नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी


अगर बत्ती

access_time 25 Nov 2022

 बुटवल  । पाल्पाको २ नम्बर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन् ।  गैरे प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनी ‘डेब्यु’ प्रतिस्पर्धामै सफल भए । 

गैरेले निवर्तमान सांसद समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई पराजित गरे । उनीहरूको जीतहारको अन्तिम मतपरिणाम घोषणा हुन बाँकी छ ।   २०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उम्मेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्व सहकर्मी पनि हुन् ।



Share Your Thoughts