प्रचण्ड एमाले महाधिवेशनमा नआउने


अगर बत्ती

Dharana    

access_time 26 Nov 2021

सौराहा / शुक्रबार सुरु हुने एमालेको दशाैँ महाधिवेशनमा शुभकामना दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन नआउने भएका छन्।

आफ्नो महाधिवेशनमा शुभकामना सम्बोधन दिन एमालेले अध्यक्ष पुष्पकमल प्रचण्डलाई निम्तो दिए पनि उनले पार्टीका अरु नेतालाई पठाउने भएका हुन्। चितवनमा एमालेले महाधिवेशन गरेर आफूविरुद्ध लागेको बताए दाहालले आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएको बताउँदै चितवन नआउने भएका हुन्।

नेता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष दाहाल उपस्थित नभए पनि अरू कोहीलाई शुभकामना सन्देशका लागि पठाउने तयारी भएको छ। सम्भवतः नेता कृष्णबहादुर महरा आउनेछन्।

एमाले महाधिवेशनमा सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आउने तय भएको छ। त्यस्तै अरु दलले पनि प्रतिनिधि पठाउने जानकारी दिएको एमालेले जनाएको छ।

१५ देशका दलका प्रतिनिधि पनि महाधिवेशनको उद्घाटनमा सहभागी हुने सचिव योगेश भट्टराईले जानकारी दिए।

शुक्रबार दिउँसो १२ बजे एमालेले आफ्नो दशाैँ महाधिवेशन नारायणी नदीको किनारमा भव्य रूपमा गर्दै छ।



Share Your Thoughts