनमा चुनेर पठाएका हुन। जनताहरुबाट निर्वाचित हुँ भन्दैमा दुरुपयोग र मनपरि गर्न पाइन्छ ? भुकम्पको समयमा र कोरोना भाइरसको महामारीको समयमा दुरुपयोग गर्ने हरुले अरु समयमा के बाँकी राख्लान ?

भुकम्पको समयमा पनि राज्यकोष ढुकुटी दुरुपयोग, राहतको दुरुपयोग र त्रिपाल आदि आदि जस्ता सामग्रीहरु दुरुपयोग भएको थियोे । कोरोना भाइरसको महामारीमा लकडाउनको समयमा अर्बौंको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, कालोबजारी, चितवनमा स्वास्थ्य सामग्रीको चोरी, सत्ता लिप्सा र सत्ता परिवर्तनको खेल के यो सहि हो रु हग्नेलाई भन्दा देख्नेलाई लाज ।

भुकम्पको समयमा पनि सरकारले राज्यकोष ढुकुटी दुरुपयोग गरेको अवस्था थियो । भुकम्पको समयमा खाधान्न र त्रिपालहरु आदि आदि जस्ता सामग्रीहरु लुटन बाँकी राखेनन व्यापक भ्रष्टाचार भएको अवस्था थियो । सरकार दुई तिहाइ बहुमत भएको समयमा पनि प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरू कोरोना भाइरसको महामारीमा पनि पारिवारिक स्वार्थ, राज्यकोष ढुकुटी दुरुपयोग, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, कमिशन, सत्ता लिप्सा र भागबन्डाको स्वार्थमा रहेको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।

विक्रम सम्वत २०६२र०६३ को जनआन्दोलनको परिवर्तन पछि पनि राजनीतिक दलहरूका शीर्ष नेताहरूको कारण मुलुकले निकास पाउन सकेको छैन र हालसम्म मुलुकमा रहेको संक्रमणकालीन अवस्था, अस्थिरता तथा नेपालमा प्रजातन्त्र र गणतन्त्रको दुरुपयोग भयो । सेनाहरु आफै शासक  बन्न आवश्यक छ । यसकारण सैनिक शासनको आवश्यकता महसुस भएको छ । 

स्वतन्त्र नेपाली नागरिक :

राकेश कुमार शर्मा मकवानपुर,

हेटाैंडा उपमहानगरपालिका वडा नं. ०२ 


Prabhu bank

Share Your Thoughts