एमालेका मनबहादुर गुरुङ विजयी


अगर बत्ती

access_time 25 Nov 2022

कास्की । कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का मनबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका किशोरदत्त बराललाई दुई हजार ५१९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।  गुरुङले २५ हजार ७०८ मत प्राप्त गर्नुभएको छ भने बरालले २३ हजार १८९ मत प्राप्त गर्नुभएको छ ।

गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत रहनुभएका गुरुङ एमाले कास्की सभापति हुनुहुन्छ । बराल कास्की कांग्रेस सभापति हुनुहुन्छ ।



Share Your Thoughts