रोल्पामा एक महिलाको शव फेला


अगर बत्ती

Dharana    

access_time 07 Aug 2022

रोल्पा – रोल्पाको एक सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको छ।  जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ स्थित निगालपानी सामुदायिक वन क्षेत्रमा शनिबार एक महिलाको शव फेला परेको हो।   शव फेला पर्नेमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कि ४४ वर्षीया पानसरी घर्तीमगर रहेकी छन्।  शुक्रबार बसहान बनमा दाउरा काट्न गएकी उनी बेलुकासम्म नफर्केपछि खोजी गर्दा शव फेला परेको हो। खोजी गर्ने क्रममा शनिबार बिहान ९ः१५ बजे मृतकको शव आफन्तले फेला पारेका थिए।  शवको पोष्टमार्टम गरेर आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।



Share Your Thoughts