निर्वाचन आयोगले मतगणना सुरू हुन नसकेका क्षेत्रमा प्रतिनिधि पठायाे


अगर बत्ती

access_time 25 Nov 2022

काठमाडाैं । मतदान भई मतगणना सुरू हुन नसकेका क्षेत्रमा निर्वाचन आयोगले प्रतिनिधि पठाएको छ।  दोलखा, स्याङ्जा २ र बाजुरामा आयोगबाट प्रतिनिधि गएका छन्। 

नेकपा एमालेले निर्वाचन धाँधली भएको भन्दै उजुरी दिएकोले यी क्षेत्रमा मतगणना सुरू भएका छैनन्।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मतगणना सुरू नै नभएका क्षेत्रमा सत्यतथ्य बुझ्न आयोगले प्रतिनिधि पठाएको बताए। 

‘आयोगबाट गएका प्रतिनिधिले दिएको रिपोर्टपछि ती क्षेत्रमा के गर्ने भन्ने आयोगले निर्णय गर्छ,’ उनले भने। आयोगका प्रतिनिधिहरू जिल्लाहरूमा पुगेर चुनावका दिन के भएका थिए भन्नेबारे बुझ्दैछन्।  आयोगका अनुसार मतदान नै स्थगित भएको बाजुरामा भने शनिबार मतदानका लागि समय थप गरिएकाे छ । 



Share Your Thoughts