बारले ल्यायो प्रधान न्यायाधीश राणाबिरुद्ध आन्दोलनका थप आक्रामक कार्यक्रम


अगर बत्ती

Dharana    

access_time 09 Nov 2021

काठमाडौँ / नेपाल बार एसोसिएसनले प्रधानमन्त्री चोलेन्द्रशमशेर राणाबिरुद्ध आन्दोलन निरन्तर रहने निर्णय गर्दै प्रधान न्यायाधीशको राजीनामा नआउन्जेल यसबाट पछि नहट्ने अडान लिएको छ।

सोमबार बसेको बारको बैठकबारे जानकारी दिँदै महासचिव लीलामणि पौडैलले प्रधानन्यायाधीशको इजलासमा नबस्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको जानकारी दिएका छन्।

त्यस्तै बारले आफू रहेको कुनै इजलास गठन नगर्न प्रधान न्यायाधीश राणालाई चेतावनी पनि दिएको छ।

त्यस्तै आन्दोलनलाई निरन्तरता दिन बारका सदस्यहरुले उपत्यकामा कात्तिक २३ देखि ३० गतेसम्म कालोपट्टी बाँध्ने र उपत्यकाबाहिर कात्तिक २८ देखि ३० सम्म तीन दिन कालोपट्टी बाँध्ने निर्णय पनि बारको बैठकले गरेको छ।

त्यस्तै बारले न्याय क्षेत्रको वर्तमान अवस्थाबारे चाँडै श्वेतपत्र जारी गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै न्याय क्षेत्रका समस्याहरुमा चासो राख्न प्रधानमन्त्री तथा राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि बारले गरेको छ।

बारको बैठकले दंगा प्रहरी अविलम्ब अदालत परिसरबाट हटाउन पनि सर्वोच्च प्रशासनलाई अनुरोध गरेको छ।

त्यस्तै,  न्याय परिषद् र न्याय सेवा आयोगका बैठकमा अनुपस्थित हुन पनि सदस्यहरुलाई अनुरोध गर्ने निर्णय पनि बारले गरेको छ।



Share Your Thoughts