‘नेपाल बारको आन्दोलनमा प्रहरी दमन आपत्तिजनक’


अगर बत्ती

Dharana    

access_time 20 Nov 2021

नेपाल बारले न्यायपालिका भित्रका विकृति, विसंगती, बिचौलिया, भ्रष्टाचार हटाई न्यायपालिकाको जनआस्था बढाउने, स्वतन्त्र, सक्षम, निष्पक्ष र हस्तक्षेपमुक्त न्यायपालिका बनाउने कार्यमा प्रधानन्यायाधीश बाधक रहेको भन्दै शान्तिपूर्वक गरिरहेको आन्दोलनमा प्रहरी दमन हुनु दुखद रहेको समितिको निष्कर्ष रहेको  छ ।

‘नेपाल बारको शान्तिपूर्ण प्रदर्शनमा एसएलआर सहितको सशस्त्र हातहतियारसहित दंगा प्रहरी प्रवेश गराई कानुन व्यवसायीमाथि निर्ममता पूर्वक बल प्रयोग गर्नु दुखद विषय हो। प्रहरीको आक्रमणबाट मंसिर २ र ३ गते बारका केही कानुन व्यवसायी घाइते भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अदालत परिसरमा भएको यस प्रकारको घटना निन्दनीय र खेदजनक रहेको समितिले जनाएको छ । कानुन व्यवसायीको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न र नगराउनसमेत समितिले माग गरेको छ ।



Share Your Thoughts