सिरहा मालपोतका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ


अगर बत्ती

Dharana news    

access_time 23 Nov 2019

 सिराहा–  भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल ५ लाख रुपैँया घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  टोलिले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै शुक्रबार पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता हरिप्रसाद घिमिरेका अनुसार मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए। घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको थियो।

उनले भने ‘घटनाको विस्तृत विवरण आउन बाँकी छ, अख्तियारको टोलीले नियन्त्रणमा लिएर मुजुल्का बनाउँदै छ।’




Share Your Thoughts