‘हनी ट्रयाप’मा संलग्न श्रीमानश्रीमती पक्राउ


अगर बत्ती

Dharana    

access_time 29 Jul 2022

 काठमाडौँ- प्रहरीले हनी ट्रयापिङमा पारेर मोलमलाइ गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत रहेको उपत्यका अपराध अनुसन्धानका एसपी कृष्णप्रसाद कोइरालाले बताएका छन्।   उनका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लील कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाइ गर्ने गरेका थिए ।  पक्राउ परेका रोजिना राउतको श्रीमान्‌ले भने आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हो भन्दै परिचय गराउने गरेको उनले बताएका छन्।  प्रहरीले आपराधिक लाभ मुद्धामा थप अनुसन्धान भइरहेको बताएको छ।



Share Your Thoughts